पोखरा, १० चैत, स्वर्गीय आरुष सुवेदीको ४५औं दिनको पुण्य तिथिको स्मृतिमा पोखरामा रहेका विपन्न तथा असहाय बालबालिकाहरूलाई खेलकुद सामग्री, शैक्षिक सामग्री (स्टेशनरी) र खाद्य सामग्री वितरण गरिएको छ। १० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत माघ २५ गते निधन भएका सुवेदीको स्मृतिमा उनको परिवारद्वारा स्थापित आरुष स्मृति सहयोग फाउण्डेसन मार्फत सो सहयोग हस्तान्तरण गरिएको हो। आरुषकी आमा सपना रेग्मी सुवेदीका अनुसार छोराको सम्झनामा समाजमा रहेका विपन्न, असहाय र बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रमको आयोजना…
पुरा पढौ