पोखरा २६, पुष
आज देखि पोखरामा सुरु हुने १२ औं पोखरा महोत्सवमा रेवल प्लेटफर्मको साथ टिकट प्रणाली लागु भएको छ । आम दर्शकहरुले भिडभाड विना घरमै बसेर उक्त प्राविधिमा आधारित टिकट बुक गर्न सकिने भएको कम्पनीका निर्देशक धिरज पहारीले बताउनु भयो ।
समय अनुसारको रेवल सिस्टमले बदल्दै १२ औ पोखरा महोत्सव को अनलाइन टिकेटिङ सिस्टम् लागु गरिएको उहाँले जनाउनु भयो । रेवलले आफ्नै एप्प स्टोर्समा राखेको छ भने वेवसाइडबाट समेत खरिद गर्न सकिन्छ त्यसै गरी इभेण्ट अनुसार क्यू आर कोर्डको समेत व्यबस्था मिलाएको कम्पनीले जनाएको छ ।
रेवल आग्रणी टिकटिङ र दर्ता प्लट्फोर्म, १२ औ पोखरा महोत्सवको लागि अनलाईन टिकेटिङ सझेदरीमा मुख्य भूमिका खेलेको पहारीले बताउनु भयो । रेवल टिकेटिङ प्रकृयालाई सरल र ब्यबस्थित मात्र नभई दर्शकहरुको समस्यालाई पनि डिजिटल्ली समाधान गर्ने र महोत्सवलाई डिजिटलाईज गर्ने लक्ष्य लिएको कम्पनीले लिएको छ ।
पोखराका ३ जना युवा व्यवसायीले संचालनमा ल्याएको सिस्टम उक्त प्रविधिले पर्यटनको प्रबद्र्धनमा थप टेवा पुग्ने कम्पनीका इ.बिष्णु शर्मा र इ.शुसिस बरालले समेत विश्वास लिनु भएको छ । कम्पनीले हालसम्म १ सय भन्दा बढी विभिन्न इभेण्ट सहित व्यवसायीक प्रतिष्ठानसंग सहकार्य गरि सकेको छ ।