मनोरन्जन

पोखरा स्पोर्टस अवार्डमा आईएमई खल्तीको साथ, पिपुल्स च्वाइस अवार्डका लागि अनलाइन भोटिङ सहकार्य

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं पोखरा स्पोर्टस अवार्डका लागि आईएमई खल्तीले सहकार्य गर्ने भएको छ । विशेषगरी अवार्डअन्तर्गत पर्ने ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्नेछ । शुक्रबार आयोजित कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेल र आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेश इन्चार्ज एण्डिज बस्नेतबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता कार्यक्रममा बोल्दै आईएमई खल्तीका गण्डकी प्रदेश इन्चार्ज बस्नेतले पोखरामा विगत पाँच वर्षदेखि सेवा विस्तार गर्दै आएको खल्तीले गण्डकीकै प्रतिष्ठित कार्यक्रम… पुरा पढौ

चैत २९ देखि पोखरा सुरु हुने फेवा महोत्सवको तयारी तिव्र (भिडियो सहित) पन्चेबाजा, पर्यटक दौड, रात्रिकालिन दौड मुख्य आकर्षण

पोखरा, १९ चैत, नेपाली नयाँ बर्ष २०८३ को अवसरमा यस बर्ष पनि यही चैत २९ गतेदेखि संचालन हुने २१ औं फेवा नव बर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ३ दिने उत्तः महोत्सवमा तीन लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य सहित तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखरा नेपालले आज(विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=ls52Mdb0RDY वैशाख १ गतेसम्म संघले लेकसाइडको सडकमा यो महोत्सव आयोजना गर्दै छ । महोत्सवका अवसरमा होटलको अकुपेन्सी दर ९० प्रतिशतसम्म… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन

पोखरा, १९ चैत, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ । उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका तर्फबाट अध्यक्ष एमबि आस्था र गुरुङ गहना घर प्रालिका तर्फबाट संचालक सीमा गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भयो । सो अवसरमा संचालक गुरुङले खेलाडी भनेका देशकै गहना भएकाले… पुरा पढौ

एगा पोखराको अभिमुखीकरण तालिम

पोखरा, १८ चैत, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटकहरूले हस्तनिर्मित सामाग्रीहरू उपहारका रुपमा लैजाने बताउँदै त्यस्ता समाग्री तयार गर्नेतर्फ जोड दिन आग्रह गर्नुुभयो । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उहाँले यहाँ आउने पर्यटकलाई… पुरा पढौ

मादी गाउँपालिकाको पर्यटन प्रवर्द्धनबारे फोटो पत्रकारको अन्तरक्रिया

पोखरा, १८ चैत, नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको माध्यमबाट कसरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मादी गाउँपालिकाको प्रकृति र संस्कृति फोटो माध्यमबाट विश्वमाझ चिनिएको बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटोमा महत्वपूर्ण भूमिका रहेको उनले सुनाए । मादीको… पुरा पढौ

पोखरा रात्रि दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कको साथ

पोखरा १८, चैत, पोखरामा पहिलोपटक यही चैत २८ गते शनिबार पोखरामा आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई भव्य र प्रभावकारी बनाउन फिस्टेल ड्रिम पार्कले साथ दिने भएको छ । पोखरा–१७ सीतापाइला महतगौडामा रहेको उक्त पार्क र प्रतियोगिता आयोजकबीच आज (बुधबार) सहकार्यबारे सम्झौता भएको हो । प्रतियोगिता संयोजक दीननाथ बराल र पार्कका जनरल म्यानेजर अंकित कुमार सिंहबीच भएको सम्झौताअनुसार प्रतियोगितामा सहभागी उत्कृष्ट २० जना धावकलाई जनही १ हजार रुपैयाँ मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइनेछ । साथै अन्य सहभागी धावकहरूलाई पार्क… पुरा पढौ

पर्वतारोहण सञ्चालक संघ नेपालद्धारा पर्यटन मन्त्री पौडेल समक्ष भेट

पोखरा, पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष अध्यक्ष डम्बर पराजुलीको नेतृत्वले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन नवनियुक्त मन्त्री खड्कराज पौडेल (गनेस) समक्ष भेटघाट तथा बधाई ज्ञापन गर्नु भएको छ । भेटका क्रममा नेपालको पर्यटन क्षेत्र, विशेषगरी पर्वतीय पर्यटनको विकास, प्रवर्द्धन र व्यवस्थापनमा मन्त्री पौडेलको नेतृत्व प्रभावकारी र राष्ट्रहितमा केन्द्रित रहने विश्वास व्यक्त गरिएको थियो। साथै, आवश्यक नीति निर्माण, सुधार र कार्यान्वयनमा संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाइएको महासचिव ऋषिराम भण्डारी ले जानकारी दिनुभयो। राज्यका निकायहरू सबल र… पुरा पढौ

गण्डकीमा एसईई २०८२ मा ४३ हजार बढी विद्यार्थी सहभागी, सबै भन्दा धेरै कास्कीमा

पोखरा, यही चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा… पुरा पढौ

हिल प्वाईटमा परिवार नियोजनको सचेतना

पोखरा, १७ चैत, नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १२ माटेपानी स्थित हिल प्वाईट माविमा अभियान संचालन गरिएको छ । त्यस अवसरमा विद्यायका भाईस प्रिन्सिपल गंगाराम पौडेलले बोल्नुभएको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद… पुरा पढौ

याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम सुरु

पोखरा, १७ चैत, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा कास्कीको याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा कास्कीको मादी गाउँपालिका –३ याङ्जाकोटमा मंगलबार देखि सुरु भएको तालिम बुधबार सकिनेछ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको बताइन् । ‘फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय… पुरा पढौ