मनोरन्जन

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

पोखरा, १७ चैत, नेपाल फोटो पत्रकार संघ कास्कीको साधारण सभा मंगलबार भएको छ । कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा साधारण सभा भएको हो । साधारण सभाको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले दिगो र व्यावसायिक फोटो पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए । सूचना प्रविधिको युगमा स्तरीय फोटो खिच्न चूनौति रहेको उनको भनाइ थियो । सोही कारण समाचारको अभिन्न अंग फोटो व्यावसायिक बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । साधारण सभाबाट संघले गरेको प्रमुख उपलब्धि… पुरा पढौ

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

पोखरा, १७, चैत, पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही चैत २८ गते हुने पोखरामा हुने “नाइट रन” प्रतियोगिताको तयारी तीव्र पारिएको छ । मंगलबार पोखरास्थित चाइनिज गार्डेन रेस्टुरेन्टमा आयोजित छलफलमा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरामा पहिलोपटक हुन लागेको रात्रिकालीन दौडप्रति उत्साहसँगै सुरक्षा चुनौती पनि उत्तिकै रहेकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह… पुरा पढौ

पोखरामा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’मा एक सय गाडी बुकिङ, ८५ करोडको कारोवार

दीननाथ बराल,पोखरा, १६ चैत, पर्यटकीय नगरी पोखरामा सम्पन्न दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’मा करिब एक सय सवारी साधन बुकिङ भएको छ । पाँच दिनसम्म सञ्चालन भएको उक्त अटो शोले ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै अटो शो सम्पन्न भएको आयोजक पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=nUCoA-7Dnq4 नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतीमा लेकसाइडस्थित तालबाराही चोक नजिक बाराही खेल मैदानमा आयोजित प्रदर्शनीमा ३५ हजार दर्शकले अवलोकन गरेको वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले बताउनु भयो… पुरा पढौ

कसैले पनि कानून हातमा लिनु हुँदैनः मुख्यमन्त्री पाण्डे, सहारा क्लव सहित ३ पत्रकार सम्मानित (भिडियो सहित)

पोखरा, १६ चैत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कानून बाधक बनेको अवस्थामा त्यसलाई संशोधन गर्न सकिने स्पष्ट पार्दै कसैले पनि कानून हातमा लिन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा ७१औँ स्थापना दिवसको अवसरमा पोखरामा सोमबार आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन्। https://www.youtube.com/watch?v=1n4JBBR9hhI उनले वर्तमान राजनीतिक परिस्थितिमा सत्ता पक्ष बलियो र प्रतिपक्ष कमजोर रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पत्रकारिता क्षेत्रको जिम्मेवारी अझ बढेको तर्क गरे । “अहिलेको अवस्थामा पत्रकारिता कमजोर… पुरा पढौ

पोखरा नाइट रन र फेवा नववर्ष महोत्सव बीच सहकार्य

पोखरा १६, चैत, नव वर्ष–२०८३ अवसरमा पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवद्र्धन सम्बन्धी हुन लागेका दुई इभेन्टबीच आपसी सहकार्य हुने भएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते पहिलो संस्करणको नाइट रन (रात्रिकालीन दौड) हुँदैछ भने होटल संघ पोखरा नेपालले चैत २९ देखि वैशाख १ सम्म २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव गर्दैछ । सो सम्बन्धमा दुवै आयोजक बीच आपसी सहकार्य र आवश्यक प्रचारप्रचार सँगसँगै गर्नेबारे महोत्सव आयोजक होटल संघ पोखरा नेपाल र दौड प्रतियोगिता… पुरा पढौ

पर्यटन प्रबद्र्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

पोखरा, १५ चैत, पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग गरेको अन्तरसम्बाद कार्यक्रमा उक्त विषय उठान गरिएको हो । उल्लेखित तीन क्षेत्रलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा अन्तर्गत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय सो अवसरमा उठान गरिएको थियो । विगतमा काठमाडौं, चितवन र पोखरालाई समेटेर गोल्डेन ट्रयाङ्गलको चर्चा हुने गरेको स्मरण गराउँदै नेपाल पर्यटन… पुरा पढौ

पोखरामा हुने रात्रिकालिन दौडको तयारी तिव्र रुटको भिडियो सहित

पोखरा पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा यही चैत २८ गते पोखरामा पहिलो पटक रात्रिकालिन ५ किलोमिटर खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजकले जनाएका छन् । पोखराको बाराहीघाट देखि उक्त दौड सुरु भई लेकसाइड, सृजनाचोक, सभागृहचोक, न्युरोड, महेन्द्रपुल हुदै झण्डापार्क(फल्चा)मा समापन हुने भएको छ । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=-cXnHpxlwWY पुरा पढौ

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको भित्तपात्रो सार्वजनिक

पोखरा, चैत १४, चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले नया वर्ष २०८३ को भित्तपात्रो सार्वजनिक गरेको छ । समितिले तयार गरेको नया वर्ष २०८३ को वार्षिक भित्तेपात्रो शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतम, संस्थाका सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापती, समितिका अध्यक्ष दुर्गा सुनारलगायतले सार्वजनिक गरेका हुन् । कार्यक्रममा नया वर्ष २०८३ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका सभापती चन्द्रकिशोर गौतमले व्यवसायीहरु मिलेर अघि… पुरा पढौ

प्रतिभा माविमा बिदाई, भविश्य उज्जवल बनाउन लगनशीलता र अटुट निरन्तरता चाहिन्छः अध्यक्ष पौडेल

पोखरा, चैत १४, पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । कक्षा १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई विद्यालयले शनिबार बिदाई गरेको हो । बिदाई कार्यक्रमका लागि कक्षा ११ का विद्यार्थीले संयोजन गरेका थिए । शनिबार आयोजित बिदाई कार्यक्रमको प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो… पुरा पढौ

चैत अन्तिम साता लेखनाथमा तेस्रो ‘सूर्य तारा खेल तथा सांस्कृतिक महोत्सव’ हुने, फुटवलबाट सेभेन ए साइड फुटवल तर्फ

दीननाथ बराल, पोखरा १३, चैत, पोखरा महानगरपालिका २७ (लेखनाथ) मा यही चैत महिनाको अन्तिम साता तेस्रो संस्करणको ‘सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ । पोखरा २७ को सूर्य तारा क्लबको आयोजनामा यही चैत्र २७ गतेदेखि ३० गतेसम्म उक्त महोत्सव हुने भएको आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सवलाई आकर्षक र सहभागितामूलक बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको प्रतियोगिता मुल समारोह समितिका संयोजक विष्णु पुनले बताउनु भयो । महोत्सवका मुख्य आकर्षणहरूमा सेभेन… पुरा पढौ