कास्की

पोखरामा रेष्टुरेष्टका कुकलाई खाना बनाउने सीप बढाउन तालिम

पोखरा, २७ जेठ, पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो । पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् । तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय… पुरा पढौ

नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन जेठ ३०–३१ गते पोखरामा हुने

दीननाथ बराल, पोखरा, २२ जेठ, नेपाल खेलकुद महासङ्घ गण्डकीको दोस्रो अधिवेशन यही जेठ ३० र ३१ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्ला र ७ वटा खेलका प्रतिनिधिहरू गरी करिब १ सय ५० जनाको सहभागितामा उक्त अधिवेशन हुने तयारी गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । महासंघका केन्द्रीय सचिव बिष्णु पुनले अधिवेशनमा दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने बताउदै नेतृत्व चयन सर्वसम्वत हुने दाबी गर्नुभयो । यसअघि महासंघले दुई वटा खेलकुद… पुरा पढौ

गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिने

दीननाथ बराल, पोखरा २१, जेठ, गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई प्रथामिकता दिदै आउँदो आर्थिक बर्षको २०८२÷०८३ लागि नीति तथा कार्यक्रममा ल्याउने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज(बुधबार) प्रदेश सभा बैठकमा प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस बर्ष केही नयाँ बाहेक अन्य पुरानै कार्यक्रम दोहोर्याउनु भएको हो । एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म, जलवायु अनुकूलन सिँचाइ विशेष कार्यक्रम, घरेलु मदिराको ब्राण्डिङ र गाँजा खेती बैध बनाउनेदेखि एक निर्वाचन… पुरा पढौ

यातायात सेवा भोलि (बुधबार) देखि सुचारु हुने, राइड सेयरिङचालकको आन्दोलन गर्ने चेतावनी

दीननाथ बराल,पोखरा, जेठ २०, बुधबार देखि सार्वजनिक यातायात सेवा पुनः सुचारु हुने भएको छ । संघीय सरकारको निर्देशन पछि राइड सेयरिङ नियमावली स्थगन गरिएको र एक महिनाभित्र माग सम्बोधन गर्न कार्यदल गठन गरिने सहमतिसँगै सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलन स्थगन भएको यातायात व्यवसायीले पोखराक्लिकलाई बताए । गण्डकी प्रदेश सरकारले इन ड्राइभ, टुटल, पठाओ जस्ता राइड सेयरिङ एपहरूमार्फत सेवा सञ्चालनलाई वैधानिकता दिने गरी ल्याएको नियमावली २०८२ हाललाई स्थगन गरिएको छ। तर, यो विवाद केवल नियमावलीको पक्षविपक्षमा सीमित छैन — यो एक गहिरो… पुरा पढौ

अटो मेकानिक्सका तालिम शुरु

पोखरा, दिगो तथा सम्मानित रोजगारीका लागी शिप परियोजना अन्र्तगत पोखरामा १६ दिने अटो मेकानिक्स तालिम शुरु भएको छ । पोखरामा कार्यरत सानो इन्जिन तथा इलेक्ट्रोनिक मेकानिक्सहरुको क्षमता बृद्धि गराउने उद्धेश्यले तालिम आयोजना गरीएको आयोजक संस्था गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । तालिममा प्राविधिक गाडीको सुरक्षा मापदण्ड, इन्जिनको अवस्था सम्बन्धमा तालिम केन्द्रित रहने प्रशिक्षक एंव पश्चिमाञ्चल इन्जिनियरीङ्ग क्याम्पसका अटो विभाग प्रमुख सचिन्द्र किशोर लाभले बताए । सो तालिमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वार्ड नं। ८ का अध्यक्ष… पुरा पढौ

विश्व कीर्तिमानीका स्वर संगीतमा गुञ्जे पोखरेलीका गजल

साहित्यको राजधानी भन्न रुचाउनेहरूको शहरमा पोखरामा पोखरेलीका गजल गुञ्जेका छन् । नेपाली सुगम संगीतमा पृथक पहिचानसहित विश्व कीर्तिमान राख्न सफल संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा कास्कीको भलामका स्रष्टा देवेन्द्र केसी देवुका गजल गुञ्जेका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न देवेन्द्र केसी देवु गजल साँझमा श्रेष्ठले प्रत्यक्ष संगीतसहित देवुका गजल गायन गरे । उक्त गजल गायनको जाँचोपाँजो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले मिलाएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको गजलबाट कार्यक्रमको मङ्गलाचरण गरेका श्रेष्ठले देवुका सात गजल गायन गरे… पुरा पढौ

‘अन्नपूर्ण डे’ मनाउन निस्केको टोली अन्नपूर्णमा

पोखरा १८, जेठ, ७५ औँ अन्नपूण प्रथम हिमाल आरोहणको दिवस (हिरक महोत्सव) मनाउन पोखराबाट पदयात्रामा निस्केको टोली अन्नपूर्ण क्षेत्र प्रवेस गरेको छ । पोखराबाट हिडेको टोली शनिबार अन्नपूर्ण गाउँपालिका म्याग्दीको वडानम्बर चार नार्च्याङ (अन्नपूर्ण क्षेत्र) पुगेको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृवमा स्थानीयले टोलीलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए । हिरक महोत्सवको अवसर पारेर आयोजना गरिएको पदयात्रामा मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पनि सहभागि भएको छ… पुरा पढौ

पोखरामा देवेन्द्र केसी ‘देवुु’ गजल साँझ

पोखरा, १८ जेठ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी‘देवु’ का गजलहरूमा गजल साँझ सम्पन्न भएको छ । पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्नुुभएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको गजल साँझमा देवेन्द्र केसी‘देवु’का सातवटा गजल वाचन गरिएको थियो । मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विभिन्न भाव समेटिएका… पुरा पढौ

न्यायिक निरुपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा, १७ जेठ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित ‘मेलमिलाप सम्बन्धी तालिम समापन समारोहमा प्रमुख अतिथि भट्टले सामुदायिक मेलमिलाप सम्बन्धी असल अभ्यासका पक्षलाई राम्रोसँग ग्रहण गर्न सक्नुपर्नेमा जोड दिनुभयो । ‘स्थानीयस्तरमा हुनेगरेका विवादको न्यायिक निरूपण गर्न र मेलमिलाप मध्यस्थताको लागि मेलमिलापकर्तालाई यो तालिम महत्वपूर्ण र आवश्यक पनि हो ।’ उहाँले भन्नुभयो – ‘सूचीकृत मेलमिलापकर्ताले न्यायिक प्रक्रियामा सहभागी भई… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा, गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । “यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रुपान्तरणको अभियानमा कोशेढुङ्गा सावित हुनेछ ।”, उनले भने । प्रदेश सरकारको ७०५ र पोखरा महानगरको ३०५ लगानीमा उक्त केन्द्र संचालन हुने… पुरा पढौ