कास्की

पोखरामा हुने भनेको विराट महायज्ञ अन्यौलमा, पर्यटन व्यवसायीको समेत ध्यानाकर्षण

दीननाथ बराल,पोखरा २३, माघ, पोखरामा हुने भनिएको विराट महायज्ञ अन्यौलमा परेको छ । मानव सेवा फाउण्डेसन, नेपालको आयोजनामा आउदो वैशाख दोश्रो साता देखि जेठको तेश्रो सातासम्म पोखराको वाराहीघाँट क्षेत्रको खेल मैदानमा हुने भनिएको उक्त विराट महायज्ञ हाल अन्यौल भएको छ । आयोजकले केन्द्रबाट नेपाल ट्रस मार्फत र वडाको सिफारिसमा उक्त कार्यक्रमको तय गरिरहदा यस बिषयमा भने पोखराका मेयर धनराज आचार्यले लामो समय पर्यटकीय क्षेत्रमा उक्त कार्यक्रम गर्न नहुने भन्दै कुनै अनुमति निदएकोले उक्त कार्यक्रम सो क्षेत्रमा नगर्न चेतावनी दिदै आउनु… पुरा पढौ

सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर

पोखरा २३, माघ, सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गर्नुभयो । शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र पत्रकारको परिचय नवीकरण गर्न सकिने परियारले बताउनुभयो । सङ्घियताको मर्म अनुसार कास्की र आपसपासका जिल्लाका सञ्चारकर्मीलाई सेवा लिन सहजहोस् भनेर शिविर सञ्चालन गरिएको उहाँको… पुरा पढौ

मच्छिन्द्र क्लव आहा ! रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा

दीननाथ बराल,पोखरा २३, माघ, मच्छिन्द्र फुटवल क्लव आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा बुधबार भएको खेलमा मच्छिन्द्रले शसस्त्र प्रहरी वलको एपिएफ क्लवलाई २—० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । मच्छिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले एक÷एक गोलको योगदान दिनुभयो । खेलको ७४ औं मिनेटमा अतिरिक्त खेलाडी शाक्यले र खेलको ८१ औं मिनेटमा विदेशी खेलाडी स्टेफनले गोल गर्नु भएको हो । पाएका केही… पुरा पढौ

जानकी मावि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश

पोखरा २३, माघ, पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत बुधबार २ खेल सम्पन्न भएका छन् । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा बुधबार भएकोे खेलमा पोखरा स्पाईरल ग्यालेक्सी र जानकी मा.वि.बिजयी भएका छन्। बुधबारको खेलमा पोखरा स्पाईरलले ओम एकेडेमीलाई १—० का गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । पोखरा स्पाइरलको जितमा अनिल खाँडले एक गोल गर्नुभयो । खेलमा पोखरा स्पाइरलका सृजन थापा क्षत्री म्यान अफ… पुरा पढौ

जरोटुप्पोले विविध कार्यक्रमका साथ १२३ औं जमजयन्ती मनाउँदै

२३ माघ, पोखरा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १२३ औं नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाउने भएको छ । संस्थाले नेपाली साहित्य र विशेष गरी नाट्य साहित्यका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका समको योगदानको चर्चा स्थापनाकालदेखि विविध कार्यक्रमका साथ गर्दै आएको संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले जानकारी दिए । २०८१ सालको सम जयन्तीमा बालकृष्ण सम विमर्श, स्रष्टा सम्मान तथा रचनावाचनसहित कार्यक्रम गर्न लागेको प्रवक्ता ताराबहादुर गुरुङ बताउँछन् । यसैबीच आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति-बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना… पुरा पढौ

प्रेस चौतारी कस्कीको अध्यक्षमा अधिकारी, पत्रकार गुरुङ सम्मानित पौडेल पुरस्कृत

पोखरा २३, माघ, प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाको २७ औं स्थापना दिवस तथा नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुनु भएको हो । त्यसै गरी उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष (महिला) रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दिपक अधिकारी,सहसचिवमा (समावेशी) सुरेश सुनार, कोषाध्यक्षमा सन्दिप खनाल सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको थियो । त्यस्तै अन्य सदस्यहरुमा सुरेश रानाभाट, संजय थापा, रचित पौडेल,आषिस पुरी, विनिता राना, मदनमणि… पुरा पढौ

सेफ किड्स प्रि–स्कूलमा सरस्वती पूजा

पोखरा २२, माघ, पोखरा ९ दरवारमार्गमा रहेको सेफ किड्स प्रि स्कूलमा वालवालिकाहरूले शुक्ल पञ्चमीका दिन श्रीचन्मी पर्व अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाएका छन्। स्कुलका वालवालिकाहरुले देवी सरस्वती कोे मातालाई फूल माला तथा नैबेद अर्पण गरी सरस्वती वन्दना गर्नु भएको थियो ।सेफ किड्स प्रि स्कूलले आफ्नो स्थापनाकाल देखिने प्रत्येक वर्ष श्रीपञ्चमी पर्व विशेष हर्ष उल्लासका साथ मनाउँदै आइरहेको बिद्यालयका संचालक नारायणी कोइरालाले बताउनु भयो । नेपाली कला सस्कृतिको बारेमा बालबालिकाहरुलाई बुझाउन मद्धत पुग्ने हेतुले उक्त कार्यक्रम गरिएको उहाँले… पुरा पढौ

आहा १ रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा पुलिसको विजयी सुरुवात (भिडियो सहित)

दीननाथ बराल, पोखरा २२, माघ, पोखरामा आज ९मंगलबार० देखि सुरु भएको आहा १ रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई पराजित गर्दै नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । पोखराको सहारा क्लवको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आज भएकोे उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लवलाई १—० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । सहाराले पाएका ६ भन्दा बढी अवसर सदुपयोग गर्न नसक्दा यस बर्ष पहिलो चरणबाटै बाहिरिनु परेको हो । आहा राराको… पुरा पढौ

गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनायो, प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा, २२ माघ, गण्डकी प्रदेश सरकारले सातौं स्थापना दिवस मनाएको छ । मंगलबार एक समारोहका बिच प्रदेश सभाको परिसरमा सरकारले आफ्नो स्थापना दिवस मनाएको हो । उक्त कार्यक्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले सो अवसरमा नेपालको संविधान, संवैधानिक… पुरा पढौ

भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

पोखरा, २२ माघ, पोखरा महानगरपालिका वडा नं १३ कुँडहर स्थित भद्रकाली माविको ७३ औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले वार्षिकोत्सवको उद्घाटन गर्दै भद्रकाली विद्यालय र क्याम्पस एक रथका दुई पाग्रां जस्तै रहेको चर्चा गरे । १२ कक्षा सम्म विद्यालयमा अध्ययनपछि क्याम्पस एउटै परिसरमा पढ्न सजिलो वातवरण भएको अध्यक्ष वरालले भने । वडावाट गरिने सहयोगमा कुनै पनि कमि नहुने हुँदा प्रधानाध्यापकले गुणात्मक शिक्षको लागि ढुक्क भएर अगाडि बढ्न… पुरा पढौ