पोखरा, पोखराको व्यावसायिक क्षेत्रलाई गतिशील बनाउँदै आएको पोखरा ट्रेड मलमा नयाँ सञ्चालक समिति चयन भएको छ। नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको छ । नयाँ सञ्चालक समितिमा अध्यक्षमा दीपक कुमार मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा तथा सदस्यहरूमा सन्तोष कुमार घिमिरे, शिव शर्मा, राम कुमार श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल र हरिश चन्द्र तिवारी चयन भएका छन्। नवनियुक्त अध्यक्ष मुल्मीले पोखरा ट्रेड मललाई अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन आफूहरू…
पुरा पढौ