अर्थतन्त्र

आहा रारामा इतिहास रच्दै उपाधि जित्ने दाउमा आर्मी, थ्रीस्टारले भने छैटो उपाधि जित्ने रणनितीमा

दीननाथ बराल पोखरा १९, माघ, विभागिय टोली त्रिभुवन आर्मी क्लवले आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता नयाँ इतिहास रच्ने दाउमा रहेको छ भने प्रतिद्धन्दी टीम थ्रि स्टार क्लवले छैटो पटकको उपाधि रक्षा गर्ने रणनितीमा रहेको छ । आहा रारा पोखरा गोल्ड कपको ४ पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मीले यसपाली थ्रि स्टार क्लवसंग ५ बर्ष अघिको बदला लिदै नयाँ इतिहास रच्न चाहेको छ । यता थ्रि स्टार क्लवले भने छैटौ पटक उक्त उपाधि आफ्नो पोल्टामा पार्ने गरी शनिबार… पुरा पढौ

माउण्ट अन्नपूर्णमा प्रतिबद्धता प्रदर्शन

१९ माघ, पोखरा माउण्ट अन्नपूर्ण मा.वि. नदीपुरका विद्यार्थीका बीच जनचेतनामूलक चलचित्र प्रतिबद्धता प्रदर्शन गरिएको छ । एड्स रोग नियन्त्रण संघ कास्कीले जनचेतना जगाऔं एचआइभी एड्स् हटाऊ भन्ने मूल उद्घोषका साथ निर्माण गरेको उक्त फिल्म संघले विभिन्न समय–समयमा प्रदर्शन गरेर पछिल्लो पुस्तामा जनचेतना लगाउँदै आएको संघका अध्यक्ष विश्वमोहन गौचनले जानकारी गराए । सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीले झण्डै तीन दशक अगाडिदेखि क्रियाशील एड्स रोग नियन्त्रण संघले लक्ष्मी र प्रतिबद्धता दुई जनचेतनामूलक फिल्मका साथै सचेतनामूलक गीतसमेत निर्माण गरेर समाजमा उल्लेख्य… पुरा पढौ

पोखरा म्याराथनलाई सहारा युकेद्वारा ५० हजार नगद हस्तान्तरण

पोखरा १९, माघ आसन्न १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहारा यूकेले नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि संकलित उक्त रकम शुक्रबार एक कार्यक्रमका बीच म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चलाई हस्तान्तरण गरिएको हो । सहारा युकेका नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङ ९कृष०सहितको टोलीले ५० हजार बराबरको चेक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई हस्तान्तरण गरे । सो अबसरमा बोल्दै सहारा युकेका अध्यक्ष गुरुङले सहारा युकेको परिवारबाट संकलित उक्त रकम हस्तान्तरण गर्न पाउनु निकै गर्वको… पुरा पढौ

सन्दर्भः विश्व सिमसार दिवसप्रतिभाका विद्यार्थीले चित्रमा उतारे सिमसार क्षेत्रलाई

पोखरा, माघ १९ विश्व सिमसार दिवसको अवसर पारेर पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गरेको छ । विद्यालयको क्रिएटिभ माइन्डस क्लवले आयोजना गरेको उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयका विद्यार्थीले भाग लिएका थिए । फेवाताल सिरानको खपौदी क्षेत्रमा गएर स्थलगत रुपमै चित्र कोरेका करिब एकसय जना विद्यार्थीले शुक्रबार दिवसको अवसर पारेर विद्यालयमा प्रदर्शनी गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार करिब एकसय जना विद्यार्थीले फेवातालको सिरान क्षेत्रमा रहेर सिमसार क्षेत्रलाई… पुरा पढौ

सहारा युके टोलीलाई सहारा आ.वि.मा स्वागत

पोखरा १९, माघ पोखरा ९, बसपार्कमा सहारा युके टोलीलाई सहारा आ.वि.मा स्वागत पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले सहारा युकेको टोलिलाइ विद्यालयमा स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालिको संयोजकत्वमा आयोजित कार्यक्रममा सहारा यु।के का अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष लेप्टिनेन्ट कुसाङ गुरुङ, पूर्व अध्यक्ष कुमार गुरुङ, लगाएत सहारा क्लबका अध्यक्ष केशव राज बराल, सहारा हङकङका अध्यक्ष दिपक गुरूङ, सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङ, मुछेत्र गुरुङ को उपस्थिती रहेको थियो… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

पोखरा १९, माघ, १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्रियामा सहभागिहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । विशेष गरी १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाए संगै आयोजकले सहभागिहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागिलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागि गराउने भएको छ । पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै… पुरा पढौ

मिस तामाङ पोखराको ग्राण्ड फिनाले भोलि

पोखरा १९, माघ मञ्जुश्री संवत २८६० औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको ग्राण्ड फिनाले भोलि ( शनिबार) पोखराको पोखरा सभागृहमा हुने भएको छ । प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जनाकारी दिइएको हो । प्रतियोगितामा प्रतियोगिको रुपमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् । मिस तामाङ पोखरा… पुरा पढौ

पुन हिल कप भलिबल ः पुरुषतर्फ समिर फाइनलमा

पोखरा १९, माघ पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् । शुक्रबार भएको सेमीफाइनलमा समीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले… पुरा पढौ

प्रदेश स्तरीय दुई दिने सुरक्षा गोष्ठी पोखरामा सुरु, जनतालाई ठग्ने र देशमा भ्रष्टचार गर्ने कसैलाई छोडीदैनः गृहमन्त्री श्रेष्ठ

दीननाथ बरालपोखरा १९, माघ, पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा आयोजित प्रदेशस्तरीय गोष्ठी आज देखि पोखराको एक होटलमा सुरु भएको हो । उक्त गोष्ठीको नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्दै जनतालाई ठग्ने र देशमा भ्रष्टचार गर्ने कसैलाई नछाडिने दाबी गर्नु भएको छ । जनताले चाहे अनुसारको न्याय सहितको आर्थिक सबृद्वि हासिल गर्न नसकिएको तर केही सुधारको काम भएको उहाँको भनाई थियो । जनताले… पुरा पढौ

सफल पोखरा म्याराथन ः भुपु मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया सम्पन्न

पोखरा १९, माघ नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियासँगै सुझाव संकलन गर्ने काम भएको छ । मञ्चको आयोजनामा फागुन पाँच गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्ट… पुरा पढौ