
पोखरा २४, माघ,
पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत भोलि (शुक्रबार) सेमिफाइनलका खेलहरु हुने भएका छन् । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा शुक्रबार बिहान ८ः३० बजे पहिलो खेल जानकी मावि र एल.पी. देवकोटा स्कुल बिच हुने भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो ।

त्यसै गरी शुक्रबार ढुंगेसाँघु बोर्डिङ स्कुल र हिमालयन बोर्डिङ स्कुल बिच बिहान९ः३० बजे दोश्रो सेमिफाइनलको खेल हुने भएको छ । विहिबारको खेलमा गत बर्षको बिजेता शान्ति निकुन्ज बोर्डिङ स्कुललाई १—० को गोल अन्तरले पराजित गर्दै हिमालयन बोर्डिङ स्कुलले सेमिफाइनलमा यात्रा बनाएको हो । हिमालयको जितमा म्यान अफ दी म्याच घोषित रितेस आलेले निर्णायक एक गोल गर्नुभयो ।

विहिबार भएको दोश्रो खेलमा ढुंगेसाँघु बोर्डिङ स्कुलले फिस्टेल एकेडेमीलाई ३—१ को गोल अन्तरले पराजित गर्यो । ढुंगेसाँघुको जितमा अंकित गुरुङ, रोहन राना र म्यान अफ दी म्याच घोषित सुवास वि.के.ले समान एक÷एक गोलको योगदान दिदा फिस्टेलका विश्वास रानाभाटले भने शान्त्वना एक गोल गर्नुभयो ।
अन्तिम क्वाटरफाइनल खेलमा एल.पी. देवकोटाले पोखरा स्पाईरल ग्यालेक्सी एकेडेमीलाई टाईब्रेकरमा ४—३ को गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमैमा दुबै तर्फ २÷२ गोल भएको थियो । टाईबे्रकरमा पोखरा स्पाईरल ग्यालेक्सीका पूर्ण बहादुर थापा र लक्ष्य शाहको गोल गर्न चुक्नु भयो । पोखरा स्पाईरलका प्रिजन थापा क्षेत्री, गेजराज कार्की, सुगम क्षेत्रीले टाईब्रेरमा गोल गर्नुभयो । एल.पी. देवकोटाका सौरभ मगरले टाईब्रेरमा पेनाल्टी सुट मार्फत गोल गर्न चुक्दा अनुप अधिकारी, सोनिल रानामगर, मिलन थारु र सागर मगरले गोल गर्नुभयो । निर्धारित समयमा एल.पी.देवकोटका सौरव मगरले २ गोल गर्नु भयो भने खेलमा म्यान अफ दी म्याचको ट्रफी समेत हात पार्नुभयो । पोखरा स्पाइरलका प्रिजन थापा क्षेत्री र अपिल खाँडले एक÷एक गोल गर्नु भएको थियो ।
कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाही, एन्फा कास्कीका अध्यक्ष उज्वल रञ्जित, उपाध्यक्ष नरजंग गुरुङ, पोखरा १७ का वडा सदस्य एवं खेल संयोजक विक्रम गुरुङ, वडा सदस्य तारा सेवा परियार, क्लवका निवर्तमान अध्यक्ष प्रताव गुरुङ लगायतको सहभागिता रहेको प्रतियोगिताका संयोजक विनोद परियारले बताउनु भयो । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा संचालन भएकोे प्रतियोगितामा यही माघ २६ गतेसम्म संचालन हुने भएको छ । यसैबिच एन्फा कास्कीले क्लवलाई ३ थान फुटवल सहयोग हस्तान्तरण गरेको छ ।