कास्की

आलु महोत्सव भोली सकिदै

पोखरा, २ वैशाख, १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ ।समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । समापनका अवसरमा बुधबार विहान रक्तदान कार्यक्रम राखिएको छ ।जसलाई विष्णुपादुका क्लव मनिप्लान्ट बचत तथा ऋण सहकारी एवम् लायन्स क्लव अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा आयोजना गरेका छन् । त्यस्तै समापनको दिन बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ ।जसका प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार साथै सान्त्वनालाई ५ हजारका साथमा प्रमाणपत्र… पुरा पढौ

शान्ति निकेतनले १५ करोड लागतमा सुविधा सम्पन्न भवन बनाउँदै

पोखरा, २ वैशाख, पोखरा वडा नं। ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ । उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा।महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरू कलावती र भद्रकली पराजुलीले नयाँ वर्षकै दिन सोमबार संयुक्त शिलान्यास गरे । भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ । वडाध्यक्ष… पुरा पढौ

पोखराको चिप्लेढुंगामा खुल्यो ‘लेट्स गो निप्पोन’ एजुकेशन, गुणस्तरिय शिक्षा सहित रोजगारीको ग्यारेन्टि गछौं ः प्रबन्ध निर्देशक कोइराला

पोखरा, १ वैशाख, पोखराको चिप्लेढुंगामा ‘लेट्स गो निप्पोन’ एजुकेशन प्रा.लि. कन्सल्टेन्सी सञ्चालनमा आएको छ । जापानमा दुई दशक बसेर नेपाल आउनु भएको लक्ष्मी तामाङ (कोइराला) नेतृत्वले पोखराको व्यस्त बजार चिप्लेढुंगामा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आज वैशाख १ गते उक्त कन्सल्टेन्सी संचालनमा ल्याउनु भएको हो । जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहाने, वर्किङमा र होटल म्यानेजमेन्टको इन्टनशिप गर्न चाहानेहरुको लागि उक्त कन्सल्टेन्सीले सहजीकरण तथा प्रशिक्षण समेत गराउने भएको छ । उहाँले भन्नुभयो “ हामी पनि पहिला बिद्यार्थी भिषाबाट… पुरा पढौ

पोखरामा नयाँ बर्षलाई आतिसबाजी गर्दै गरियो स्वागत (भिडियो सहित)

दीननाथ बराल,पोखरा १, वैशाख, पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्ष २०८२ लाई भव्य स्वागत गरिएको छ । पोखरामा जारी २० औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८२ को अवसरमा गएराति आतिसबाजी सहित भव्य स्वागत गरिएको आयोजक होटल संघ पोखरा नेपालले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/shorts/qGmia1Gn0xQ पोखराको बसुन्धरा पार्क क्षेत्रमा मध्यान्हः १२ः०० बन्न १० मिनेट अघि देखि सुरु भएको आतिसबाजी करिब २० मिनेटसम्म गरिएको थियो । पोखराको पर्यटकीय स्थल लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आतिसबाजी सहित नयाँ वर्ष २०८२ लाई स्वागत संघका… पुरा पढौ

हाइकर्स क्लबको ७५ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा

पोखरा, ३१ चैत, झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य ।तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू झुलिरहेका देखिन्थे । हाइकर्स क्लब नेपालसँग आवद्ध भई उक्त संस्थाको आयोजनामा त्यहाँ पुगेका व्यक्तिहरू कोही तस्बिर खिचाउँदै थिए त कोही सेल्फीमा व्यस्त देखिन्थे । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ प्रत्येक महिनाको अन्तिम शनिबार पर्यटन राजधानी पोखरा र… पुरा पढौ

आलु महोत्सवमा साढे २ करोड बढीको कारोवार

पोखरा, ३१ चैत, १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँका स्टलबाट आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ। महोत्सवको ८ औं दिन आइतबारसम्म करिव ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल २ हजार ४ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद… पुरा पढौ

मेकानिक्स परिवारका लागी स्वास्थ्य सचेतना

गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनमा आबद्ध मेकानिक्सका परिवारका लागी क्यान्सर रोग सम्बन्धि सचेतना सहित स्वास्थ्य परीक्षण गरिएको छ । फुजिमा आयल कम्पनी तथा गोयल ट्रेडिङ्गको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत महिलाहरुको लागी पूर्ण निःशुल्क स्वास्थ्य परीक्षण सहितको शिविर आयोजना गरीएको एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । महिलाहरुमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण मार्फत क्यान्सर फैलिन नदिन स्वास्थ्य शिविर उपलब्धिपूर्ण रहेको नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपालीले बताए । मणिपाल शिक्षण अस्पतालका महिला रोग विशेषज्ञ… पुरा पढौ

प्रथम एलिट भलिबल कपको सेमिफाइनल र फाइनल खेल भोलि

पोखरा, प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५–११, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–८ ले पछि पा¥यो । बागलुङले शान्ता भलिबललाई ३–१ ले हराउन सफल रह्यो । पहिलो सेट १५–२५ ले गुमाएको बागलुङले दोस्रो सेट २५–२१,… पुरा पढौ

पालिकाका प्रतिष्ठानसँग सहकार्य गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण

चैत्र ३१, पोखरा, गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको उनको भनाइ थियो । यसले स्थानीय तहमा गठित प्रज्ञा प्रतिष्ठानलाई थप बलियो र गतिशील बनाउन आवश्यक सहकार्य गर्ने वातावरण निर्माण… पुरा पढौ

केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग

पोखरा, ३१ चैत, इम्बोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्ट सहित स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गरेको छ ।संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आउँदै गरेको नयाँ वर्ष २०८२ को अवसर समेत पारी शनिबार गुरुकुलमा त्यहाँका ८१ जना बटु्कलाई टिसर्ट सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुुभयो । कार्यक्रमकै अवसरमा बटुकहरूलाई भोजन समेत गराइएको थियो । संस्थाले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमका साथमा वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कामहरू गर्दै आएको उहाँले बताउनुभयो… पुरा पढौ