हेमजा लायन्स र लियोले गौरी शंकर मा वि हेमजामा बृक्षारोपण

-


     पोखरा क्लिक     
     श्रावण १० गते २०८२ मा प्रकाशित



१० साउन पोखरा,

पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर मा वि मा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लव अफ पोखरा हेमजा र लियो क्लव अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो ।

प्रमुख अतिथि लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन चियर पर्सन दिनेश तुलाचनले वातावरणीय स्वच्छता तथा उत्पादन मुखी फलफुलका बिरुवा रोपेर मानव स्वाश्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताउनुभयो । तुलाचनले हेम्जा का लायन्स र लियोको समाज सेवाप्रति रहेको भावनालाई उच्च कदर गर्दै आगामि दिनमा अझै सक्रिय रुपमा समाजसेवामा समर्पित हुन आग्रह गर्नुभयो । बिशेष अतिथि लायन्स इन्टरनेशनल ठिस्ट्रिक्ट ३२५ जे का जोन १०का जोन चेयर पर्सन प्रगत कायस्थले फलफूलका विरुवा हुर्कदै फल्दै जाँदा बिधर्थिहरुलाई पनि अध्ययन र खाजाका लागी प्रयोग हुने चराचुरुङ्गीको संख्या समेत बढेर जाने कुरा बताउनुभयो ।

लियो पास्ट डिस्ट्रिक्ट गर्भनर बिष्णु दाहाल ले हेमजाको सामाजिक क्षेत्रमा लियोको सक्रियता खुलेर प्रशंशा गर्नुभयो । गौरी शंकर मा विका प्रधानाध्यापक अमर बहादुर कुँवरले रोपेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्कुल प्रतिवद्ध रहेको बताउनुभयो ।

लायन्स क्लव अफ पोखरा हेमजाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा झण्डाको अविवादन सुरेश श्रेष्ठ, लियो प्लेग वाचन कविता त्रिपाठी गर्नुभएको थियो भने धन्यवाद ज्ञापन लायन्स क्लव अफ पोखरा हेमजाका निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले गर्नुभएको थियो ।



This will close in 20 seconds