भ्याट र करबारे तालिम

-


     पोखरा क्लिक     
     वैशाख १७ गते २०८३ मा प्रकाशित


पोखरा,१७ वैशाख,

अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन अनुसार कुल राजश्व परिचालनमा भन्सार महसुलले २ खर्ब ३० अर्ब,मूल्य अभिवृद्धि कर९भ्याट०ले ३ खर्ब ४१ अर्ब ९३ करोड,अन्तःशुल्कले १ खर्ब ७५ अर्ब १७ करोड,आय करले २ अर्ब ९७ अर्ब ८१ करोड रुपैयाँ योगदान गरेको छ । सो आर्थिक वर्षमा जम्माजम्मी १० खर्ब ४९ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । यो तथ्याङ्कले भन्छ–मूल्य अभिवृद्धि कर ९भ्याट० नेपाली अर्थतन्त्रको मेरुदण्ड हो भने आयकरले त्यसलाई पच्छ्याएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले यही वैशाख १५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा कुल ग्राहस्थ उत्पादनमा प्रथम क्षेत्रको २४।५,दोस्रोको १३।७ र तेस्रोको ६१।८ प्रतिशतको योगदान रहने प्रक्षेपण गरेको छ । नेपालको अर्थतन्त्रमा कृषिलाई पहिलो,उद्योगलाई दोस्रो र सेवा क्षेत्रलाई तेस्रो क्षेत्र मानिन्छ । यी तीनवटै क्षेत्रभित्र समेटिएका उद्योगी÷व्यवसायीहरुले आफ्नो कारोबार अनुसार भ्याट संकलन गर्छन्, आयकर तिर्छन् । तर,राजश्वमा यति ठूलो योगदान गर्ने उद्योगी÷व्यवसायी स्वयं भने भ्याट र आयकर अनि अन्तःशुल्कका भुक्तानी प्रक्रिया र त्यसमा कमजोरी हुँदा तिर्नुपर्ने अतिरिक्त शुल्क÷जरिवानाबारे जानकार हुँदैनन् । यसले गर्दा एकातिर सरकारको राजश्वमा कमी आउँछ भने अर्कोतिर उद्योगी÷व्यवसायी स्वयं पनि दण्ड र जरिवानाको भागिदार बन्ने गर्छ । उद्योगी÷व्यवसायीलाई अतिरिक्त दण्ड र जरिवानाको भारबाट मुक्त गराउनैका निम्ति पोखरा उद्योग वाणिज्य संघले यो वर्ष मूल्य अभिवृद्धि कर ९भ्याट० र आयकरबारे तालिमको चाँजोपाँजो मिलाएको छ ।

जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना ९आरएसआरएसडी० को सहयोगमा उद्योगी÷व्यवसायीलक्षित भ्याट र करसम्बन्धी तालिमका श्रृंखलाअन्तर्गत बुधबार र बिहीबार फर्निचर तथा फर्निसिङ् र वन पैदावार व्यवसायी संघ कास्कीमा आवद्ध सदस्यहरुलाई यही तालिम दिइयो । संघकी महासचिव तथा तालिम संयोजक शोभा गौतमका अनुसार सिए विवेक श्रेष्ठ मुख्य प्रशिक्षक रहेका तालिममा करिब ७० जनाको सहभागिता रहेको थियो । तालिम उद्घाटन तथा समापन समारोहमा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायण कोइराला प्रमुख अतिथि थिए । पूर्वअध्यक्ष कोइरालाले कर र मृत्यु शाश्वत सत्य भएको स्मरण गर्दै आफ्नो लेखा प्रणालीलाई चुस्त र दुरुस्त राख्नुपर्नेमा जोडमात्र दिएनन्,राज्यले बेलाबेला परिवर्तन गर्ने करनीतिबारे जानकारी राख्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले संघले आयोजना गरेको तालिम व्यावसायिक वातावरण निर्माण तथा व्यवसायीको हितका निम्ति परिलक्षित रहेको बताए । पोखरा उद्योग वाणिज्य संघको सदस्य लक्षित गतिविधिबारे जानकारी दिँदै अध्यक्ष कार्कीले वित्त व्यवस्थापनलाई जीवन जिउने आधारको रुपमा विकास गर्दा व्यक्तिको आर्थिक अवस्था सुदृढ हुने धारणा राखे । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष थोमनाथ अर्यालले तालिममा प्राप्त ज्ञानले व्यवसायलाई अनावश्यक दण्ड–जरिवानाबाट जोगाउने विश्वास व्यक्त गरे । वन पैदावार संघ कास्कीका अध्यक्ष नरबहादुर गुरुङले व्यवसायीको हितको लागि पोखरा उद्योग वाणिज्य संघले गरेका कार्यहरुको प्रशंसा गर्दै वन पैदावारसँग सम्बन्धित व्यवसायीले भोग्नुपरेका समस्याहरु समाधानको लागि राज्यले ध्यान दिनुपर्ने बताए ।