पुम्दीकोटमा जारी महायज्ञमा एकै दिनमा २० लाख संकलन

-


     पोखरा क्लिक     
     फागुन १४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १४,फागुन,

पोखरा २२(पुम्दी—भुम्दी) को पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्ति परिसरमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमाको आठौं दिन आज (बुधबार)२० लाख रुपैया आर्थिक सहयोग संकलन भएको छ । महायज्ञको बुधबार २० लाख सहित हालसम्म महायज्ञबाटकरिब ६० लाख भन्दा बढी संकलन भएको पुम्दीकोट कोट विकास समितिले जनाएको छ ।

बुधबार महाशिवरात्रि पर्वको अवसरमा बिशाल महादेवको मुर्तिमा दर्शनगर्न जानेहरुको अत्याधिक भिड भएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्तबरालले बताउनु भयो । बुधबार पोखरा सहित कास्की र कास्कीका छिमेकी जिल्ला एवं स्वदेशतथा विदेशी पर्यटकहरु पुम्दीकोटमा सहभागि हुनु भएको उहाँले जनाउनु भयो । महायज्ञ सहित महाशिवरात्रिपर्वको अवसरमा पुम्दीकोटमा अत्याधिक भिड भएकोले एक घण्टा भन्दा बढी समय सडक नै जामभएको स्थानियले बताउनु भयो ।

पुम्दीकोटकोट विकास समितिको आयोजनामा उक्त महायज्ञबाट समितिका अधुरा र अपुरा भौतिक संरचनापूरा गर्ने उद्धेश्य रहेको समितिले जनाएको छ । पुम्दीकोटआउने पर्यटकहरुको एक दिनको बसाई अवधि लम्बाउने उद्धेश्यले पुम्दीकोटमा साँझमालेजरलाइट मार्फत शिवको मुर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य तथा महादेवको जीवनलीला सहितको बृत्तचित्र प्रर्दशन गर्ने उद्धेश्य रहेको अध्यक्ष बरालले जनाउनु भयो । भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पहुचका लागि सिसाको पुल ग्लास बृजनिर्माण गर्ने लक्ष्य समेत राखिएको छ भने हरियाली उद्यान बनाउने, पुम्दिकोटका मुख्य तीनद्वारहरु छोरेपाटन, तिलार र फलेटेमा शिव धामको गेट निर्माण गर्ने, मुल मुर्तिकोमर्मत सम्भार गर्ने, दान दाताहरुको नाम शिलालेख र स्तम्भ बनाउने लगायतका उद्धेश्य रहेकोअध्यक्ष बरालले जनाउनु भयो । उक्त महायज्ञ विहिबार (फागुन १५ ) गतेसम्म संचालन हुने भएको समितिका व्यबस्थापक रुद्रनाथ पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।



This will close in 20 seconds