कास्की

कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

पोखरा १३, पुष, कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटीजन्स एकेडेमीकी सापेक्षा सुवेदीले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा गोगन माविकी सुजाता पौडेलले द्धितीय स्थान हाँसिल गरिन् भने डायमण्ड माविकी योग्यता ढुङ्गानाले तृतीय स्थान हाँसिल गरिन् । यसै गरी त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौथो स्थान हाँसिल गरेका संयोजक सुन्दर ढकालले वताएका छन् । विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा पुरस्कारद्वारा… पुरा पढौ

सडक महोत्सवमा विनोद कायस्थ सम्मानित

पोखरा १३, पुष, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष एवं कास्की जिल्ला टेनिस संघका सस्थापक अध्यक्ष विनोद कायस्थ सम्मानित हुनु भएको छ । रेवान पोखराले टेनिस खेलको माध्यमबाट पोखराको खेल पर्यटन प्रवद्र्धनमा महत्पूर्ण योगदान दिएको भन्दै कायस्थालाई सम्मान गरिएको हो । २६ औं पोखरा सडक महोत्सवको उद्घाटन समारोहमा नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उहाँलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो । कायस्थकैै नेतृत्वमा अन्य खेलकुदकर्मी तथा व्यवसायीक प्रतिष्ठानले हातेमालो गरेपछि अहिले… पुरा पढौ

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रि. क्वाटरफाइनल सम्पन्न

पुष १३,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शनिबार विभिन्न उमेर समुह अन्तर्गत प्रि. क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । शनिबार मेन्स सिंगलतर्फ नेहाल जङ्गबहादुर थापाले ओजेन महर्जनलाई ६–०,६–० ले राजबिर प्रधानले शक्ति शर्मालाई ६–०,६–० ले सक्षम बिक्रम शाहले उगेन शेर्पालाई ६–३, ६–१ ले तथा आयुषमान हजुर घलेले शाश्वत बज्राचार्यलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाए । उमन्स सिंगलतर्फ स्वस्तिका बिष्टले जेनी खड्कालाई ६–१,६–३ ले, सुनिरा थापाले… पुरा पढौ

प्रथम पर्वतीय दौड प्रतियोगिताको आय व्यय सार्वजनिक

पोखरा १२, पुष, प्र्रथम पर्वतीय दौड प्रतियोगिता २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक प्रा.लि.को आयोजनामा गत असोज १२ गते पोखरामा आयोजना भएको उक्त प्रतियोगिताको प्रा.लि.ले आज(शुक्रबार) प्रेस विज्ञेप्ति मार्फत आय व्यय सार्वजनिक गरेको हो । विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवसको सन्र्दभमा खेल पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताबाट विभिन्न संघ संस्था तथा व्यक्तिबाट २ लाख ५८ हजार ७ सय ५२ रुपैया आम्दानी भएको भएको प्रा.लि.ले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न ४… पुरा पढौ

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

पुष १२,पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ । शुक्रबार ४५ वर्ष माथि भएको मेन्स सिंगलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे । सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन पुगे । त्यस्तै कोरियाका जुजुमान किमले प्रकास बस्नेतलाई ६–३, ३–६ र सुपर टाईमा १०–७ ले पराजित गरे । सोही उमेर समुहका अन्य… पुरा पढौ

वुमन्स च्यालेन्जर कपको उपाधि टिम अकलालाई

पोखरा १२, पुष, पोखरामा सम्पन्न दोस्रो वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिताको उपाधि टिम अकलाले जितेको छ । राउन्डरोविन लिगको आधारमा भएको प्रतियोगितामा रनरेटमा टिम विन्ध्यवासिनी र भद्रकालीलाई पछि पार्दै अकला च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रीकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । चार टिम सहभागि तीन दिनसम्म चलेको प्रतियोगितामा टिम भद्रकाली, अकला र विन्ध्यवासिनीले समान ३ खेल खेल्दा २ जित र १ हार व्यहोर्दै समान ४–४ अंक प्राप्त ग¥यो । टिम… पुरा पढौ

२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा,शनिबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गर्ने

१२ पुष पोखरा, रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहित ¥याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न… पुरा पढौ

पोखरा देखि काठमाण्डौं न्यारोवडि जहाजको सफल परिक्षण, चिनबाट आएको सिचुवान विमानले गर्यो पोखराको प्रवद्र्धनात्मक उडान

दीननाथ बराल,पोखरा ११, पुष, पोखरामा करिब २२ अर्बको ऋण लगानीमा विगत दुई बर्ष अघि निर्माण कार्य सम्पन्न भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित हवाई उडान हुन नसकेको अबस्थामा विहिबार भने पोखरा देखि काठमाण्डौं रुटमा न्यारो बडि जहाजले सफल परिक्षण गरेको छ । चीनको छेङ्दुबाट सिचुवान विमानले अन्तराष्ट्रिय ड्रागन वोर्ट रेसका लागि खेलाडी सहितका अपिसियलहरुलाई चिनबाट पोखरा ल्याएको केही मिनेटमै पोखरा देखि काठमाण्डौं उडान गरेको थियो । चिनबाट पोखरा आउदा १ सय २९ जना यात्रु ल्याएको उक्त विमानले पोखरा देखि काठमाण्डौं रुटमा… पुरा पढौ

पोखरा महोत्सवमा विभिन्न प्रायोजकहरु आउने क्रम जारी, महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट

पोखरा ११, पुष, आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा प्रायोजकहरु आउने क्रम जारी रहेको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखरा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालि बिच महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुटगरी महोत्सव आयोजक युनाईटेड क्लब र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका संचालक पूर्ण कुमार श्रेष्ठ बीच पोखरा… पुरा पढौ

जब शिक्षामन्त्री कक्षाकोठामा पसिन

काठमाडौं ११ पुस, हजुरलाई लाग्छ की हाम्रो अहिलेको शिक्षा प्रणाली राम्रो छ रु त्यो प्रयोगात्मक छ रु र हामीलाई भविष्यमा हाम्रो करिअर वा हाम्रो जीवनका सबै कुरामा सहयोग गर्छ रु शिक्षामन्त्री–तपाईलाई के लाग्छ रु इज इट प्राक्टिकल रु विद्यार्थी – कुनै कुनै विषय यास्, बेसिक चाहिहाल्यो, शिक्षामन्त्री–कुन चाही रु विद्यार्थी–अङ्ग्रेजी कम्युनिकेसन इन्टरनेशनल्ली भइहाल्यो, नेपाली पनि कक्षा १० सम्म ठिक छ, त्यसपछि एभ्रीथिङस् सो, अनि बेसिक म्याथ अहिले हामी पढिरहेका छौँ, मलाई लाग्छ यो प्रयोगात्मक छैन । शिक्षामन्त्री– अरू चाही रु… पुरा पढौ