अन्तिम एक मिनेट सम्हालिन नसक्दा डिफेण्डिङ च्याम्पियन आर्मी चर्च ब्वाईज यूनाइटेडसंग पराजित

-


     पोखरा क्लिक     
     माघ २८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २८, माघ,

अन्तिम एक मिनेट सम्हालिन नसक्दा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लव चर्च ब्वाईज यूनाइटेडसंग पराजित भएको छ । खेलमा एक मिनेटको कति महत्व हुन्छ भन्ने कुरा पोखरामा जारी २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को तेश्रो क्वाटरफाइनल खेलमा चर्च ब्याइज र आर्मी बिचको खेलले प्रष्ट्याएको छ ।

चर्च ब्वाईज यूनाइटेड पोखरा रंगशालाको फुटवल मैदानमा आज (सोमबार) भएको तेश्रो क्वाटरफाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई खेलको अन्तिम एक मिनेट भित्र अर्थाक केही सेकेण्ड बाँकी छँदा एक गोल गरी १—० को गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितमा खेलको ९० मिनेटमा अतिरिक्त खेलाडी राज भुषालले हेड मार्फत गोल गर्नु भएको हो । विपक्षि गोलरक्षक बिकास कुथु र एक डिफेण्डर खेलाडीलाई छल्दै करिब ६ यार्ड नजिक पाएको वललाई भुषालले हेड मार्फत उत्कृष्ट गोल गर्नु भएको हो । जुन खेलकै निर्णायक गोल बन्न पुग्यो । खेलको २५ औं मिनेटमा रोहन कार्की घाइते भए पछि उहाँको स्थानमा भुषाल मैदानमा छिर्नु भएको थियो ।

अन्तिम एक मिनेटमा सम्हालिन नसक्दा गत बर्षको डिफेण्डिङ च्याम्पियन आर्मी यसपालीको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । आर्मीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै यस बर्ष यात्रा छोट्याउनु पर्यो । समुह एमा रहेको चर्च ब्वाईजले अब माघ ३० गते पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लवसंग भिड्ने भएको छ ।

आर्मीका प्रशिक्षक मेघराज केसीले ९० मिनेटसम्म नेपालको चर्चीत क्लवसंग आफ्नो टिमले उत्कृष्ट खेल प्रर्दशन गर्दा गर्दै आफ्नै खेलाडीहरुको राम्रो तालमेल नहुदा अन्तिम एक मिनेटमा गोल हुन पुग्दा हार व्यहोर्नु परेको बताउनु भयो । चर्च ब्वाईजका प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपालको बलियो बिभागि टोली आर्मी बिरुद्धको खेलमा जित निकाल्न अन्तिम एक मिनेट नै कुर्नुपरेको बताउनु भयो ।

यसैबिच, भोलि (मंगलबार) चौथो क्वाटरफाइनल खेलमा उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लव र भारतको पाहुना टोली थन्डर नर्थ यूनाइटेड बिच खेल हुने भएको छ । समुह बीमा रहेको भारत सिक्किमको थन्डर नर्थले संकटा क्लवलाई पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाउदा ब्ल्याक बुल्सले सिधै वाई पाएर क्वाटरफइनलमा प्रबेश गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । तष्विर शुर्दशन रञ्जित