
दीननाथ बराल,
पोखरा १, वैशाख,
पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्ष २०८२ लाई भव्य स्वागत गरिएको छ । पोखरामा जारी २० औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८२ को अवसरमा गएराति आतिसबाजी सहित भव्य स्वागत गरिएको आयोजक होटल संघ पोखरा नेपालले पोखराक्लिकलाई जनाएको छ ।
पोखराको बसुन्धरा पार्क क्षेत्रमा मध्यान्हः १२ः०० बन्न १० मिनेट अघि देखि सुरु भएको आतिसबाजी करिब २० मिनेटसम्म गरिएको थियो । पोखराको पर्यटकीय स्थल लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आतिसबाजी सहित नयाँ वर्ष २०८२ लाई स्वागत संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनु भयो । अतिसबाजी गरेको भिडियो आ–आफ्नो मोवाइलमा कैद गर्दै दर्शक एवं पर्यटकहरुले हुटिङ गर्दा पोखरा गुन्जायमान भएको थियो ।

आजसम्म संचालन हुने महोत्सवको अवसरमा दुई दिन सार्वजनिक बिदा समेत भएकोले गर्दा महोत्सवले गर्दा पोखराको होटल अकुपेन्सि ८० प्रतिशत भन्दा माथि भएको अध्इक्ष सुवेदीले दाबी गर्नु भयो । पोखराको लेकसाइडका विभिन्न चोक तथा चौताराहरुमा पंचैवाजा, भजन र रत्यौली, सारङगीको धुन लगायतका नेपाली मौलिक बाजा र नाच प्रस्तुत गरिएको थियो । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षणको रुपमा रहेको छ ।
महोत्सवलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत भएको छ । फेवा महोत्सवको सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् ।

इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहेको संघका महासचिव राजेन्द्र ढकालले बताउनु भयो ।
