नेपाल भू.पू. खेलाडी मञ्चका कोषाध्यक्ष पौडेललाई पितृ शोक

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८० मा प्रकाशित



पोखरा १७, माघ

नेपाल भूतपूर्व खेलाडी मञ्चका कोषाध्यक्ष, गण्डकी प्रदेश फेन्सिङ संघका कार्यसमिति सदस्य, कृषि विकास बैंक प्रादेशिक कार्यालय गण्डकीका बरिष्ठ शाखा प्रमुखबाट हालै निवृत्त हुनु भएका महेश पौडेललाई पितृ शोक परेको छ । पोखरा २० भलाम ¥यालेचौर निवासि उहाँका पिता गोबिन्दप्रसाद पौडलको मंगलबार बिहान करिब १ः३० बजे ७३ वर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उहाँ लामो समय देखि विरामी हुनुहुन्थ्यो ।


भलामको महेन्द्र माविमा शिक्षण पेशाबाट अवकाश भए पनि विद्यालय ब्यवस्थापन समितिको सदस्य, सोही विद्यालयमा भवन निर्माणको समितिको संयोजक समेत रहेर भवन निर्माण सम्पन्न गर्न महत्वपूर्ण योगदान दिनुभएको स्थानियले स्मरण गर्नु भएको छ । उहाँ व्रह्माण समाज नेपालको पूर्व केन्द्रिय सदस्य, विश्व हिन्दु परिषद कास्कीको पूर्व सल्लाहकार, फामर्स फोरा कास्कीको संस्थापक अध्यक्ष, पौडेल आत्रेय समाज भलामको उपाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्धता रहेको थियो । उहाँको एक श्रीमती, दुई छोरा, दुई छोरी रहनु भएको छ ।

यसै बीच उहाँको असमायिक निधन भएको घटना प्रति नेपाल भूतपूर्व खेलाडी मञ्चले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजिुलीले उहाँको निधनले विभिन्न नेतृत्वदायी भूमिकामा रहि सेवा गर्नुहुने एक असल शिक्षा तथा समाजसेवी गुमाउनु परेको बताउदै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नु भएको छ । त्यसै गरी विभिन्न संघ संस्थाले उहाँको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गर्नु भएको छ ।



This will close in 20 seconds