कास्की

भुर्तेल आधारभूत विद्यालयलाई १ लाख ७० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण

पोखरा, पोखरा महानगरपालिका–२८ स्थित श्री भुर्तेल आधारभूत विद्यालय, स्याङखुदी लाई करिब १ लाख ७० हजार रुपैयाँ बराबरका कम्प्युटर, प्रिन्टर तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष कृष्ण लामिछाने को उपस्थितिमा विद्यालयलाई आवश्यक शैक्षिक तथा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष सबिता तिवारी को अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयले प्राप्त सामग्रीले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, आधुनिक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त… पुरा पढौ

मर्दी हिमालमा फसेका ३ युवाको उद्धार हुँदै

दीननाथ बराल,पोखरा, साउन २१, मर्दी हिमाल पदयात्राका क्रममा बाटो बिराएर तीन दिनदेखि अलपत्र परेका पोखराका तीन युवा सकुशल फेला परेका छन्। उनीहरू अहिले मोदी खोलाको किनारमा रहेका छन् भने उद्धार टोली उनीहरूसम्म पुगिसकेको छ। दुवै पक्षबीच प्रत्यक्ष संवाद भइरहेको छ र सुरक्षित स्थानतर्फ ल्याउने अन्तिम तयारी भइरहेको छ । माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीका अनुसार पोखरा महानगरपालिका–१४, खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ साउन १९ गते मर्दी हिमाल पदयात्राका लागि निस्किएका… पुरा पढौ

पर्यटन प्रबद्र्धन केन्द्रित भई काम गर्ने बोर्डको योजना छः सदस्य पोखरेल, चलिय पोखरालाई थप प्रभावकारी बनाउन होटल संघको माग

पोखरा, १८ साउन, नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए । बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै उनले यसबाट… पुरा पढौ

संविधानले सुनिश्चित गरेका शिक्षा–स्वास्थ्य अधिकार कार्यान्वयनमा अझै चुनौती रहेको वक्ताको भनाई

पोखरा, साउन १५, संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको भन्दै सरोकारवालाले नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको समन्वयमा आज (शुक्रबार) पोखरामा आयोजित ूमानवका लागि मानव अधिकार, मानव अधिकारका लागि उपयुक्त संस्कृतिू मूल नारासहितको शिक्षा तथा स्वास्थ्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले शिक्षा र स्वास्थ्य क्षेत्रका समसामयिक समस्या, नीतिगत सुधार तथा कार्यान्वयनका चुनौतीबारे… पुरा पढौ

पोखरा–२२ पुम्दी भुम्दीमा दोश्रो कोदो दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १५, साउन, पोखरा–२२ (पुम्दी—भुम्दी) को कोदीमा भोलि (शनिबार) दोस्रो कोदो दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । कोदो खेतीको प्रवद्र्धन, स्थानीय उत्पादनको संरक्षण तथा पोषणयुक्त खाद्यान्नको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२२ को कोदीमा शनिबार दोस्रो कोदो दिवस भव्य रुपमा मनाउने तयारी गरिएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । उक्त अवसरमा १० प्रकारका कोदोका परिकार प्रदर्शनी गरिने भएको छ भने कोदो बिक्रि समेत हुने भएको उहाँले जनाउनु भयो । पुम्दी–भुम्दी कृषि सहकारी… पुरा पढौ

पोखरा २२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने

दिननाथ बराल, पोखरा, ६ साउन, पोखरा महानगरपालिका वडा नं.२२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने भएको छ । स्वदेशमा उत्पादन भएको बिद्युतको प्रयोग सहित आयातित खानापकाउने ग्याँसलाई प्रतिस्थापन गर्ने उद्धेश्यले वडाले चालु आर्थिक बर्ष २०८३÷०८४ का वडाका सबै घरमा इन्डक्सन चुलो वितरण गर्ने योजना अघि सारेको वडाध्यक्ष हिमलाल बरालले पोखराक्लिकलाई बताउनु भयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको लागत साझेदारीमा ‘एक घर, एक इन्डक्सन चुलो’ अभियान सञ्चालन गर्ने भएको अध्यक्ष बरालले जनाउनु भयो । यस कार्यक्रमका लागि वडा… पुरा पढौ

दैनिक ४\५ हजार यात्रु ओहोरदोहोर हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बसमा दैनिक १२–१६ यात्रु मात्रै यात्रा गर्छन !

दीननाथ बराल,पोखरा, ५ साउन, दैनिक चारदेखि पाँच हजार यात्रुको आवागमन हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सहज आवतजावतका लागि सञ्चालन गरिएको सटल बस सेवाले अपेक्षित साथ पाउन सकेको छैन्। तीन महिनासम्म निःशुल्क रूपमा परीक्षण गरिएको सेवा साउन १ गतेदेखि सःशुल्क बने पनि यात्रु सहभागिता अत्यन्त न्यून देखिएको हो । पोखरा महानगरपालिका र पोखरा बस सेवा प्रालिबीचको सहमतिअनुसार हाल विमानस्थलबाट दुईवटा ननस्टप सटल बस नियमित सञ्चालनमा छन्। एउटा बस विमानस्थल–विरौटा–लेकसाइड र अर्को विमानस्थल–पृथ्वीचोक–हल्लनचोक रुटमा चलिरहेको छ। दुवै बसको भाडा प्रतियात्रु १०० रुपैयाँ… पुरा पढौ

आन्तरिक राजश्व कार्यालयमा पुनः ठडियो कर सहायता कक्ष

पोखरा,१ साउन, आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) कक्षको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुममानसिंह गुरुङले सो कक्षको उद्घाटन गरे । सो कक्ष उद्घाटनमा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडर तथा जीआइजेड नेपालकाको तर्फबाट मेन्दी राजा रिज्वी, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र जिआइजेडका वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ पनि सहभागी थिए ।सो अवसरमा बोल्दै… पुरा पढौ

डायमण्ड माविमा १७१ विद्यार्थी दीक्षित, उच्च शिक्षामा ज्ञानको खोजीका अथाह अवसर ः प्रा.डा. ईन्द्रप्रसाद तिवारी

लेखनाथ, असार २१, पोखरा महानगरपालिका–२७ स्थित डायमण्ड माध्यमिक विद्यालयमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका १७१ जना विद्यार्थी दीक्षित भएका छन् ।दीक्षान्त समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको बताए। उनले विद्यालयको निरन्तरको मेहनत र समर्पणको प्रतिफल नै आजको उपलब्धि भएको उल्लेख गरे । उनले कक्षा १२ पछिको अध्ययन विद्यार्थीका लागि महत्वपूर्ण मोड भएको भन्दै यस अवधिमा अभिभावक र विद्यालयको… पुरा पढौ

घरेलु टोली कास्कीलाई पराजित गर्दै स्याङजाले जित्यो तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि

दीननाथ बराल,पोखरा, १७ असार, घरेलु टिम कास्कीलाई स्याङजाले लिगको अन्तिम खेलमा पराजित गर्दै गण्डकी प्रदेशस्तरीय तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा आज (बुधबार) सम्पन्न लिग चरणको अन्तिम खेलमा पनि घरेलु टिम कास्की माथि ७१ रनको फराकिलो अन्तरले जित हासिल गर्दै स्याङजाले उक्त उपाधि हात पार्न सफल भएको हो । चिरप्रतिद्वन्द्वी कास्कीलाई ७१ रनले पराजित गर्दै स्याङजाले उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो । लिगका चारवटै खेल जितेर… पुरा पढौ