अर्थतन्त्र

पुन हिल कप भलिवल प्रतियागिता पोखरामा जारी

पाखरा १६, माघ पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा पोखरा प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन् । बाइ पाएर सिधैं क्वार्टरफाइनल खेलेको पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइन स्थान सुरक्षित गरेको थियो ।… पुरा पढौ

प्रेस चौतारी पुरस्कारबाट बराल, मिना र हुम सम्मानित हुने

पोखरा १६, माघ प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ुप्रेस चौतारी पत्रकारिता पुरस्कारु बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी… पुरा पढौ

माघ १८ देखि २ पोखरा थिएटरमा धनिरामको गोरू मंचन

पोखरा १६, माघ पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मंचन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मंचन हुने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत सोमबार जानकारी गराइएको छ। प्रत्येक दिन बेलुका ५ बजे नाटक मंचन हुने अध्यक्ष साबित्रा पाठक (सबु) ले जानकारी गराइन । उनका अनुसार शनिबार १ बजे पनि नाटक मंचन गरिनेछ। धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मंचनका लागि रोजाइमा परेको सबुले बताइन । पोखरामा नाटक मंचनलाई बढ्वा दिने उद्देश्य… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन ‘मिडिया पार्टनर’हरु संग छलफल

पोखरा १६, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सञ्चार माध्यमबाट अझै उचाईमा पुर्‍याउन ‘मिडिया पार्टनर’हरु संग छलफल सम्पन्न भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सोमबार एक छलफल कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनलाई जन–जनमा पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले त्यसतर्फ सबैको सहयोगका लागि आग्रह गरे । पोखरा म्याराथन सुरु हुनका लागि अझै १८ दिन बाँकी हुँदा १२ देशका २९ विदेशी धावकहरुले… पुरा पढौ

प्रेस सेन्टरको बिरगंजमा २० औं स्थापना दिवस सम्पन्न, एक स्थानीय तह एक पत्रकार उत्पादनमा जोड

वीरगञ्ज, १६, माघ प्रेस सेन्टर नेपालको २० ओै स्थापना दिवस पर्साको बिरगंजमा सम्पन्न भएको छ । सेन्टरले विभिन्न कार्यक्रम सहित आफ्नो राष्ट्रिय परिषद बैठक सहित स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले बताउनु भयो । बैठकमा पत्रकार सुद्धिकरण, पत्रकारको क्षमता विकास, सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचन लगायत विषयमा छलफल भएको उहाँले जनाउनु भयो । बैठकले एक स्थानीय तह एक पत्रकार, एआईको शहि ढंगले उच्चतम प्रयोग गर्ने, एक मिडिया एक… पुरा पढौ

मनाङ सडन डेथमा जाउलाखेलसंग पराजित, जाउलाखेल सेमिफाइनलमा

दीननाथ बरालपोखरा, १५ माघ मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मनाङलाई सडन डेथको शिकार बनाउँदै जावलाखेलले थ्रिस्टारसँग सेमिफाइनलमा यात्रा पक्का गरेको हो । सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार विपक्षी जावलाखेलका गोलरक्षक युनेष चौधरीले उत्कृष्ट बचाऊ गरेपछि जित सुनिश्चित भएको हो । पेनाल्टीमा दुवै तर्फबाट ४–४ गोलले खेल बराबरी भएको थियो । त्यसपछि ७–७ पेनाल्टीमा समान… पुरा पढौ

प्रेस सेन्टर नेपालको केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक विरगञ्जमा सुरु

पोखरा १४, माघ प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक आइतबार देखि पर्साको वीरगञ्जमा सुरु भएको छ । सोमबारसम्म वीरगञ्जस्थित टाउन हलमा संचालन हुने बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला अध्यक्ष सहित गरी करिब पाँच सय जनाको सहभागिता रहेको प्रेस सेन्टरले जनाएको छ। बैठकमा पत्रकार सुद्धिकरण, पत्रकारको क्षमता विकास, सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचन लगायत विषयमा छलफल गरिने ‘एजेन्डा’ तय भएको प्रेस सेन्टर… पुरा पढौ

अरुणा लामा – तारादेवी स्मृति साँझ पोखरामा सम्पन्न

माघ १४ पोखरा हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम शनिबार सम्पन्न भएको हो । साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको… पुरा पढौ

सवै वर्ग र समुदायमा विमाको पौच पुग्नु पर्छ ःदाहाल

पोखरा ,माघ १४ नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालले विमाको पौचलाई धनि देखि गरिव एवंम सवै वर्ग र समु्दायमा पु¥याउनु पर्नेमा जोड दिएका छन् । पेशागत विमा अभिकर्ता संघ विमक समिति एल आई सी नेपाल पोखरा साखाको नवौं बार्षिक साधारण सभा तथा पाचौं अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले विमा बचत,लगानी र पारिवारीक आर्थीक सुरक्षाको कवज भएकाले विमा मानव जिवनका लागि अनिवार्य सर्त भएको बताएका हुन् । सोही अवसरमा पेशागत विमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीले विमाको… पुरा पढौ

सामाजिक मुद्धा उठाउन वाईसिएललाई आग्रह, पोखरा २२ मा युवा भेला सम्पन्न

पोखरा १४, माघ योङ्ग कम्युनिस्ट लिग(वाईसिएल) एबम अनेरास्ववियु क्रान्तिकारी युवा संगठनलाई सामाजिक मुद्धा उठाउन आग्रह गरिएको छ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) एबम अनेरास्ववियु क्रान्तिकारी पोखरा २२ को युवा भेलाको अवसरमा वोल्ने वक्ताहरुले समाजमा धेरै वेतिथी भएको र सरकारबाट हुने विकास निर्माणमा ढिला सुस्ती भएकोले उक्त कार्यलाई छिटो गर्न खबरदारी गर्न आग्रह गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी माओबादि केन्द्रका केन्द्रिय सदस्य एबम,गण्डकी प्रदेशका पुर्ब अर्थमन्त्री राम्जी प्रसाद बराल (जिबन) उक्त कार्यक्रमको उद्घाटन गर्दै युवा संगठनहरु समाजको नमुना भएर काम… पुरा पढौ