कास्की

कास्कीको मादी गाउँपालिकाको बजेट ६५ करोड १२ लाख,कृषि, पर्यटन र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

दीननाथ बराल पोखरा, ८ असार कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको उन्नाइसौं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्दै आउदो बर्षको लागि उक्त बजेट सार्वजनिक गर्नु भएको हो । प्रस्तावित बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ अर्थात् २७.८७ प्रतिशत पूँजीगततर्फ र ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ अर्थात् ७२.१३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको उहाँले जनाउनु भयो । चालु खर्चको हिस्सा… पुरा पढौ

पोखराको बजेट १४ प्रतिशतले घट्यो, आउदो बर्षका लागि ७ अर्ब १५ करोड ,पर्यटन, पूर्वाधार, शिक्षा र डिजिटलमा प्राथमिकता

दीननाथ बराल.पोखरा, ५ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशत (१ अर्ब १९ करोड ८७ लाख) ले कम हो। उपमेयर मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार पोखरामा बजेट प्रस्तुत गर्दै चालु खर्च ५५.१५ प्रतिशत र पूँजीगत खर्च ४४.८५ प्रतिशत विनियोजन गरिएको बताउनु भएको छ । आउँदो बर्षको लागि बजेट वक्तव्य सार्वजनिक गर्दै उहाँले संघीय सरकारबाट कुल ३ अर्ब १८… पुरा पढौ

पर्यटनको राजधानी पोखरामा खेलकुदको नयाँ क्षितिज, खेल पर्यटनले फेर्न सक्छ अर्थतन्त्रको अनुहार

दीननाथ बराल,पोखरा, पोखरा रंगशालामा आहा–रारा पोखरा गोल्डकप चलिरहँदा लेकसाइड आसपासका होटल तथा रेस्टुरेन्टमा चहलपहल बढ्छ । सहारा क्लबले विगत २५ वर्षदेखि निरन्तर गर्दै आएको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले फुटबल खेलसँगै पोखरा आसपास क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै आएको छ । क्लबले हरेक वर्ष कम्तिमा दुईदेखि चार विदेशी टिमको सहभागितासहित आफ्नो मातृ संगठन सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट कम्तिमा ६० देखि ७० जनाको जम्बो टोली पोखरामा उतार्ने गरेको छ । उनीहरु कम्तिमा दुई साता पोखरामा बिताउने गरी आउँछन्… पुरा पढौ

गण्डकीको खेलकुदको बजेट एक तिहाई घट्यो, दशौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रभावित कसरी संचालन गर्ने भन्ने चिन्त्ता

दीननाथ बराल, पोखरा, २ असार, आज भन्दा करिब ४ बर्ष अघि पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्रदेशमा प्रथम हुुदै राखेको साख जोगाउन आउँदो आर्थिक बर्षको सुरुबाटै खेलाडी छनौट सहित प्रशिक्षणमा जुट्नु पर्ने समयमा यस बर्ष खेलकुदको बजेट भारी कटौति भएसंगै खेलाडी र खेलकुदकमीै चिन्त्तित हुनु भएको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कुल बजेटको आकार बढाए पनि खेलकुद क्षेत्रको बजेट भने करिब एक तिहाई भन्दा बढी बजेट कटौती गरेसंगै खेलाडी तथा खेलकुदकर्मीमा… पुरा पढौ

गत वर्षभन्दा ३ प्रतिशत बढीको बजेट गण्डकी प्रदेशमा, ३२ अर्ब ९९ करोडको बजेट विनियोजन (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १ असार, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) आउदो बर्षको लागि प्रदेश सभामा उक्त बवेट बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेट गत वर्षको तुलनामा करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो। प्रतिशतका… पुरा पढौ

बुद्व विशाल बजार व्यापारिक एशोसियसनको त्रिलोकेश्वर शिव मन्दिरमा वृक्षारोपण कार्यक्रम

पोखरा, बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा बृक्षारोपण कार्यक्रम गरिएको छ । धार्मिक पर्यटकिय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसर भित्र विभिन्न जातका फलफुल अन्य जातका विरुवा रोपिएको हो । बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर, विभिन्न फलफुल तथा फुलहरूका विरूवाहरु रोपिएको थियो । बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दे पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष… पुरा पढौ

म्याग्दीले जित्यो दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि

पोखरा १८, जेठ, म्याग्दी जिल्लाले दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज (सोमबार) सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दीले पर्वतलाई ८०–७३ अंकले पराजित गर्दै उपाधि चुमेको हो । प्रतियोगितामा बिजेता टिम म्याग्दीले नगद रु ५० हजार तथा उपविजेता पर्वतले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि भएको पहिलो सेमिफाइनलमा पर्वतले तनहुँलाई ४९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।… पुरा पढौ

अमरसिंहचोकदेखि पृथ्वीचोकसम्म डोजर अभियानः फिर्केखोला हुँदै ट्रेड युनियन र सामाजिक संघसंस्थाका भवनमा महानगरको एक्सन

पोखरा, सार्वजनिक जग्गा संरक्षण र सडक विस्तार अभियानलाई तीव्र बनाएको पोखरा महानगरपालिकाले अमरसिंहचोकबाट सुरु गरेको डोजर अभियानलाई फिर्केखोला हुँदै पृथ्वीचोकसम्म विस्तार गरेको छ । महानगरले आज ( बिहीबार) पृथ्वीचोकस्थित बसपार्क अगाडिको संस्थान क्षेत्रमा रहेका ट्रेड युनियन, सामाजिक संघसंस्था तथा विभिन्न अनधिकृत संरचनामा डोजर चलाउँदै सरकारी जग्गा खाली गराउन थालेको हो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा दुईवटा डोजर प्रयोग गरेर नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट गण्डकी, सामुदायिक प्रहरी सेवा केन्द्र, सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सार्वजनिक शौचालय लगायतका भवन तथा संरचना हटाउन… पुरा पढौ

तेस्रो तरबुजा मेलामा १० लाखको कारोबार, उत्कृष्ट किसान रमेश आचार्य पुरस्कृत (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ५ जेठ, पोखरा महानगरपालिका वडा नम्बर १३ मा मंगलबार आयोजित तेस्रो “तरबुजा मेला २०८३” मा करिब १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र किसानलाई प्रत्यक्ष बजार उपलब्ध गराउने उद्देश्यले आयोजित मेलामा उपभोक्ताको उल्लेख्य सहभागिता रहेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=8yHmTH1o40o&t=86s मेलामा करिब २० हजार केजी तरबुजा बिक्री भएको उहाँले जनाउनु भयो । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र पोखरा वडा नम्बर १३ को आयोजनामा… पुरा पढौ

गण्डकी प्रदेशबाट १४ जना युवालाई सम्मान

पोखरा, १८ बैशाख, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना युवालाई सम्मान गरेको छ । गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरिएको हो । गण्डकी प्रदेशमा रहेर कृषि,कला,उद्यम,सञ्चार,अध्ययन अनुसन्धान लगायतका क्षेत्रमा योगदान पु¥याएका ४० वर्ष मुनिका युवाहरुलाई नगदसहित सम्मान गरिएको हो । यसरी पुरस्कृत हुनेहरुमा सञ्चार क्षेत्रबाट रेडियो अन्नपूर्णकी कविता श्रेष्ठ सहित अध्ययन अनुसन्धानको क्षेत्रबाट डा. राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा शिशिर देवकोटा, शिक्षा क्षेत्रबाट अग्निधर भुषाल, युवा सशक्तिकरण… पुरा पढौ