आहा रारामा इतिहास रच्दै उपाधि जित्ने दाउमा आर्मी, थ्रीस्टारले भने छैटो उपाधि जित्ने रणनितीमा

-


     पोखरा क्लिक     
     माघ १९ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा १९, माघ,

विभागिय टोली त्रिभुवन आर्मी क्लवले आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता नयाँ इतिहास रच्ने दाउमा रहेको छ भने प्रतिद्धन्दी टीम थ्रि स्टार क्लवले छैटो पटकको उपाधि रक्षा गर्ने रणनितीमा रहेको छ । आहा रारा पोखरा गोल्ड कपको ४ पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मीले यसपाली थ्रि स्टार क्लवसंग ५ बर्ष अघिको बदला लिदै नयाँ इतिहास रच्न चाहेको छ ।

यता थ्रि स्टार क्लवले भने छैटौ पटक उक्त उपाधि आफ्नो पोल्टामा पार्ने गरी शनिबार पोखरा रंगशालामा त्रिभुवन आर्मी क्लवसंग फाइनल खेलमा जित्ने योजना बनाउदै छ । २०७५ सालमा भएको १७ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको फाइनल खेलमा थ्रि स्टारले टाईब्रेकरमा आर्मी माथि ५–४ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । आर्मीले ७ औंैं, ८ औं, १४ औ र १७ औं संस्करणको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन् । थ्रिस्टारले भने ५ औं, ९ औं, ११ औं, १३ औं र १७ औं संस्करणको उपाधि रक्षा गरेको छ भने १६ औं संस्करणमा फाइनलमा पुगेर नेपाल पुलिस क्लवसंग १–० ले पराजित भएको थियो । १२ लाख १ हजार नगद सहित उपाधिको लागि आर्मी र थ्रि स्टार क्लव पोखरा रंगशालामा शनिबार दिउँसो दिनको १ः१५ बजे फाइनल खेल सुरु हुने भएको आयोजक सहारा क्लवले जनाएको छ ।

आर्मीका प्रशिक्षक मेघराज केसीले आफुहरुले यसपाली आहा रारा पोखरा गोल्ड कपमा इतिहास रच्ने गरी आवश्यक तयारीका साथ फाइनल खेल्ने शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बताउनु भयो । आर्मीका कप्तान भरत खवासले फाइनल खेल निकै प्रतिष्प्रर्धा हुने दाबी गर्दै आफुहरुसंग अनुभवी खेलाडीहरु रहेको दाबी गर्नु भयो ।

थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले आहा रारा पोखरा गोल्ड कपमा पहिला आफु खेलाडी हुँदा ह्याट्रिक पुरा गरेको बताउदै यसपाली पनि आर्मी बिरुद्धको खेलमा उत्कृष्ट फुटवल खेलेर पोखरेली दर्शकलाई भरपुण मनोरन्जन दिने दाबी गर्नु भयो । थ्रीस्टारका कप्तान विराज महर्जनले आर्मी बलियो टिम भए पनि आफुहरुसंग भने युवा खेलाडीहरुको टिम भएको बताउनु भयो ।

समुह एमा रहेको थ्रिस्टारले प्रिक्वाटरमा आयोजक सहारा क्लवलाई र क्वाटरफाइनलमा भने पाहुना टोली भुटानको पारो एफसीलाई पराजीय गरी सेमिफाइनलमा जाउलाखेल युथ क्लवलाई पराजित गरि फाईनलमा यात्रा बनाएको हो । समुह बीमा रहेको आर्मीले क्वाटरफाइनलमा गत बर्षको विजेता संकटा क्लवलाई र दोश्रो सेमिफाइनलमा भने राष्ट्रिय लिग बिजेता चर्च व्वाईज यूनाइटेडलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।

२३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई इलेक्ट्रि स्कुटर प्रदान गरिने भएको छ । यही माघ ९ गते देखि सुरु भएको प्रतियोगितामा एक विदेशी सहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो ।

दर्शकलाई आकषर्ण गर्न हरेक दीनमा फ्यान अफ दी म्याच समेत घोषणा गरिएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । फ्यान अफ दी म्याच घोषित हुदै जनही ५ हजार रुपैया प्रदान गर्दै आएको शुर्दशन रञ्जितले बताउनु भयो ।



This will close in 20 seconds