कास्की

सुगम संगीतका क्षेत्रमा पुनः मुटुसँगै उदाए अनेसास पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सागर शाह एन. जे. (भिडियोसहित)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरका वरिष्ठ उपाध्यक्ष गीतकार, गायक नायक तथा संगीतकार सागर शाह एन. जे. आफ्नो नयाँ गीत 'मुटु'सहित पुनः उदाएका छन् । २०५२ सालमा सिञ्जा व्यान्डबाट ‘धौलागिरी फेदमा हिऊँ पर्यो’ गीतसहित गायन यात्रामा लागेका सागरको मुटु गीत तीन दशकदेखिको अनवरत यात्राको अनुपम कोसेली रहेको छ । सात दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका सागरका जाऊँ है कान्छी पोखरा, अचानक, तिमीलाई कहाँ राखु, पोखराको चिसो हावाले, पोखरेली कान्छी, नजरैको गोलीले, दिन ढल्छ, नजरैले हान्यो सर्वाधिक लोकप्रिय… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीको नमूना पत्रकार सम्मेलन

पोखरा कलेज अफ् म्यानेजमेन्टमा बि.बी.ए. आठौं सेमेस्टरका विद्यार्थीले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभा कक्षमा दुई सेक्सनका ६९ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख लीना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् । कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । बि.बी.ए. अन्तिम… पुरा पढौ

मनोक्रान्ति प्रणेता डा. योगी बिकासानन्द वरपिपल रिसोर्ट

पोखरा, मनोक्रान्ति प्रणेता डा। योगी बिकासानन्दले विहिबार पोखराको बरपिपल रिसोर्टमा आयोजित प्रेरणादायी “मोटिभेसनल स्पिच कार्यक्रमू सम्बोधन गर्दै सकारात्मक सोच, अनुशासित जीवनशैली र समय व्यवस्थापनका महत्वपूर्ण पक्षहरूमा जीवन्त प्रस्तुति दिनु भएको थियो। कर्मचारीहरूको व्यक्तित्व विकास र मनोबल अभिवृद्धिका लागि आयोजित कार्यक्रममा प्रमुख वक्ता डा। योगी बिकासानन्दले जीवनमा अनुशासन र समयको उचित सदुपयोग नै सफलताको मुख्य आधार हुने दाबी गर्नुभयो ।डा। बिकासानन्दले समयमै सुत्ने र समयमै उठ्ने, दैनिक कम्तिमा ६ देखि ९ घण्टा पर्याप्त निन्द्रा लिनु पर्ने र आफैँलाई माया गर्नु पर्ने… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय टि–२० क्रिकेट ः नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने

पोखरा–५ असार, गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा समान २–२ खेल जित हात पारे पनि रन रेटका आधारमा नवलपुर फाइनलमा पुगेको हो । तीनै टोलीले समान ४–४ अंक हात पारे पनि नेट रन रेटका आधारमा नवलपुरले लिग चरणमा शिर्षस्थानमा उक्लिदै फाइनलमा प्रवेश गर्न सफल रह्यो । अंक तालिकामा नवलपुरको कुल रन… पुरा पढौ

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा, ३ असार, स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने… पुरा पढौ

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु

पोखरा, असार १, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आइतबारदेखि गण्डकी प्रदेशस्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फेयर सुरु गरेको हो । कार्यक्रमको विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । आइतबार सुरु भएको यो कार्यक्रम असार ७ गतेसम्म चल्नेछ । यो अवधिमा विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिने प्राचार्य सापकोटाले बताए । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय पुरुष टि–२० क्रिकेट ः तनहुँ र स्याङजाको जित, तनहुँको जितमा कृष ऐरको शतक

पोखरा–असार १, गण्डकी प्रदेशस्तरीय पुरूष टि२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले दोस्रो दिन पनि जितको लयलाई कायम राखेका छन् । समुह ‘ए’ अन्तर्गत पोखरा क्रिकेट रंगशालामा जारी प्रतियोगितामा तनहुँले १७७ रनको जित हासिल गर्दा दोस्रो खेलमा स्याङजाले ७८ रनले जित दर्ता गरेको हो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरण अन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । म्याग्दीले टस… पुरा पढौ

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७… पुरा पढौ

नेपालगन्ज पोखरा स्तरीय बस सेवा संचालनको माग

नेपालगन्ज, १ असार, पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्जमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा र नेपालगन्जका ब्यबसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत संचालन गर्नुपर्ने आबश्यकता औंल्याए । पोखरा र नेपालगंजविच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो । होटल संघ पोखरा नेपालका अध्यक्ष एबं… पुरा पढौ

तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई क्रिकेट प्रतियोगिता तयारी पुरा

पोखरा, जेठ ३०, गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन… पुरा पढौ