कास्की

पोखरामा दुधको माग अत्याधिक(भिडियो सहित)

पोखरा, पोखरामा दुधको माग अत्याधिक रहेको शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरामा भैसीको दुधको माग अत्याधिक भएकोले यसको माग पूरा गर्न तराई क्षेत्रबाट समेत आउने गरेको दाबी गरेका हुन्।कार्यक्रमको प्यानल डिस्कसनमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका छन् । https://www.youtube.com/watch?v=VkTyNf0qnd8 कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण… पुरा पढौ

३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक मंसिर १७ देखि पोखरामा हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ९ मंसिर, पोखरामा आगामी मंसिर १७ गतेदेखि २२ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक–२०८२ सञ्चालन हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने यो ६ दिने महोत्सवमा करिब १ सय २० वटा विभिन्न व्यवसायिक, सेवा–मूलक र सूचना–प्रविधिमूलक स्टल रहने आयोजकले जानकारी दिएको हो । https://www.youtube.com/watch?v=xkKZ8Rtibtw जेनजी आन्दोलनपछि कमजोर बनेको पोखराको आर्थिक गतिविधि सुदृढ बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने संघका अध्यक्ष तथा मेला संयोजक गोकर्ण कार्कीले मंगलबार पोखरामा आयोजित पत्रकार… पुरा पढौ

कास्कीका कैदीबन्दी आफ्नो सामान लिएर फर्किन थाले (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २७ भदौ, कास्की कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरू पुनः कारागार फर्किन थालेका छन्। मंगलबार बेलुका आन्दोलनकारीहरूले कारागार तोडफोड गरेपछि कारागार प्रशासनले चाबी खोल्न बाध्य भई करिब ७७३ जना कैदीबन्दी बाहिर निस्केका थिए। https://www.youtube.com/watch?v=yKcO6oetXjs जेलर राजेन्द्र शर्माका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ४० जना कैदीबन्दी स्वेच्छिक रूपमा फर्किइसकेका छन्। उनीहरूले करिब दुई सय जना अझै प्रत्यक्ष सम्पर्कमा रही क्रमशः फर्किने जानकारी समेत गराएका छन्। कारागार प्रशासनले अहिले भागेका सबैलाई कुनै दण्ड नदिई स्वेच्छिक रूपमा फर्किन आग्रह गरिरहेको छ।… पुरा पढौ

सामाजिक सञ्जाल पुनः खुले, जेनजी आन्दोलनमा १९ को मृत्यु

पोखरा, भदौ २२ सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको केही दिनमै, जेनजी आन्दोलनपश्चात आज बेलुका फेसबुक, यूट्युबसहितका प्रमुख सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आएका छन्। गत हप्ता संचार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै सूचीकरण नभएका फेसबुक, यूट्युब, ट्विटरजस्ता लोकप्रिय प्लेटफर्मलाई बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि व्यापक असन्तोष सिर्जना भएको थियो। यसैबीच, सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले देशव्यापी प्रदर्शन गरेका थिए। सरकारी दमनका क्रममा १९ जनाले ज्यान गुमाए भने ३४७ जना… पुरा पढौ

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

कास्की, भदौ २२, काठमाडौंका रोमन महर्जन पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ च्याम्पियन बन्नुभएको छ । ओभरअल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले आफनो ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार जित्न सफल हुनुभएको थियो । कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उहाँले क्रमश ५०, २५ र… पुरा पढौ

पोखरामा पितृयज्ञ, सहस्रचण्डी महायज्ञ र श्रीविद्या–महालक्ष्मी महायज्ञ हुने

पोखरा, २० भदौ, सोह्र श्राद्धको पुण्यमय अवसर पारेर पोखरामा पितृयज्ञ सुरु भएको छ । यही भाद्र २२ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुने यस यज्ञमा बराह क्षेत्रका पुजारी पण्डित योगेश भण्डारीबाट गरुड पुराणको पाठ, बराह पुराण र भानुभक्त रामायणको प्रवचन गरिने कार्यक्रम रहेको संयोजक विश्व प्रकाश प्रसाईले जानकारी दिनुभयो । संयोजक प्रसाईका अनुसार हिन्दूहरूको महान पर्व दशैं तथा नवरात्र महापर्वको अवसरमा असोज ६ गतेदेखि १५ गतेसम्म सहस्रचण्डी महायज्ञ आयोजना हुनेछ । बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म नियमित साधनासहित सञ्चालन… पुरा पढौ

पृथ्वी पत्रकारिता पुरस्कारबाट सुवेदी पुरस्कृत

पोखरा २०, भदौं, पोखराका पत्रकार गोविन्द सुवेदी पृथ्वी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको उद्घाटन समारोहमा सुुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान पत्रले सम्मानित गरिएको हो । उनलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पान संयोजक गोपी बहादुर भट्टराई, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ ,पूर्व अध्यक्ष बालकृष्ण न्युरे, नेपाल पत्रकार महासंघ… पुरा पढौ

शुक्रबारदेखि आठौं इक्यान एजुकेसन फेयर पोखरामा हुने, लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, लगायत आकर्षक उपहार

पोखरा, १९ भदौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यानं) कास्की शाखाले शुक्रबार देखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ हुने भएको छ । शनिबारसम्म चल्ने उक्त मेलाको समपूर्ण तयारी पूरा भएको संघले जनाएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिले मुख्य प्रायोजनमा पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा हुने मेलाको शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक… पुरा पढौ

संघीय शिक्षा ऐनको विरुद्धमा निजी विद्यालयका वस सडकमा प्रदर्शन

पोखरा, नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याव्सन, एन प्याव्सन, हिसान, अपेन र एनएएमले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका हुन् । यसैको विरोधमा सोमबार देशभरका निजी तथा आवसीय विद्यालयका वसहरु कालो झण्डा र कालो व्यानर सहित सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरेका छन् । कास्कीमा पनि… पुरा पढौ

ट्रक व्यवसायीले ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएका छन् ः मन्त्री केसी

पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको समेत उल्लेख गरे । उनले बीमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका समस्याका बारेमा आफू जानकार… पुरा पढौ