मनोरन्जन

होटल पौवाको १०औँ वार्षिकोत्सवमा ‘पौवा उत्सव’ आयोजना गरिने

पोखरा, नेपाली हस्पिटालिटीलाई ब्रान्डका रूपमा स्थापित गर्दै आएको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित ‘पौवा उत्सव’ मनाउने भएको छ। कम्पनीले चैत्र २५ गते ‘पौवा दिवस’ मनाउने औपचारिक कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ। वार्षिकोत्सवको पूर्वसन्ध्यामा, चैत्र २४ गते बिहान ९ः०० बजे पोखरास्थित पौवा पोखरा प्रा.लि.को रूपा हलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा होटलको आगामी योजना, उपलब्धि तथा नेपाली आतिथ्य क्षेत्रको विकासबारे छलफल गरिने जनाइएको छ। त्यसैगरी, वार्षिकोत्सवको अवसर पारेर चैत्र २६, २७ र २८ गते ‘पौवा… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड २०८२ः पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पोखरा, दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । यसरी मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेका छन् । वर्षभरीको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल… पुरा पढौ

आलु महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २३ चैत, राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुनेछ । मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका… पुरा पढौ

फेवा महोत्सवलाई संघसंस्थाको साथ

पोखरा, २२ चैत, यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र पदाधिकारीसँग हालै गरेको छलफलमा उनीहरुले फेवा महोत्सव समग्र पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको बताएका थिए । महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने… पुरा पढौ

१४ औं पोखरा महोत्सवको समिक्षा

पोखरा, १४औँ संस्करणको पोखरा महोत्सवको समीक्षा बैठक सम्पन्न भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा गत पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखरास्थित अमरसिंह खेल मैदानमा आयोजना गरिएको महोत्सव भव्य तथा सभ्य रूपमा सम्पन्न भएको निष्कर्ष बैठकले निकालेको हो । सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले १४औँ पोखरा महोत्सव सम्पूर्णको साथ र सहयोगकै कारण भव्य र सभ्य ढंगले सम्पन्न भएको बताए। युनाइटेड क्लबको सामाजिक कार्यलाई सबैले नजिकबाट नियालेका कारण महोत्सवले १४औँ संस्करण पार गर्दै १५औँ संस्करणतर्फ अग्रसर… पुरा पढौ

छोरेपाटन मा।वि।का विद्यार्थीको बिदाइ

पोखरा, २१ चैत, पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीलाई शुभकामना सहित विदाइ गरिएको छ ।विद्यालयको संयोजन तथा कक्षा ११ व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीको आयोजनामा शनिबार एक कार्यक्रमका बीच कक्षा १२ अन्तर्गत सोही समूहका विद्यार्थीको विदाइ गरिएको हो। कार्यक्रममा भनाई राख्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्नुहुँदै जीवनमा शिक्षा नै महत्वपूर्ण पूँजी भएको उल्लेख गर्नुभयोे। उहाँले विद्यार्थीलाई आत्मविश्वास, परिश्रम एवम् नैतिक मूल्य–मान्यताका आधारमा भविष्य निर्माण गर्न प्रेरित गर्नुहुँदै छोरेपाटन नमूना शैक्षिक संस्था… पुरा पढौ

फेवाताल संरक्षण अभियान सुरुः ६५ मिटरभित्रका अवैध संरचना हटाउँदै पोखरा महानगर, स्थानीयको विरोध

दीननाथ बराल,पोखरा २१, चैत, पोखराको फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्दै पोखरा महानगरपालिकाले ताल किनारका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । शनिबार बिहानैदेखि सुरक्षा निकायको बाक्लो उपस्थितिमा डोजर प्रयोग गरी पहिलो चरणमा ३२ वटा टहरा तथा अस्थायी संरचना भत्काइएको महानगरले जनाएको छ । फेवातालको सिमाङ्कन कार्य सम्पन्न भइसकेको अवस्थामा अदालतको आदेशअनुसार ६५ मिटर क्षेत्रभित्रका सबै संरचना हटाउनु बाध्यात्मक भएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, “हामी अदालतको निर्देशन कार्यान्वयन गरिरहेका छौं ।… पुरा पढौ

शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित, नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत

पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ५४ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक पुरस्कार पनि वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । भण्डारीले पोखरा महानगरका सयौं विद्यालयमध्ये शान्ति निकेतन स्कूल नतिजाका आधारमा टप टेन… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा, फारम भर्दै धावकहरु

पोखरा, चैत्र २१, नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो । पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै… पुरा पढौ

रेडियो अन्नपूर्णको रक्तदानमा १ सय ५० युनिट रगत संकलन

पोखरा, चैत २१, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा शनिवार भएको २४ औँ बृहत रक्तदान कार्यक्रममा १ सय ५० युनिट रगत संकलन भएको छ । रेडियो र इन्टरनेटको संयुक्त आयोजनामा “रक्तदान म पनि गर्छु” भन्ने नारासहित रेडियो प्राङ्गण पोखरा–४ गैह्रापाटनमा भएको रक्तदान कार्यक्रममा १२० जना पुरुष र ३० जना महिला गरि १ सय ५० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन्। तीमध्ये ३५ जना नयाँ रक्तदाता रहेका छन् । रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यलय कास्कीका… पुरा पढौ