अर्थतन्त्र

पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले शुक्रबार कन्दरा लाइभ कन्सर्ट हुदै

पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुष २७ गते (शुक्रबार) कन्दरा लाइभ कन्सर्ट हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनमा तथा लायन्स क्वल अफ पोखरा सामिप्यको सहआयोजकमा शुक्रबार बेलुका ५ः०० बजे पछि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने उक्त कार्यक्रमको हो । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश दिन पोखराबाट उक्त कार्यक्रमको शुभारम्भ हुने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह… पुरा पढौ

पोखरामा गौशालाको उद्घाटनः व्यवस्थापनका लागि महायज्ञ

पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा बुधवार देखी श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । महासङ्घको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी ज्ञान महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । महायज्ञ तथा गौशालाको उद्घाटन गर्दै प्रमुख आचार्यले गौ रक्षाको अभियानलाई सार्थक बनाउन महायज्ञ सफल हुने विश्वास व्यक्त गर्नुभयो । पोखराको सडकमा बेवारिसे अवस्थामा छाडा छोडिएका पशुचौपायहरुको उद्धार गरी संरक्षण प्रदान गरिएको गोकुल धाम ९गौशाला० को दिगो व्यवस्थापनमा… पुरा पढौ

जापानका पूर्व मन्त्री ताईरा र मुख्यमन्त्री पाण्डे बिच भेटवार्ता, प्रदेशको विकासमा पुलको रुपमा काम गर्न ताइरा इच्छुक

प्रविधिको देश जापानका पूर्व मन्त्री एवं सांसद आसा ताइरा र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बिच भेटवार्ता भएको छ । नेपाल भ्रमणका क्रममा विहिबार पोखरा आउनु भएको पूर्व मन्त्री एवं सांसद ताइरा र मुख्यमन्त्री पाण्डे बिच मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भेटघाट भएको हो । उक्त भेटवार्ताको क्रममा मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक विकास र समृद्धि प्रदेश बनाउन पर्यटन र स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको हो । जापानको जाइका परियोजनाले पोखरामा सुद्ध पिउने पारीको परियोजना गरेकामा जापान सरकारलाई धन्यदान दिदै… पुरा पढौ

पोखरालाई छिटै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

पोखरालाई अब छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पर्यटन अध्ययन समितिले फागुन भित्रै पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएकोले अब छिटै पोखरा पर्यंटनको राजधानि घोषणा हुने भएको हो । अध्ययन गर्न गठित समितिले कार्ययोजना सहित फागुनभित्र पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक घोषणा गर्न सकिने सुझाव गण्डकी प्रदेश सरकारलाई दिएको हो । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि गठित अध्ययन समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ । पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गरेर प्राथमिकताका आधारमा… पुरा पढौ

पोखरामा पृथ्वीनारयण शाहको जन्मजयन्ती मनाउने

पोखरा, २६ पुसपृथ्वीनारायण शाहको पुष २७ मा ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रम सहित गतिविधि कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । पृथ्वीचोकमा सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको ¥याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहस गर्न लागेको छ । पृथ्वीचोकमा हुने बहसमा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिए । यो बहस बुधबार दिउँसो एक बजे सुरू हुनेछ ।… पुरा पढौ

राधाकृष्ण मन्दिर शान्ति आश्रमको ३१ औं साधारणसभा सम्पन्न

पोखरा, २६ पुुस पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर शान्ति आश्रमले आफ्नो ३१ औं साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एक समारोहकाबीच उद्घाटन गर्नुुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य गुरुङले धार्मिक एवम् सामाजिक उद्देश्यका साथ स्थापित यस पवित्र स्थलले आध्यात्मिक भावना अभिबृद्धिसँगै सामाजिक सचेतनामा समेत महत्वपूर्ण योगदान गरेको बताउनुुभयो । मन्दिर सहित यस संस्थाको समग्र विकासका लागि गण्डकी प्रदेश सरकारको सहयोग रहने बताउँदै उहाँले त्यसका लागि आफ्नो… पुरा पढौ

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता २०८० सुरु

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना साथै ३ न। वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छे«–३, घाचोक मेधराज मा।विको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । विहिवार भएका खेलमा रुपा गा।पा कास्कीले माछापुच्छ्रे गा।पा रातोलाई , निसिखोला गा।पा बाग्लुङले मोदी गा।पा पर्वतलाई हराएको छ । अन्नपुर्ण… पुरा पढौ

बृहत र्याली सहित पोखरा महोत्सव सुरु, पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसक्नुको कारण सरकारले जवाफ दिनुपर्छ ः सभामुख घिमिरे

पोखरा २६, पुष बाह्रौं संस्करणको पोखरा महोत्सव बृहत र्याली सहित सुरु भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखी बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको हो । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गरेका हुन । महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने वताएका छन । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दापनि अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको वताउदै… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकपमा पाहुना टिम भारत र भुटानका सहित १२ टिम सहभागी हुने

दीननाथ बरालपोखरा २६, पुस आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २३ औं संस्करणमा भारत र भुटानको दुई पाहुना टोली सहित १२ टिमको सहभागिता हुने भएको छ । आउँदो माघ ९ गते देखी पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा भारतको लिग च्याम्पियन फुटबल क्लब भारत र भुटानको पारो फुटबल क्लब सहभागी हुने भएको क्लवका अध्यक्ष केशवराज बरालले विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । प्रतियोगितामा गत बर्षको विजेता संकटा क्लब काठमाण्डौ, विभागीय टिम नेपाल प्रहरी फुटबल क्लब,… पुरा पढौ

पोखरा महोत्सवमा रेवल टिकट प्रणाली

पोखरा २६, पुष आज देखि पोखरामा सुरु हुने १२ औं पोखरा महोत्सवमा रेवल प्लेटफर्मको साथ टिकट प्रणाली लागु भएको छ । आम दर्शकहरुले भिडभाड विना घरमै बसेर उक्त प्राविधिमा आधारित टिकट बुक गर्न सकिने भएको कम्पनीका निर्देशक धिरज पहारीले बताउनु भयो । समय अनुसारको रेवल सिस्टमले बदल्दै १२ औ पोखरा महोत्सव को अनलाइन टिकेटिङ सिस्टम् लागु गरिएको उहाँले जनाउनु भयो । रेवलले आफ्नै एप्प स्टोर्समा राखेको छ भने वेवसाइडबाट समेत खरिद गर्न सकिन्छ त्यसै गरी इभेण्ट अनुसार क्यू आर कोर्डको… पुरा पढौ