कास्की

खेलाडीको मनोवल उच्च हुने गरी यस बर्षको बजेट बनाउर्छौंः मन्त्री थापा, जिल्ला खेलकुदले पोखरा रंगशालाको आय व्यय सार्वजनीक गर्यो

दीननाथ बराल, पोखरा २४, माघ, जिल्ला खेलकुद विकास समिति कास्कीले सम्भवत पहिलो पटक पोखरा रंगशालाको आम्दानी र खर्च लगायतको बिषयमा आय व्यय सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र पोखराका मेयर धनराज आचार्य, केही खेल संघ तथा केही पत्रकार माझ विहिबार समितिले वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रम सहित रंगशालाको आय तथा व्यय सार्वजनीक गरेको हो । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले आफुहरुको कार्यकाल सकिन लागेकोले… पुरा पढौ

जानकी मावि र एल.पी.देवकोटा तथा ढुंगेसाँघु र हिमालयन बोर्डिङ स्कुल बिच वडा अध्यक्ष कपमा सेमिफाइनलका खेल हुने

पोखरा २४, माघ, पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत भोलि (शुक्रबार) सेमिफाइनलका खेलहरु हुने भएका छन् । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा शुक्रबार बिहान ८ः३० बजे पहिलो खेल जानकी मावि र एल.पी. देवकोटा स्कुल बिच हुने भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । त्यसै गरी शुक्रबार ढुंगेसाँघु बोर्डिङ स्कुल र हिमालयन बोर्डिङ स्कुल बिच बिहान९ः३० बजे दोश्रो सेमिफाइनलको खेल हुने भएको छ । विहिबारको… पुरा पढौ

सांगीतिक विरासत फर्काउन आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

पोखरा, माघ २४, सांगीतिक विरासत फर्काउन पोखरामा आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका… पुरा पढौ

खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा

पोखरा २४, माघ, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । मन्त्री थापाले खेलकुद पूर्वाधारको विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको समग्र प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै खेलाडीहरूका हकहित संरक्षण तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि विभिन्न नीति तथा कार्यक्रमहरू… पुरा पढौ

पोखरा २२ को प्रगतिशिल टोल विकास संस्थाको बार्षिकोत्सव

पोखरा २४, माघ, पोखरा महानगरपालिका वडा नम्बर २२ (पुम्दी—भुम्दी) स्थित प्रगतिशिल टोल विकास संस्थाको ९ औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले वडाको समृद्धिको लागि टोल विकास संस्थाहरु सक्रिय रुपमा काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विषेश अतिथि वडा सदस्य कुष्ण कुमारी देवकोटा, समाजसेवी केशव पौडेल, दुर्गा वराल र विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । संस्थापक अध्यक्ष नर बहादुर खडका, जेष्ठ सदस्य रेवती… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवमा आगन्तुक पाहुनालाई होटल आवासमा २० प्रतिशत छुट

पोखरा २३, माघ, कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा फागुन पहिलो साता हुने घान्द्रुक पर्यटन महोत्सवमा आगन्तुक पाहुनालाई होटल आवासमा २० प्रतिशत छुट हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएकोघान्द्रुक पर्यटन व्यवस्थापन समितिले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले महोत्सव आगामी फागुन ७ देखि सुरु हुने बताए । मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल,… पुरा पढौ

क्यान्सर दिवसका अवसरमा स्वास्थ्य शिविर

पोखरा २३, माघ, विश्व क्यान्सर दिवसका अवसरमा अर्वुदा रोग निवारण संस्था कास्की र आँगन वहुउदेश्यीय सहकारी संस्थाले संयुक्त रुपमा महिलाहरुमा देखिने पाठेघरको मुखमा हुने क्यान्सर रोगको निशुल्क परिक्षण शिविर सम्पन्न गरेको छ । बरिष्ठ स्त्रीरोग विषेशज्ञ छममाया पुन नेत्रित्वको टोलीबाट १०० जना महिलाहरुको स्वास्थ्य परिक्षाण गरिएको शिविरमा सहभागीहरुको समस्या पहिचान गरि आवश्यकता अनुसार निशुल्क औषधि वितरण तथा थप उपचारका लागि रिफर गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुदै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान्सर जस्तो प्राणघातक रोग नियन्त्रण गर्न… पुरा पढौ

पोखरामा हुने भनेको विराट महायज्ञ अन्यौलमा, पर्यटन व्यवसायीको समेत ध्यानाकर्षण

दीननाथ बराल,पोखरा २३, माघ, पोखरामा हुने भनिएको विराट महायज्ञ अन्यौलमा परेको छ । मानव सेवा फाउण्डेसन, नेपालको आयोजनामा आउदो वैशाख दोश्रो साता देखि जेठको तेश्रो सातासम्म पोखराको वाराहीघाँट क्षेत्रको खेल मैदानमा हुने भनिएको उक्त विराट महायज्ञ हाल अन्यौल भएको छ । आयोजकले केन्द्रबाट नेपाल ट्रस मार्फत र वडाको सिफारिसमा उक्त कार्यक्रमको तय गरिरहदा यस बिषयमा भने पोखराका मेयर धनराज आचार्यले लामो समय पर्यटकीय क्षेत्रमा उक्त कार्यक्रम गर्न नहुने भन्दै कुनै अनुमति निदएकोले उक्त कार्यक्रम सो क्षेत्रमा नगर्न चेतावनी दिदै आउनु… पुरा पढौ

सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर

पोखरा २३, माघ, सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गर्नुभयो । शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र पत्रकारको परिचय नवीकरण गर्न सकिने परियारले बताउनुभयो । सङ्घियताको मर्म अनुसार कास्की र आपसपासका जिल्लाका सञ्चारकर्मीलाई सेवा लिन सहजहोस् भनेर शिविर सञ्चालन गरिएको उहाँको… पुरा पढौ

मच्छिन्द्र क्लव आहा ! रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा

दीननाथ बराल,पोखरा २३, माघ, मच्छिन्द्र फुटवल क्लव आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा बुधबार भएको खेलमा मच्छिन्द्रले शसस्त्र प्रहरी वलको एपिएफ क्लवलाई २—० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । मच्छिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले एक÷एक गोलको योगदान दिनुभयो । खेलको ७४ औं मिनेटमा अतिरिक्त खेलाडी शाक्यले र खेलको ८१ औं मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल गर्नु भएको हो । पाएका केही… पुरा पढौ