
पोखरा, साउन ११,
पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले फेवातालमा माछाको भुरा छोडेर वार्षिकोत्सव मनाएको छ । दुई वर्ष अघिदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव फेवातालमा १० हजार माछाको भुरा छाडेर मनाएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । यसअघि अघिल्लो वर्ष पहिलो वार्षिकोत्सवमा पनि होटलले फेवाताल सरसफाई गरेर प्रथम वार्षिकोत्सव मनाएको थियो ।
यसैबीच, होटलले अघिल्लो वर्षजस्तै यस वर्षपनि कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । होटलले हेड अफ डिपार्टमेन्ट अफ दी ईयरबाट अनिल कुँवर र ईम्प्लोयी अफ दी ईयरबाट मेनुका गुरुङलाई पुरस्कृत गरेको उनले जानकारी दिए । दोस्रो वार्षिकोत्सवको अवसरमा होटलले पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रममा भोजन दानपनि गरेको छ । होटलको वार्षिकोत्सवको अवसर पारेर त्यहाँ आश्रित करीब डेढ सय जना बृद्दहरुलाई भोजन खुवाइएको सञ्चालक भट्टराईले जानकारी दिए ।
फेवाताल किनारमा करीब ७ रोपनी क्षेत्रफलमा सञ्चालित यो होटल अघिल्लो वर्षदेखि सञ्चालनमा आएको हो । होटलबाट फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखलाको दृश्यावलोकनसँगै मेथलाङ डाँडासमेत नजिकबाट नियाल्न सकिन्छ । त्यसैले त यो होटल एक वर्षपनि नपुग्दै ट्रिप एडभाईजरमा पोखराको उत्कृष्ट ५ मा पर्न सफल भइसकेको छ । होटलमा ३ वटा स्वीट रुमसहित डिलक्स, सुपर डिलक्स गरेर ३८ वटा कोठाहरु रहेका छन् ।
त्यसबाहेक एक जना अट्नसक्ने कन्फिरेन्स हल, स्पा, साउना स्ट्रिम, मसाजलगायतका सुविधाहरुपनि रहेको सञ्चालक भट्टराईले बताए । होटल परिसरमै २ सय बढी अटाउने रेष्टुरेण्ट छ भने त्यहाँ हरेक दिन एकोष्टिक लाइभ हुने गरको छ । जसको मज्जा पर्यटकले लिन पाउने उनले बताए । रेष्टुरेण्टमा कन्टिनेन्टल, नेपाली, भारतीय खानालगायतका परिकारको स्वाद लिन सकिने भट्टराईले बताए । होटलमा आएका पाहुनालाई सहज होस् भनेर खुल्ला क्षेत्रफल भएको पार्किङपनि रहेको उनको भनाई छ ।





