२ संकरणको विजेता संकटालाई पराजित गर्दै भारत सिक्किमको थन्डर बोल्ट आहा रारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा प्रबेश

-


     पोखरा क्लिक     
     माघ २५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २५, माघ,

नियमित रुपमा पोखरामा संचालन हुदै आएको आहा रारा पोखरा गोल्ड कपको २ संकरणको विजेता संकटा क्लवले पाहुना टोली भारत सिक्किमको थन्डर बोल्ट नर्थ यूनाइटेड क्लवसंग सामना गर्न सकेन् । पोखरा रंगशालाको फुटवल मैदानमा आज (शुक्रबार) भएको अन्तिम प्रि—क्वाटरफाइनल खेल्लमा संकटा क्लवलाई ३—१ को गोल अन्तरले पराजित गर्दै थन्डर बोल्ट पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

आउँदो माघ २९ गते थन्डर बोल्टले उज्विकिस्तानको ब्याक बुल्स फुटवल क्लवसंग सामना गर्ने भएको छ ।
थन्डर बोल्टको जितमा खेलको ३५ औं मिनेटमा तलाले, खेलको ७७ औं मिनेटमा करन राईले र खेलको ८९ औं मिनेटमा आर्दश तामाङले एक÷एक गोलको योगदान दिनुभयो । खेलको १७ औं मिनेटमा पहिलो गोल गरेको संकटाले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा यसपालीको आहा रारामा पहिलो चरणको खेलबाट बाहिरिनु पर्यो । संकटाका मनिस पौडेलले खेलको सुरुवतामै गरेको उक्त गोल शान्त्वना गोलमा परिणत भयो ।

संकटाका सृजन राई गौतम, अविनाश स्याङताङका केही चार्ज खेर गएका थिए । खेलमा थन्डर बोल्टका तला म्यान अफ दी म्याच घोषित हुनु भयो । पहिलो हापमा १÷१ गोलले खेल बराबरीमा पुगे पनि दोश्रो हापमा भने संकटाले थन्डर बोल्टसंग सामना गर्न सकेन । अन्य दिनको तुलनामा शुक्रबारको खेल केही आक्रामक रुपमा प्रर्दशन भएको थियो । अन्य दिनको खेलको तुलनामा शुक्रबारको खेल अलि हेर्न मज्जा आएको एक दर्शक सुर्य बहादुर वानियाले पोखराक्लिकलाई जनाउनु भयो ।

संकटाका प्रशिक्षक रविन्द्र शिलाकरले आफुहरुले पाएका केही अवसर गुमाउदा हार्नु परेको बताउनु भयो । लिग नहुदा धेरै खेलाडीहरुलाई होल्डमा राख्न नसक्दा बर्षको ३ महिनाका लागि थोरै खेलाडी धेरै ठाँउमा खेल्दा पनि समस्या भएको उहाँले जनाउनु भयो । थन्डर बोल्टका प्रशिक्षक सोनम छिरिङ भुतियाले आफुहरुसंग युवा र केही विदेशी भरपर्दा खेलाडीहरु भएकोले भाग्यले जित हासिल गरेको बताउनु भयो । आउदो खेल थप सुधार गरी खेल्ने उहाँको भनाई थियो । यस अघि उहाँको नेतृत्वमा आएको टोली प्रायः पहिलो चरणको खेलबाट पराजित भए पनि यस बर्ष राम्रो सुरुवात भएको छ ।

यसैबिच, भोलि (शनिबार) पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लव बिरुद्ध वेलायतको ब्रिगेड ब्वाइज क्लव बिच हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । तष्विर शुर्दशन रञ्जित ।



This will close in 20 seconds