कास्की

गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी मन्त्री थापा

पोखरा१५, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् । मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण गर्न यो कदम महत्वपूर्ण हुनेछ । उनले स्थानीय समुदायसँग परामर्श गरी चाँडै विधेयक प्रदेश सभामा प्रस्तुत गरिने बताएका छन् । उनले आउँदो अधिवेशनमै कानुन… पुरा पढौ

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ, १५ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई… पुरा पढौ

माछापुच्छ«े पोखरा ओपन टेनिस मेन्स सिंगल्स फाइनलमा आरव र प्रनव भिड्ने

पोखरा १५, पुष, पोखरामा जारी २१ औं माछापुच्छ«े« पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा आरव सम्राट हाडा र प्रनव मानन्धर भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गरी आरव सम्राट हाडाले प्रनव मानन्धर संग फाइनलमा भेट यात्रा बनाएका हुन् । सोमबार पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सम्पन्न सेमीफाइनलमा प्रदिप ६–०, ४–६ र ६–१ ले आरव संग पराजित हुँदै सेमीफाइनलबाट यात्रा टुंगाउनु… पुरा पढौ

पोखरामा बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव जारी, २ हजार शुल्क मै वेलुनमा उडान हुने

दीननाथ बराल,पोखरा १५, पुष, पर्यटनको राजधानि पोखरामा बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ जारी रहेको छ । पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा जारी उक्त महोत्सवमा २ हजार शुल्कमै वेलुन उड्न पाइने भएको हो । फेवाफाँटमा हुने वेलुन उडानको न्यूनतम ८ देखि १० मिनेट वेलुनमा उडान गरेको प्रति व्यक्ति २ हजार रुपैया शुल्क लिने गरेको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले पोखराक्लिकलाई बताउनु भयो । उक्त महोत्सवको वेलुन उडान मुख्य आकर्षणको रुपमा… पुरा पढौ

प्रदेशमा हुँदा संघियताको बिषयमा चर्को भाषण गर्नेहरु संघ सरकारमा पुगे पछि मौन बस्नुहुन्छः मुख्यमन्त्री पाण्डे (भिडियो सहित)

दीननाथ बराल, पोखरा १४, पुष, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा हँुदा संघियताको बिषयमा चर्को भाषण गर्नेहरु संघ सरकारमा पुगे पछि मौन बसेको आरोप लगाउनु भयो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन समारोहमा आइतबार पोखरामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पहिला माग्ने ठाँउमा हुनेहरु हाल दिने ठाँउमा हुदा पनि प्रदेशको बारेमा मौन बस्ने गरेको उहाँले बताउनु भयो । https://www.youtube.com/watch?v=Keb-8eYfLQA संघको देखासिकी गरी हुबहु स्थापना गरिएका संस्थाहरुको अब मुल्याङकन गर्नुपर्ने समय आएको मुख्यमन्त्री पाण्डेले… पुरा पढौ

नेपाल ओलम्पिक कमिटीलाई कार्वाही गछौं मन्त्री चौधरी

दीननाथ बराल, पोखरा १४, पुष, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीलाई कार्वाही गर्नेे बताए । आइतबार पोखराका केही पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले राज्यको नियम र कानून पालना नगर्ने कमिटि तथा व्यक्तिहरुलाई कार्वाही गर्ने बताए । तीन दिनको स्पष्टीकरण माग गरेको बताउदै मन्त्री चौधरीले कस्तो जफाव आउछ त्यसको आधारमा कार्वाही प्रकृया अघि बढाउने जनाए । २७ वटा संघहरु मध्यबाट २० वटाले अनलाइन मार्फत भोटिङ गरेको बताउदै मन्त्री चौधरीले प्रधानमन्त्री सहित विज्ञसंगको सल्लाहमा कार्वाही प्रकृया… पुरा पढौ

पोखरा १३ मा शनिबार साहित्य पर्व हुने

पोखरा १४, पुष, पोखरामा विभिन्न स्थानमा मेला र महोत्सव भएको सन्र्दभमा पोखरा १३ मा भने साहित्य पर्व हुने भएको छ । पोखरा १३ को वडालाई कला, संस्कृति, सहित्य तर्फ आकर्षित गराउँदै समाज परिवर्तनमा टेवा पुराउने र सिर्जनात्मक प्रतिभा खोजेर प्रकट गराउने उद्देश्य सहित पोखरा महानगरपालिका–१३ वडा कार्यालयले एकदिने साहित्य पर्व गर्ने भएको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताए । समाजसेवी, टोल बिकास समितिका पदाधिकारी, शैक्षिक व्यक्तित्व, विद्यार्थी, साहित्य अनुरागी सहित सम्पूर्ण वडाबासीलाई लक्षित गर्दै यही पुस २० गते… पुरा पढौ

पोखरामा ड्रागन वोर्ट फेष्टिभलको रौनक सुरु (भिडियो सहित)

दीननाथ बराल,पोखरा १४, पुष, पर्यटनको राजधानि पोखरामा आइतबार देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ को रौनक सुरु भएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको ड्रागन बोट रेसमा नेपाल सहित ३ देशका २० टिमको सहभागिता रहेको पोखराका मेयर धनराज आचार्यले बताए । https://www.youtube.com/watch?v=e1qCGigIrpA पोखराको फेवातालमा हाल २ सय र ५ सय मिटर तर्फको प्रतिष्प्रर्धा सुरु भएको छ । उक्त रेस प्रतियोगितामा नेपालबाट ११ सहित सिंगापुरको एक र चिनका ८ टिमको सहभागिता हुने रहेको छ । नेपाल र चीन बीचको… पुरा पढौ

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस सलोनी र सुनिरा उपाधि नजिक

पोखरा १४, पुष, पोखरामा जारी २१औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगिताको महिलातर्फको सिंगल्समा उपाधिका लागि सलोनी तामाङ र सुनिरा थापा भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको चौथो दिन महिला सिंगल्स ओपनतर्फको सेमीफाइनलमा उनीहरु आफ्नो खेल जित्दै उपाधि नजिक पुगेका हुन् । सलोनीले प्रकृती श्रेष्ठलाई ६–२, ६–२ र सुनिराले स्वस्तिाका विष्टलाई ६–३, ६–३ ले सेमीफाइनलमा पराजित गर्दै उपाधि यात्रा नजिक पुगे । यस्तै मेन्स सिंगल्स ओपनतर्फ नेपाल नं १ प्रदिप खड्काले आयूष्मान हजुर घलेलाई ६–४,… पुरा पढौ

होटल पौवामा नयाँ वर्ष साँझ हुँदै

पोखरा, १४ पुस , पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताए । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता… पुरा पढौ