चर्च व्वाईज तगारो बन्दा पुलिस यसपाली पनि आहा रारा पोखरा गोल्ड कपबाट बाहिरियो, चर्च व्वाईज सेमिफाइनलमा

-


     पोखरा क्लिक     
     माघ १६ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १६,माघ

दुई बर्ष देखि चर्च ब्वाइज युनाइटेड क्लव तगारो बन्दा नेपाल पुलिस क्लव आहा रारा पोखरा गोल्ड कपको यात्रामा अघि बढ्न सकेको छैन्। आहा रारामा गत बर्ष देखि उदय भएको नयाँ क्लव चर्च व्वाईजले यसपाली पनि पुलिसलाई पराजित गर्दै २३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लव सामु यस बर्ष बदला लिने लक्ष्यका साथ मैदानमा उत्र्रिएको नेपाल पुलिस क्लव पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अन्ततः पराजित हुनु परेको हो ।
पोखरा रङ्गशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा चर्च व्वाईजले पुलिस माथि १–० गोल अन्तरले पराजित गर्दै दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवसंग प्रतिष्प्रर्धा गर्ने भएको हो । चर्च ब्वाइजको जितमा समिर तामाङले गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । खेलको ७३ औं मिनेटमा विपक्षि गोलरक्षक सत्रुधन चौधरी र डिफेन्स खेलाडीलाई विट गर्दै तामाङले उत्कृष्ट गोल गरे । आजको खेलमा म्यान अफ दी म्याच सहित दश हजार नगद समेत चर्च ब्वाइजका समिर तामाङले हात पार्न सफल भए ।

क्याराभान सहित उक्त प्रतियोगितामा दश पटक फाइनल सहित ५ वटा उपाधि जितेको पुलिसलाई गत बर्ष प्रिक्वाटरफाइनलमा चर्च व्वाईले २–१ को गोल अन्तरले पाखा लगाएको थियो । गत बर्ष पहिलो पटक सहभागि भएको चर्च व्वाईज गत बर्ष भने सेमिफाइनलमा अमेरीकाको बिवाईएससीसंग पराजित भएको थियो ।

खेलको सुरुवातबाटै निकै आक्रमक रुपमा प्रस्तुतः भएका दुबै टोली बिच पाएका धेरै अवसर गुम्दा गोल अन्तर धेरै हुन सकेन । पुलिसले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा गत बर्षकै नियतिमा चर्च व्वाईजसंगै पराजित भोग्नु पर्यो ।
भोलि(बुधबार) पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लव र थ्रिस्टार क्लब बीच खेल हुने भएको सहारा क्लवका अध्यक्ष केशवराज बरालले बताए । यही माघ २० गते फाइनल खेल हुने आयोजक सहारा क्लबले जनाएको छ । २३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

प्रतियोगिताको अवसरमा दर्शकलाई आकषर्ण गर्न फ्यान अफ दी म्याच समेत घोषणा गरिएको छ । मंगलबारको खेलमा निरज शाही र सुस्मिता लिम्बु फ्यान अफ दी म्याच घोषित हुदै जनही २ हजार ५ सय रुपैया हात पार्न सफल भए । वेलायत निवासि उमा र रामचन्द्र गुरुङको सहयोगमा उक्त कार्यक्रम संचालन भएको क्लवका शुर्दशन रञ्जितले पोखराक्लिकलाई बताए ।