
पोखरा २५, माघ,
पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत भोलि (शनिबार) उपाधिको लागि फाइनल खेलमा हिमालयन बोर्डिङ स्कुल र एल.पी. देवकोटा स्कुल बिच प्रतिष्प्रर्धा हुने भएको छ । आज(शुक्रबार) को सेमिफाइनलमा जित हासिल गर्दै दुबै बिद्यालयले उपाधिको लागि फाइनलमा यात्रा तय गरेका हुन् ।

पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा शनिबार फाइनल खेल मध्यान्हः १२ः०० बजे पछि हुने तयारी गरिएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो ।
त्यसै गरी आज (शुक्रबार) भएको सेमिफाइनल खेलमा एल.पी.देवकोटा मेमोरियल स्कलले जानकी माविलाई १—० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा पक्का गरेको हो । एल.पी.देवकोटाको जितमा साजिन क्षेत्रीले एक निर्णायक गोल गर्नु भयो भने खेलमा एल.पी. देवकोटाकै प्रिन्स गुरुङ म्यान अफ दी म्याच घोषित हुनुभयो ।

अर्को खेलमा हिमालयन बोर्डिङ स्कुलले ढुंगेसाँघु बोर्डिङ स्कुललाई एकतर्फी ५—० को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । हिमालयनको जितमा म्यान अफ दी म्याच घोषित संगम गुरुङले ह्याट्रिक गर्न सफल हुनु भयो भने रितेस आले र रिजन गुरुङले एक,एक गोलको योगदान दिनुभयो । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा १७ का वडा सदस्य एवं खेल संयोजक बिक्रम गुरुङले खेलाडीलाई म्यान अफ दी म्याचको ट्रफी हस्तान्तरण गर्नु भएको थियो ।
तेश्रो स्थानको लागि शनिबार ८ः३० बजे जानकी मावि र ढुंगेसाँघु बोर्डिङ स्कुल बिच खेल हुने भएको छ । त्यस पछि लगत्तै पोखरा १७ का जनप्रतिनिधिहरु सहितको टोलीसंग क्लवका सदस्यहरु बिच मैत्रिपूर्ण फुटवल खेल हुने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताउनु भयो । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा संचालन भएकोे प्रतियोगिता शनिबार समापन हुने भएको छ । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएका छन् ।