अर्थतन्त्र

गण्डकीमा ई–स्पोर्टस संघ गठन

पोखरा १६, माघ विश्वमानै आकषर्णको रुपमा ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् । यसै गरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल… पुरा पढौ

पूर्व राष्ट्रिय फुटवल खेलाडी रुपक र नन्दा गुरुङबाट सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ११ हजार सहयोग

दीननाथ बरालपोखरा १७, माघ पोखराको सहारा क्लवले स्थापना गरेको फुटवल एकेडेमीको सहयोगार्थ सहारा अक्षयकोषमा रकम संकलन हुने क्रम जारी रहेको छ । पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको अवसरमा नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी, भारतीय एक्स आर्मी इन्टर सर्भिसमा समेत आबद्ध हुनु भएको पोखरा १५ लक्ष्मीटोल निवासी हाल वेलायत रहनु भएको रुपक गुरुङ र समाजसेवी नन्दा गुरुङले अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्नु भएको हो । बुधबार भएको २३ औं आहा रारा… पुरा पढौ

जाउलाखेललाई पन्छाउदै थ्रि स्टार क्लव आहा रारा पोखरा गोल्ड कपको फाईनलमा

दीननाथ बरालपोखरा १७, माघ, आहा रारा पोखरा गोल्ड कपको ५ पटकको विजेता थ्रि स्टार क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८० को उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा आज –बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लव माथी १–० कठिन जित निकाल्र्दै थ्रिस्टार क्लब फाईनलमा प्रबेश गरेको हो । थ्रि स्टारको जितमा दोश्रो रोजाईका खेलाडी (अतिरिक्त खेलाडी) दिपेश घलेले मैदान छिरेको ११ औं मिनेटमा उत्कृष्ट गोल गरी आफ्नो टिमलाई उपाधि नजिक पुर्याएका… पुरा पढौ

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पराजुली र जिसी काठमाण्डौंमा पुरस्कृत

दीननाथ बरालपोखरा १७, माघ कास्कीका दुई जना खेल पत्रकार रोहितराज पराजुली र रिखिराम जिसि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले आज (बुधबार) काठमाण्डौंमा आयोजित एक समारोहका बिच गण्डकी प्रदेशबाट पराजुली र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै जिसीलाई जनही २५ हजारको साथमा उक्त पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थले पुरस्कृत व्यक्तिहरुलाई नगद सहित सम्मानपत्र प्रदान गर्नु भएको हो । पत्रकारिताको… पुरा पढौ

नेपाल भू.पू. खेलाडी मञ्चका कोषाध्यक्ष पौडेललाई पितृ शोक

पोखरा १७, माघ नेपाल भूतपूर्व खेलाडी मञ्चका कोषाध्यक्ष, गण्डकी प्रदेश फेन्सिङ संघका कार्यसमिति सदस्य, कृषि विकास बैंक प्रादेशिक कार्यालय गण्डकीका बरिष्ठ शाखा प्रमुखबाट हालै निवृत्त हुनु भएका महेश पौडेललाई पितृ शोक परेको छ । पोखरा २० भलाम ¥यालेचौर निवासि उहाँका पिता गोबिन्दप्रसाद पौडलको मंगलबार बिहान करिब १ः३० बजे ७३ वर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उहाँ लामो समय देखि विरामी हुनुहुन्थ्यो । भलामको महेन्द्र माविमा शिक्षण पेशाबाट अवकाश भए पनि विद्यालय ब्यवस्थापन समितिको सदस्य, सोही विद्यालयमा भवन… पुरा पढौ

पत्रकार पौडेल र शाहीको स्मृतिमा ‘स्मृति दर्पण’ प्रकाशन

पोखरा १६, माघ गत वर्ष २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्धय त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विमोचन गर्नुभएको हो । प्रेस सेन्टरको विरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार स्मृति दर्पण विमोचन गरिएको हो । पुस्तकमा स्व पत्रकारद्धयको जिवनी,विभिन्न पत्रकार तथा पत्रकार सम्वद्ध संघ संस्थाका अध्यक्ष तथा सञ्चारकर्मीहरुले उहाँहरुसँगको… पुरा पढौ

मकै लिनेको भिडः

पर्साको बिरगंजमा हरियो मकै लिनेको भिडभाड भएको छ । अफ्सिजनमा भारतबाट आयात गरिएको हरियो मकै साना व्यपारीहरुले खरिद गर्न भिडभाड भएको हो । प्रति घोगा मकैको १० रुपैया पर्ने भए पनि त्यसबाट साना खुद्रा तथा सडक व्यापारीहरुले पोलेर तथा अन्य परिकार बनाउदै तीन गुणा बढीमा बिक्रि गर्दै आएका छन्। तष्विर दीननाथ बराल÷बिरगंज पुरा पढौ

नेता र सरकारी कर्मचारीका छोरा छोरी सरकारी बिद्यालयमा पढाउदा शिक्षामा सुधार हुुन्छःअध्यक्ष तिमिल्सिना

दीननाथ बरालपोखरा १६, माघ राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेता र सरकारी कर्मचारीका छोराछोरालाई सरकारी बिद्यालयमा अध्ययन गर्ने गराउने निती अबलम्बन गर्न सके नेपालको शिक्षामा थप विकास हुने बताउनु भयो । पोखरा २२ (पुम्दी भुम्दी) मा रहेको शुक्रराज माविको मंगलबार सम्पन्न भएको ५५ औं बार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालको शिक्षा क्षेत्रको विकास गर्न नेता र सरकारी कर्मचारीका छोराछारीलाई अनिवार्य रुपमा सरकारी बिद्यालयमा अध्ययन गर्ने गराउने निती मात्र अबलम्बन गर्दा शिक्षाको गुणस्तरमा विकास… पुरा पढौ

चर्च व्वाईज तगारो बन्दा पुलिस यसपाली पनि आहा रारा पोखरा गोल्ड कपबाट बाहिरियो, चर्च व्वाईज सेमिफाइनलमा

दीननाथ बरालपोखरा १६,माघ दुई बर्ष देखि चर्च ब्वाइज युनाइटेड क्लव तगारो बन्दा नेपाल पुलिस क्लव आहा रारा पोखरा गोल्ड कपको यात्रामा अघि बढ्न सकेको छैन्। आहा रारामा गत बर्ष देखि उदय भएको नयाँ क्लव चर्च व्वाईजले यसपाली पनि पुलिसलाई पराजित गर्दै २३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ । शहीद स्मारक ए डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लव सामु यस बर्ष बदला लिने लक्ष्यका साथ मैदानमा उत्र्रिएको नेपाल पुलिस क्लव पाएका केही अवसरलाई… पुरा पढौ

पोखरा म्याराथनमा कोटा (संख्या) निर्धारण

पोखरा १६, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा ९संख्या० निर्धारण संगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष… पुरा पढौ