
भारतको मेघालयमा जन्म भई लमजुङको मध्यनेपाल पुर्ख्यौली थलो रहेका गायक तथा संगीतकार सागर घरदेश फर्केसँगै नयाँ गीत संगीतको यात्रामा लागेका छन् ।
२०५२ सालमा सिञ्जा व्यान्डको पहिलो गीतका रूपमा ‘धौलागिरी फेदमा हिऊँ प¥यो’ गीत सिम्फोनिक डिजिटल रेर्कडिङ स्टुडियो काठमाडौँमा रेकर्ड गराएर सांगीतिक यात्रामा लागेका थिए । यसपटकको नयाँ गीत भने शाहले पोखरामै रेकर्ड गराएर सांगीतिक यात्रालाई अगाडि बढाएका छन् ।
कुनै संयोग अर्थपूर्ण हुने सन्दर्भ सागरको गायन यात्राले देखाएको छ । रोजीरोटीका लागि परदेश रहेका उनी घरदेश आउँदै गर्दा पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालले गण्डकी प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना गर्दैछ । विभिन्न व्याण्डको प्रस्तुति रहने उक्त कार्यक्रमको गौरव र गरिमा आफ्नै छ ।
पछिल्लो समय सिङ्गो नेपाली वाङ्मय, कला, गीत र संगीतको श्रीवृद्धिका लागि राज्यको लगानीमा स्वार्थको डम्फु बजाउने र चुकानीमा रमाउनेहरूले राजेन्द्र अधिकारीको शब्द र सागर शाहको संगीतमा सिञ्जा ब्याण्डमार्फत् ‘जाऊ है कान्छी पोखरा’ भनेर पोखराको गरिमालाई बढाउन आह्वान गर्ने कलाकारको योगदानलाई भुल्न भने हुँदैन ।
गीतकार गीता पोख्रेल लम्सालको वियोग प्रेमले भरिएको ‘मेरी हुन नसकेनी मनमा माया राख सानु, मेरै सम्झी निदाउनु पराइको काख सानु‘ गीत उनै सागरको स्वर तथा संगीतमा बजारमा आउन लागेको छ ।
राजेश विष्ट क्षत्रीको म्यूजिक एरेन्ज रहेको गीतमा वरिष्ठ गीतार वादक साउण्ड ईन्जीनियरका रुपमा सुपरिचित अशिम शेरचनको रहेको छ । सिजन बज्राचार्य रेकर्डिष्ट रहेको गीत तयारीमा सिटी एफ.एम. पोखराको स्टुडियोको समेत भूमिका रहेको छ ।

२०७० सालमा ऋषिराम रानाभाट स्मृति सम्मान ग्रहणपछि शाह
झण्डै सात दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका सागरका जाऊँ है कान्छी पोखरा, अचानक, तिमीलाई कहाँ राखु, पोखराको चिसो हावाले, पोखरेली कान्छी, नजरैको गोलीले, दिन ढल्छ, ‘नजरैले हान्यो’ लगायतका गीत लोकप्रिय छन् ।
नेपालका विभिन्न सांगीतिक कार्यक्रममार्फत् आफ्नो प्रस्तुति राखेका शाहले त्यसका अलावा भारत, जापान, मलेसियासहित युरोपका विभिन्न देशमासमेत आफ्नो प्रस्तुति राखिसकेका छन् । शाह ऋषिराम रानाभाट स्मृति सम्मानसहित दर्जनौं सम्मान पुरस्कारबाट विभूषित भइसकेका छन् ।
लोकआधुनिक गीत गाउन मन पराउने शाहको यो गीत पनि उनको विरासतलाई थप माथि पु¥याउने देखिन्छ ।