सवै वर्ग र समुदायमा विमाको पौच पुग्नु पर्छ ःदाहाल

-


     पोखरा क्लिक     
     माघ १४ गते २०८० मा प्रकाशित


पोखरा ,माघ १४

नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालले विमाको पौचलाई धनि देखि गरिव एवंम सवै वर्ग र समु्दायमा पु¥याउनु पर्नेमा जोड दिएका छन् ।

पेशागत विमा अभिकर्ता संघ विमक समिति एल आई सी नेपाल पोखरा साखाको नवौं बार्षिक साधारण सभा तथा पाचौं अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले विमा बचत,लगानी र पारिवारीक आर्थीक सुरक्षाको कवज भएकाले विमा मानव जिवनका लागि अनिवार्य सर्त भएको बताएका हुन् ।

सोही अवसरमा पेशागत विमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीले विमाको आवस्यकता र महत्वका बारेमा सवै बर्ग र तहलाई जानकारी गराउनका लागि अधिकर्ताहरु संगठीत भएर अभिकर्ता विमितको घरमा नभई विमितहरु बिमाको अफिससम्म आउनु पर्ने वातावरण सृजना गर्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति पोखराका अध्यक्ष देवि तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा एल आई सी नेपाल गण्डकी प्रदेश प्रमुख हेमराज जोशी, पेशागत विमा अभिकर्ता संघका केन्द्रिय कोषाध्यक्ष रुक बकहादुर गुरुङ, पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी नेपालका सचिव अमन श्रेष्ठ,उपाध्यक्ष रामप्रसाद आचार्य,नेशनल लाईफ ईन्स्योरेन्स विमक समितिका अध्यक्ष गोविन्द अधिकारी,नेपाल लाईफ पोखरा साखा समिति अध्यक्ष दिपक पराजुली लगाएतले अभिकर्ताहरुले आफनो हक अधिकार खोज्नका लागि संगठीत भएर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।

यसैगरि कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) वालिङ शाखाका अध्यक्ष रविन्द्र कुमार गुरुङ, वरिष्ठ अभिकर्ता नैन बहादुर क्षेत्री,सल्लहाकार ईन्द्रप्रसाद द्धा लगाएतले विमा बजारको सवलिकरणका लागि देशको अर्थतन्त्र चलायमान हुनुपर्नेमा जोड दिएका थिए ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति पोखराका सचिव प्रकाश यज्ञ बहादुर नेपालीले संचालन गरेको कार्यक्रममा सह सचिव रञ्जना भण्डारीले स्वागत र धन्यवाद ज्ञापन पुर्व वरिष्ठ उपाध्यक्ष लालकुमार अधिकारीले गरेका थिए ।

यसैविच पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) शाखा समिति पोखराको पाचौ अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि रञ्जना भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बुद्धिराज सुवेदी,सचिवमा भगवती सुवेदी,कोषाध्यक्षमा नारायणी वस्नेत,सह सचिवमा प्रमिला रानाभाट र सदस्यहरुमा गोविन्द दाहाल,भरतमणि अधिकारी,बालकृष्ण राना,निरु क्षेत्री,मनोज रानाभाट,विष्णुप्रसाद तिमिल्सेना,चन्द्र बहादुर गुरुङ र पुजा गुरुङ रहेका छन् ।

यता पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक समिति एल आइ सी (नेपाल) को पोखरामा भएको भेलाले गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । गण्डकी प्रदेश भित्रका ११ जिल्लामा रहेका एल आई सी नेपालका साखाको प्रतिनिधित्व रहने गरी गठित तदर्थ समितिको अध्यक्षमा नवराज दुरा,उपाध्यक्षमा गान्दी कुमारी गुरुङ, र काजीराम वस्नेत,सचिवमा रविन्द्र कुमार गुरुङ,कोषाध्यक्षमा भीमपाणि बराल,सह सचिवमा दिपेन्द्रसिह लामिछाने,दुर्गा देवि सापकोटा,पुर्णकला रिजाल र सदस्यमा आत्मप्रसाद भट्ट रहेका छन् ।