कास्की

पोखरामा आयोजित पर्यटक दौडमा लण्डनका साम प्रथम, १८ देशका ५५ सहभागी

पोखरा, ३१ चैत, पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे । महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउण्ड एड्भेञ्चरबाट प्रदान गरिने… पुरा पढौ

केपी ओलि कप टी २० क्रिकेट जारी, समूह सी बाट हिमाल फ्रेन्ड्स सेमीफाइनलमा

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको छ । आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ । १०२ रनको विजयी लक्ष्य… पुरा पढौ

नेकपा माओवादी केन्द्र पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन सम्पन्न

पोखरा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तर्गत पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन आज पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्व, कार्यकर्ता, बुद्धिजीवी, युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्देश्य पार्टी संगठनलाई मजबुत बनाउने, जनसम्पर्क विस्तार गर्ने, र स्थानीयस्तरमा विकास, समावेशिता र सामाजिक समानताका एजेन्डाहरूलाई अगाडि बढाउने रहेको थियो। संगठन सुदृढीकरणमा सम्पर्क समितिको भूमिका कार्यक्रममा सहभागीहरूलाई सम्मानपत्र, स्मृति चिन्ह र सांस्कृतिक झल्को सहित स्वागत गरिएको थियो। आयोजकहरूले कार्यक्रमलाई सङ्गठित, मर्यादित र उद्देश्यपूर्ण बनाउँदै सकरात्मक सन्देश प्रवाह गरेका थिए… पुरा पढौ

ल्वाङगाउँमा मेला सम्पन्न, युके लण्डनलाई भलिबलको उपाधि महिला तर्फ धम्पुस च्याम्पियन

पोखरा, ३० चैत्र, ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ । गत २४ गतेदेखि सुरु भएको ऐतिहासिक ३१ औं चैत्र दशैं मेला अन्तर्गत आज ९शनिबार० भएको फाइनल खेलमा युके लण्डनले र घाचोकलाई ३–२ सेटले हराउँदै लण्डनले उपाधि जितेको हो । उपाधिसँगै लण्डनले नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको घाचोकले नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो… पुरा पढौ

पोखरामा सुरु भयो फेवा नव वर्ष महोत्सव, पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट छः मेयर आचार्य

पोखरा, ३० चैत, पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गते सम्म चल्ने छ । यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका र्याली सभास्थलमा पुगेका थिए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थल विचको सडकमा संचालन हुने छ । पंचैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र… पुरा पढौ

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा.तिवारी नियुक्त

पोखरा, गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–३१ का प्रा.डा. तिवारीलाई कुलपतिमा नियुक्त गर्नु भएको हो । प्रा.डा. तिवारी पोखरा विश्वविद्यालयमा डिन तथा उपकुलपतिसमेत भइसक्नु भएको कुलपतिमा ५ वर्ष कार्यकाल रहनेछ । विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गर्नु भएको थियो । परिषद् अध्यक्ष तथा कुलपति छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र… पुरा पढौ

केपी ओली कप टी २० क्रिकेट ःगत वर्षको च्याम्पियन मधेशलाई कर्णालीले हरायो

पोखरा, पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो । १४६ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो । मधेशका लागि दिपेश… पुरा पढौ

कुमुदिनी होम्स प्रथम एसइई कप ः फुटसलमा एसओएस, बास्केटबलमा दीपशिखा र विन्द्यश्वरीलाई उपाधि

पोखरा, २९ चैत्र, पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चैत्र २५ गतेदेखि सञ्चान गरिएको कुमुदिनी होम्स प्रथम इसइई कप २०८१ शुक्रबार सकिएको छ । गण्डकी प्रदेश तथा गण्डकी प्रदेश बाहिरका ७१ विद्याललयका विद्यार्थीहरु फुटसलमा, ४३ विद्यालय विद्यालयका बास्केटबल र ११ विद्यालयका महिला विद्यार्थी बास्केटबल प्रतियोगितामा सहभागि भएका थएि । फुटसल तर्फको प्रतियोगितामा एसओएस हर्मन माईनर स्कुल नयाँगाउँ १५ प्रथम भएको छ । उक्त विद्यालयबाट लोकेन्द्र मल्लको नेतृत्वमा टोली सहभागि भएको थियो । सन्तोष श्रेष्ठको व्यवस्थापनमा… पुरा पढौ

तेक्वान्दोमा सर्वोच्च ९ डान प्राप्त गर्ने ग्राण्ड मास्टर गुरुङलाई पोखरामा सम्मान

पोखरा, चैत २९, तेक्वान्दोमा सबै भन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार पोखरामा एक समारोह आयोजना गरी उनलाई ताम्रपत्र सहित सम्मान गरेको हो । प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेल, संघ गण्डकी अध्यक्ष जगन गुरुङ, महासचिव रमेश पौडेल समेतले उहाँलाई बधाई दिँदै सम्मान गरेका हुन् ।सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष हरेश्वर पोखरेलले आफ्ना गुरु तुलसीकुमारबाटै आफूले तेक्वान्दोको यात्रा सुरु गरी एशियान गेम्ससम्म… पुरा पढौ

शनिबार देखि पोखरामा फेवा महोत्सव हुने, पाहुनालाई होटलमा २० प्रतिशत छुट

पोखरा, २९ चैत, होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा सडकमा नै महोत्सवको उद्घाटन गरिने जानकारी दिए । उनले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११… पुरा पढौ