पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुष २७ गते (शुक्रबार) कन्दरा लाइभ कन्सर्ट हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनमा तथा लायन्स क्वल अफ पोखरा सामिप्यको सहआयोजकमा शुक्रबार बेलुका ५ः०० बजे पछि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने उक्त कार्यक्रमको हो ।
‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश दिन पोखराबाट उक्त कार्यक्रमको शुभारम्भ हुने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने मूल उद्घघोषका साथ मुलुकका सातै प्रदेश र मुख्य सहरमा साँगीतिक कार्यक्रम गर्ने अभियानको सुरुवात पोखराबाट हुने उहाँले जनाउनु भयो ।
आयोजक परिषद् र कन्दरा व्याण्डको व्यवस्थापक अल्फा स्क्वायर प्रा.लि.ले घरदेश घुमौँ, पर्यटन प्रवद्र्धन गरौँ गुञ्जन सहित पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्य स्थलको सन्देश दिने, आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवम् गीतसङ्गीतको जगेर्ना गर्ने उद्धेश्यले कन्दरा साँगीतिक अभियान–२०८० तय भएको हो ।
कन्दराले अहिलेसम्म ६ वटा एल्वम र सयौँ गीत साँगीतिक बजारलाई दिइसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सय भन्दा बढी कन्सर्ट भव्यताका साथ सम्पन्न गसिकेको छ । अभियानको यो पहिलो र ठूलो कन्र्सट भएको आयोजकको दाबी छ । लिड भोकलिस्ट विवेक श्रेष्ठ, सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पङ्कज झाको समूहले २० भन्दा बढी गीतसङ्गीतलाई लाइभ प्रस्तुति दिनुहुने छ ।
गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवद्र्धनमा हातेमालो गरेका छन् । कन्सर्टको टिकेटिङमा आइएमइ पे, इन्टरनेटमा डिस होम फाइबर, फ्लाइटमा बुद्ध एयर पाटर्नर रहेका छन् । आइएमइ, डिस होम, चन्द्रागिरी हिल्स, मौलाकाली केबुलकार, बुटबल हिल्स लुम्बिनी केबुलकार, भाटभटेनी सुपरमार्केट, गो बञ्जी नेपालले कन्सर्टलाई साथ र समर्थन गरेका छन् ।