नेकपा माओबादी केन्द्र कास्कीको अधिकारी पुनः इन्चार्ज

-


     पोखरा क्लिक     
     माघ २९ गते २०८१ मा प्रकाशित


पोखरा,

नेकपा(माओवादी केन्द्र) कास्कीको इन्चार्जको जिम्मेवारी पाउनु भएको नेत्रनाथ अधिकारी(हिमाल)ले कार्यभार सम्हाल्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र महासचिव देव गुरुङले हालै जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा अधिकारीलाई कास्की इन्चार्जको जिम्मेवारी दिएसंगै उहाँले कार्यभार सम्हाल्नु भएको हो ।

गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले उक्त निर्णय गरेको थियो तर केही दिन ढिलो परिपत्र मार्फत नेता कार्यकर्तालाई पठाइएको हो । गण्डकी प्रदेशका पूर्वसभामुख समेत रहनुभएका अधिकारीले गत वर्ष केही समेत केही समय कास्की पार्टीको इन्चार्जको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ पार्टी केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

साथै उहाँलाई पार्टी कार्यालयमा निवर्तमान कास्की इन्जार्च रामजी प्रसाद बराल –जीवन) सहितका नेताहरुले उहाँलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।