पोखराको चिप्लेढुंगामा खुल्यो ‘लेट्स गो निप्पोन’ एजुकेशन, गुणस्तरिय शिक्षा सहित रोजगारीको ग्यारेन्टि गछौं ः प्रबन्ध निर्देशक कोइराला

-


     पोखरा क्लिक     
     वैशाख १ गते २०८२ मा प्रकाशित


पोखरा, १ वैशाख,

पोखराको चिप्लेढुंगामा ‘लेट्स गो निप्पोन’ एजुकेशन प्रा.लि. कन्सल्टेन्सी सञ्चालनमा आएको छ । जापानमा दुई दशक बसेर नेपाल आउनु भएको लक्ष्मी तामाङ (कोइराला) नेतृत्वले पोखराको व्यस्त बजार चिप्लेढुंगामा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आज वैशाख १ गते उक्त कन्सल्टेन्सी संचालनमा ल्याउनु भएको हो ।

जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहाने, वर्किङमा र होटल म्यानेजमेन्टको इन्टनशिप गर्न चाहानेहरुको लागि उक्त कन्सल्टेन्सीले सहजीकरण तथा प्रशिक्षण समेत गराउने भएको छ । उहाँले भन्नुभयो “ हामी पनि पहिला बिद्यार्थी भिषाबाट जापान गयौं, हामी जापानमा बसेको करिब दुई दशक भन्दा बढी समय भएछ, अब आफ्नो गाउँ ठाउँबाट केही गर्नु पर्छ भनेर हामीले सिकेको आधारमा हामीसंग भएको अनुभव र जापानमा करिब २० वटा भन्दा बढी कलेजहरुसंग सहकार्य गरेकोले हामीले आवश्यक परेको खण्डमा रोजगारको अवसर दिने गरी तयारी गरेका छौं । ”

उक्त कन्सल्टेन्सीका प्रबन्ध निर्देशकको रुपमा रहनु भएको कोइरालाले जापानको जीवनशैलि आफुले राम्रोसंग बुझेकोले जापान जाने युवाहरुलाई राम्रोसंग व्यवहारिक ज्ञान र सिप सिकाउन सक्ने दाबी गर्नुभयो । जापानमा जनशक्ति अभाव भएकोले नेपालीहरुलाई अन्य देशका भन्दा फरक ढंगले हेर्ने हुँदा जापानको बारेमा राम्रोसंग सोध पुछ गरेर गएको खण्डमा विदेशमा नेपाली युवाहरुले दुःख नपाउने उहाँको भनाई छ ।

जापानमा प्रधान कार्यालय रहेको आमेया कम्पनी अफ जापान सँगको सहकार्यमा पोखरामा उक्त कन्सल्टेन्सी स्थापना गर्नुले अन्य कन्सल्टेन्सी भन्दा आफुहरुलाई विदेश पठाउन सहज हुने प्रबन्ध निर्देशक कोइरालाले जनाइन् । नेपाली संयोजक एवं संचालक राज पाण्डे नेतृत्व टोली जापान हुनुले नेपालबाट जापान जाने युवाहरुलाई उचित ढंगबाट सुरक्षित तवरबाट व्यबस्थापन गर्न सहज हुने उहाँले जनाउनु भयो ।

उक्त कम्पनीको करिब दुई बर्ष अघि वुटवलमा शाखा स्थापना भएको थियो । जापान र पोखरामा समेत होस्टलको सुविधा रहेकाले विद्यार्थीलाई सहज हुने विश्वास गरिएको छ । पोखरा र कास्की वरपरका युवाहरुलाई जापान जानु छ भने राम्रोसंग अनुभवी भएका कन्सल्टेन्सीमा परामर्श लियर उच्च शिक्षा हासिल गरेर मात्र जान कन्सल्टेन्सीका संचालक निरज कोइरालाले बताउनु भयो ।

जापानबाट समय समयमा अनुभवी शिक्षकहरु समेत पोखरामा ल्याउने तयारी गरेको उहाँले जनाउनु भयो । जापानका २०÷२५ बढी कलेजसँगको कन्सल्टेन्सीको सहकार्य रहेकाले विद्यार्थीहरुले आफ्नो छनोट अनुसारको उपयुक्त कलेज छान्न पाउने उहाँको भनाई छ । उक्त कन्सल्टेन्सिले न्यूनतम ३ महिने प्रशिक्षण देखि एक बर्षको इन्टन हुदै प्लस टु मात्र उत्र्रिण गरेकाहरुको लागि ४ बर्षीय कोर्ष अध्ययन गराउन पहल गर्ने भएको छ ।



This will close in 20 seconds