साफ यू—१९ महिला च्याम्पियनसिप अन्र्तगत सोमबार दुई खेल हुने

-


     पोखरा क्लिक     
     माघ १८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १८, माघ,

पोखरामा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू—१९ महिला फुटबल च्याम्पियनसिप अन्र्तगत भोलि (सोमबार) लिग चरणका दुई खेल हुने भएका छन् । पोखरा रङ्गशालाको फुटवल मैदानमा सोमबार मध्यान्हः १२ः०० बजे पछि बंगलादेश र भारत बिचको खेल हुने भएको छ ।

यसपाली सहभागि ४ टिम मध्य भारत र बंगलादेशको टिमलाई बढी सशत्त मानिएको छ । त्यसै गरी सोमबार दिउसो ३ः०० बजे पछि भूटान र नेपाल बिचको खेल हुने भएको अखिल नेपाल फुटवल संघ (एन्फा) ले जनाएकोे छ ।शनिबार पोखरा रङ्गशालाको फुटवल मैदानमा भएको पहिलो खेलमा बङ्गालादेशले भुटानलाई एकतर्फी शुन्यका बिरुद्ध १२ गोल गरी आफ्नो अंक तालिकामा ३ अंक जोडेको छ भने अर्को खेलमा भारतले नेपाललाई १—० को गोल अन्तरले पराजित गरी ३ अंक बटुलेको छ ।

भूटान र नेपालले एक÷एक खेलबाट अंक जोड्न सकेका छैनन । यही माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी रहेको छ । आज आइतबार उक्त प्रतियोगिताको रेष्ट वा कुनै खेलहरु संचालन भएको छैन् । राउण्ड रोविनका आधारमा सबै भन्दा धेरै अंक ल्याउने पहिलो र दोश्रो बिच माघ २४ गते फाइनल खेल हुने भएको छ ।



This will close in 20 seconds