कास्की

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ मुख्यमन्त्री पाण्डे

पोखरा १०, फागुन, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको सुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको बिकासकालागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिनेछ ।’ यस वर्षपनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जिवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको… पुरा पढौ

फोहोर संकलन दौडमा तीनहजार युवा

पोखरा, फागुन १०, पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोकस्थित प्रतिभा माविमा भेला भएका तीनहजार बढी युवालाई सहभागि गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको थियो । मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । दौड उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्ता दौडले… पुरा पढौ

पूर्व राजा ज्ञानेन्द्रले परिवार सहित पोखराको ओपन हाउस रेस्टुरेन्ट र क्लब क्याटवाकमा छोरीको जन्मदिन मनाउनुभयो

पोखरा, १० फागुन, पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित यति वेला पोखराको भ्रमण गरेका छन् । भ्रमणमा उहाँले आफ्नी छोरी, राजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी शाहको जन्मदिन पोखराको चर्चीत ओपनहाउस रेस्टुरेन्ट र क्लब क्याटवाकमा मनाउनु भएको छ ।पूर्वराजपरिवारको उक्त भ्रमणलाई पोखराका स्थानीयवासी र पर्यटन व्यवसायीहरुले निकै महत्वपूर्ण रुपमा लिनु भएको छ । ओपनहाउस रेस्टुरेन्टमा आयोजित विशेष समारोहमा पूर्व राजा ज्ञानेन्द्र, उहाँकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह, छोरा युवराज पारस शाह लगायत राजपरिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । राजकुमारी… पुरा पढौ

समाजसेवी एवं विश्व हिन्दु महासंघका पूर्व सभापति लिलाभक्त आचार्यको निधन

डि.एन.बी.,पोखरा १०, फागुन, समाजसेवी एवं विश्व हिन्दु महासंघका पूर्व सभापति लिलाभक्त आचार्यको निधन भएको छ । पोखरा १७ पार्दीमा बस्दै आउनु भएको ९५ बर्षको उमेरमा आज बिहान उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । समाजसेवी आचार्यको अन्तिम दाहसंस्कार आजै हुने भएको छ । आज विहान ११ः३० बजे उहाँको निवास पार्दीबाट शव यात्रा सहित पोखराको रामघाटमा अन्तिम दाहसंस्कार हुने भएको उहाँका आफन्तले जनाउनु भयो । विक्रम सम्वत १९८७ सालमा जन्मनु भएको आचार्य धार्मिक अभियन्ता र पोखरा क्षेत्रको दानविरका रुपमा आफ्नो… पुरा पढौ

प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपती र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएमा भ्रष्टचार रोक्न सकिन्छः अध्यक्ष प्रचण्ड(भिडियो सहित)

पोखरा, नेकपा माओेबादी (केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुहरु २०८४ अघि सरकारमा नजाने बताउनु भएको छ । पोखराको काजिपोखरीमा आज (शुक्रबार) तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओबादी ०८४ अघि सरकारमा नजाने तर जनतासंगै जाने बताउनु भएको हो । https://www.youtube.com/watch?v=aiNwSe_Kg7o जनताको तागतमा शक्तिसहित ०८४ मा फेरी यो देशमा समाजबाद तर्फ डोर्याउने गरी बहुमतका साथ आउने उहाँको दाबी गर्नुभयो । उहाँले भन्नुभयो“ हामी अहिले जनता सामु जादै गर्दा जनताले अहिले सरकारमा… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः घोडा दौड प्रतियोगितामा विवेक पुन विजयी

पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा भएको घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम भएका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सवमा आयोजित घोडा दौड प्रतियोगितामा विवेक पुन प्रथम, अविशेक गुरुङ द्धितिय र देवेन्द्र सिर्पाली तृतीय भए । उनीहरुले क्रमशः प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे । यस्तै सान्तवना भएका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । घोडा… पुरा पढौ

एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल फागुन १५ देखि पोखरामा, ६ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चा

पोखरा, ९ फागुन, नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो । सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति… पुरा पढौ

एनटिएचएमसिको २५ औं रजतजयन्ती भव्यतासाथ मनाईदै, मूल समारोह फागुन १० गते

पोखरा, ९ फागुन, नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ औं रजत जयन्ती भव्यतासाथ मनाई रहेको छ । पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा अवस्थित कलेजले वर्षभरीनै विभिन्न कार्यक्रमहरु गरेर आएको तथा स्थापनाको २५ औं वर्षको अवसरमा तीनदिने विषेश कार्यक्रम आयोजना गरेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । कलेजको मूल समारोह कलेजको प्राङ्गणमा फागुन १० गते शनिबार हुने र यसको भव्य तयारी गरिएको छ ।यसै अवसरमा कलेजमा शुक्रबार कलेजका अध्ययन पूरा गरेर विभिन्न पेशा,… पुरा पढौ

नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

पोखरा, ९ फागुन नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने… पुरा पढौ

पोखराका मेयर आचार्य डिस्चार्ज भएसंगै धन्यवाद व्यक्त गर्नुभयो

पोखरा, पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गर्ने क्रममा यही फागुन ३ गते बेलुन फुटेर अर्थमन्त्री बिष्णु प्रसाद पौडेल सहित पोखराका मेयर धनराज आचार्य घाइते हुनु भएकोमा हाल उहाँ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । केही दिन अघि किर्तिपुर अस्पताल, काठमाडौंबाट मन्त्री डिसचार्ज हुनु भएको थियो भने आज विहिबार मेयर आचार्य डिसचार्ज हुनु भएको उहाँको सचिवालयले जनाएको छ । डिस्चार्ज भएसंगै उहाँले पोखरा महानगरको फेसवुक पेजमा घटनाको बारेमा जानकारी गराउदै धन्यवाद समेत दिनु भएको छ । उहाँले राखेको फेसवुक… पुरा पढौ