कास्की

पत्रकार राजबहादुर गुरुङ नेतृत्वमा सूचनाको हकका लागि राष्ट्रिय महासघ गण्डकी प्रदेश समिति गठन

दीननाथ बराल,पोखरा ११, असार, पत्रकार राज बहादुर गुरुङ नेतृत्वमा सूचनाको हकका लागि राष्ट्रिय महासघ गण्डकी प्रदेश समितिको गठन भएको छ । गण्डकी प्रदेश भित्रका सुचनाको हकका अभियान्ताहरुको हालै पोखरामा बसेको एक भेलाले सुचनाको हकका लागि राष्ट्रिय महासंघको गण्डकी प्रदेश समिति गठन गरेको हो । त्यसै गरी समितिको उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिबमा भारत कोइराला, सचिबमा कृष्ण क्षेत्री, महिला सचिबमा माया अधिकारी र कोषाध्यक्षमा टिका आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकर राज… पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको गाँउसभा स्थगित, दुई पार्टीका सदस्य बिच बिबाद

दीननाथ बराल,पोखरा ९, असार, कास्कीको मादी गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले आउँदो बर्षको लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गरे पश्चात टेवल भई छलफलकै क्रममा केही सदस्यहरुले नियम आपती जनाएसंगै सोमबार नै बजेट ल्याउने तयारी गरे पनि बैठक स्थगित भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । मादी गाउँपालिकाका पालिकाका सदस्य सचिव धनेन्द्र भूजेलले जारी गरेको गाउँसभा स्थगित सम्बन्धि सूचनामा अर्को सूचना प्रकाशन नहुँदासम्म मादी गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन स्थगित भएको उल्लेख गरिएको छ ।… पुरा पढौ

अभियानमा हर्पिंक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न

पोखरा, ९ असार, पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित सिप सिकै र आत्मनिर्भर बनौ भन्ने नारा सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि सुरु दुर्ई दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका… पुरा पढौ

पोखराको बजेट ल्याउदा मिलेन तालमेल…हल पनि खाली जस्तै..

पोखरा, क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्दा केही तालमेल मिलाउन नसक्दा आलोचित हुनु परेको छ । संविधान त यही असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याएसंगै असार १० गते भित्र बजेट ल्याउनु पर्ने बाध्यतामा रहेको महानगरले यसपाली भने ८ गते नै बजेट ल्याउदा हतार हतारमा ल्याउदा कतै तालमेल नमिलेको देखियो । बजेट भाषणमा राम्रो तालमेल नमिल्दा भाषणमा केही समस्या भएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रम एवं रकम समेत फरक पर्न गएको छ… पुरा पढौ

रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न

असार ८,पोखरा, रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तालिमका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई समापन समारोहका प्रमुख अतिथि… पुरा पढौ

पोखरामा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ, १ करोड ३० लाख बराबरको गरगहना बरामद

दीननाथ बराल, पोखरा, ७ असार, पोखरामा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । यही असार ६ गते पोखराबाट बुटवल तर्फ जादै गरेको माइक्रोबसलाई पोखरा २२ पुम्दी भुम्दीमा खानतलसी गर्दा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत पंजावका ४९ बर्षीय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपलिका १६ पुर्वबहिया नगरपालिका वडानम्बर १६ घर भएका ४७ बर्षीय रामबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट… पुरा पढौ

ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव

पोखरा, ७ असार, ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले… पुरा पढौ

सुगम संगीतका क्षेत्रमा पुनः मुटुसँगै उदाए अनेसास पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सागर शाह एन. जे. (भिडियोसहित)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरका वरिष्ठ उपाध्यक्ष गीतकार, गायक नायक तथा संगीतकार सागर शाह एन. जे. आफ्नो नयाँ गीत 'मुटु'सहित पुनः उदाएका छन् । २०५२ सालमा सिञ्जा व्यान्डबाट ‘धौलागिरी फेदमा हिऊँ पर्यो’ गीतसहित गायन यात्रामा लागेका सागरको मुटु गीत तीन दशकदेखिको अनवरत यात्राको अनुपम कोसेली रहेको छ । सात दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका सागरका जाऊँ है कान्छी पोखरा, अचानक, तिमीलाई कहाँ राखु, पोखराको चिसो हावाले, पोखरेली कान्छी, नजरैको गोलीले, दिन ढल्छ, नजरैले हान्यो सर्वाधिक लोकप्रिय… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीको नमूना पत्रकार सम्मेलन

पोखरा कलेज अफ् म्यानेजमेन्टमा बि.बी.ए. आठौं सेमेस्टरका विद्यार्थीले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभा कक्षमा दुई सेक्सनका ६९ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख लीना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् । कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । बि.बी.ए. अन्तिम… पुरा पढौ

मनोक्रान्ति प्रणेता डा. योगी बिकासानन्द वरपिपल रिसोर्ट

पोखरा, मनोक्रान्ति प्रणेता डा। योगी बिकासानन्दले विहिबार पोखराको बरपिपल रिसोर्टमा आयोजित प्रेरणादायी “मोटिभेसनल स्पिच कार्यक्रमू सम्बोधन गर्दै सकारात्मक सोच, अनुशासित जीवनशैली र समय व्यवस्थापनका महत्वपूर्ण पक्षहरूमा जीवन्त प्रस्तुति दिनु भएको थियो। कर्मचारीहरूको व्यक्तित्व विकास र मनोबल अभिवृद्धिका लागि आयोजित कार्यक्रममा प्रमुख वक्ता डा। योगी बिकासानन्दले जीवनमा अनुशासन र समयको उचित सदुपयोग नै सफलताको मुख्य आधार हुने दाबी गर्नुभयो ।डा। बिकासानन्दले समयमै सुत्ने र समयमै उठ्ने, दैनिक कम्तिमा ६ देखि ९ घण्टा पर्याप्त निन्द्रा लिनु पर्ने र आफैँलाई माया गर्नु पर्ने… पुरा पढौ