खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पराजुली र जिसी काठमाण्डौंमा पुरस्कृत

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १७, माघ

कास्कीका दुई जना खेल पत्रकार रोहितराज पराजुली र रिखिराम जिसि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले आज (बुधबार) काठमाण्डौंमा आयोजित एक समारोहका बिच गण्डकी प्रदेशबाट पराजुली र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै जिसीलाई जनही २५ हजारको साथमा उक्त पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थले पुरस्कृत व्यक्तिहरुलाई नगद सहित सम्मानपत्र प्रदान गर्नु भएको हो । पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेत्रमा पुरÞ्याउनु भएको योगदानको कदर गर्दै मन्त्रालयले हरेक बर्ष यसरी प्रदेश, राष्ट्रिय स्तरका पत्रकारलाई नगद सहित पुरस्कृत गर्दै आएको सचिव पन्थले पोखराक्लिकलाई बताउनु भयो । मन्त्रालयले उक्त पुरस्कारको लागि केही समय अघि आव्हान गरेको थियो ।

पराजुली नयाँ पत्रिकामा आबद्ध हुनुहुन्छ भने जिसी नेपाल प्रेस डटकममा आबद्ध हुनुहन्छ । दुबै जना नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य हुनु हुन्छ ।