पोखरा १६, माघ
गत वर्ष २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्धय त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विमोचन गर्नुभएको हो । प्रेस सेन्टरको विरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार स्मृति दर्पण विमोचन गरिएको हो ।
पुस्तकमा स्व पत्रकारद्धयको जिवनी,विभिन्न पत्रकार तथा पत्रकार सम्वद्ध संघ संस्थाका अध्यक्ष तथा सञ्चारकर्मीहरुले उहाँहरुसँगको सहकार्यलाई कितावमा उल्लेख गरिएको छ । स्मारिकामा गण्डकी प्रदेश क्षेत्रमा विभिन्न समयमा ज्यान गुमाउनुभएका पत्रकारहरुको पनि सङ्क्षिप्त परिचय समेटिएको छ ।
नेपालका केन्द्रीय उपमहासचिव एवं गण्डकीका इन्चार्ज दीपक श्रेष्ठले दुर्घटनामा गुमाएका पौडेल र शाहकिो सम्झना र सम्मानमा स्मृति ग्रन्ध प्रकाशन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो“गतिशिलतलाई बुझ्न सक्ने, समय सापेक्षतालाई गहिरो चिन्तन मनन गर्ने डाइनामिक नेतृत्व स्व त्रिभुवन पौडेलले नेपाली पत्रकारितामा पु¥याउनुभएको योगदानलाई अभिलेखीकरण गर्ने र चिरस्थायी बनाउनका लागि पुस्तक प्रकाशन गरेका हौँ ।” प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका स्व पत्रकार पौडेल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । उहाँ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष तथा कास्की शाखामा तीन कार्यकाल पदाधिकारीमा रहेर काम गर्नुभएको थियो ।
महासङ्घ प्रदेश समितिले पौडेलको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापनाको तयारी गरेको छ । कोषमा पत्रकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुबाट रकम जम्मा भइरहेको बताइन्छ । त्यसैगरी प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ । पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको भवन निर्माण गरिएको थियो ।
प्रेस सेन्टर नेपालले पनि स्व पत्रकार पौडेलको नाममा केन्द्रमा अक्षयकोष स्थापना गर्ने कामलाई अघि बढाइरहेको प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले बताउनुभयो ।