अर्थतन्त्र

पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले शुक्रबार कन्दरा लाइभ कन्सर्ट हुने

पोखरा २५, पुष पोखराको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुष २७ गते (शुक्रबार) कन्दरा लाइभ कन्सर्ट हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनमा तथा लायन्स क्वल अफ पोखरा सामिप्यको सहआयोजकमा शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् नेपालको पर्यटन प्रवद्र्धनको सन्देश दिन पोखराबाट उक्त कार्यक्रमको शुभारम्भ हुने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । ‘पहिला घरदेश… पुरा पढौ

गण्डकी प्रदेश पौडी संघको अध्यक्षमा कुंवर

पोखरा २५, पुष गण्डकी प्रदेश पौडी संघ तदर्थ समितिको अध्यक्षमा आनन्द कुंवर सर्वसम्मत चयन हुनु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा सम्पन्न भएको एक भेलाले अध्यक्षमा कुंवर सहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुंवर प्रशिक्षक हुनुहुन्छ । यसै गरी समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की चयन हुनु भएको हो । यसै गरी कार्यसमिति सदस्यमा जिवन रेग्मी, सूर्य बहादुर सिग्देल, विष्णु प्रसाद पाहारी, अर्जुन नेपाली, अमृत… पुरा पढौ

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

पौष २५, हेमजा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा पौष २६ गते देखि २८ गते सम्म भलिबल प्रतियोगिता संचालन हुने छ । नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई परिषदको साथ

पोखरा २५,पुष आगामी फागुन पाँच गते पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ ।नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं संस्करणलाई प्रदेश खेलकुद परिषदले साथ दिने भएको हो । बिहिबार प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीसहित अन्य पदाधिकारी बीच भएको भेटघाटमा परिषदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भूतपूर्व खेलाडी मञ्च समग्र खेलाडीका लाग मार्गदर्शनको… पुरा पढौ

नर हुईल क्लबको एक सय बर्ष पूरा, पोखरामा शताब्दी उत्सव कार्यक्रम

पोखरा, पुस २५ गते इनर हुईल क्लब ९क्ष्ललभच धजभभ िअगिद०को एक सय बर्ष पुरा भएको उपलक्ष्यमा नेपालमा रहेका करिब ४० क्लबले पोखरामा बुधबार प्रभातफेरी ¥याली सहित शताब्दी उत्सव कार्यक्रमको आयोजना गरि मनाएको छ । करिब ३ सय जना महिलाहरुको सहभागिता रहेको सो प्रभातफेरी ¥याली लेकसाइडको गौरीघाटबाट सुरु भई अम्बोटमा पुगी उत्सव कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा विभिन्न विद्यामा काम गर्ने महिलाहरुलाई समेत सम्मान गरेको छ । विश्वमा छरिएर रहेका एक सय देशका ४ हजार इनर हुईल क्लबका करिब एक… पुरा पढौ

पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्याली

पोखरा २५, पुष बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा कार र्याली सम्पन्न भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवको पूर्व सन्ध्यामा पोखरामा कार र्यालीको आयोजना गरेको हो । महोत्सव स्थल पोखराको अमरसिंह मैदानबाट सुरु भएको र्याली अमरसिंह चोक, हस्पिटलचोक, रानीपौवा, सितलादेवी, भद्रकाली, बाँझापाटन, मियापाटन, कदममार्ग, चाउथे चोक, मझेरीपाटन, काजीपोखरी, विरेन्द्रचोक, रामबजार, बुद्धचोक हुदै पुन अमरसिंह मैदानमा पुगी समापन भएको हो । र्यालीको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौटमा स्याङजा र तनहुँ भिड्ने

सागर सुनारपोखरा २४, पुष पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौटमा तनहुँ र स्याङजा बिच फाइनल खेलमा बुधबार प्रतिष्प्रर्धा हुने भएको छ । दुबै टिमले लिक चरणका खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी दुई खेलमा आफ्नो अपराजित यात्रा जारी राख्दै फाइनलमा यात्रा बनाएका हुन्। उक्त फाइनल खेल बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहान ९ः०० बजे पछि हुने भएको गण्डकी प्रादेशीक क्रिकेट संघ प्रदेशका अध्यक्ष संजयकान्त सिग्देलले बताए । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा ६ टिम बिच उक्त प्रतियोगितामा… पुरा पढौ

पोखरामा दुध खादा सचेत रहन आग्रह

खुल्ला प्रतिष्प्रर्धाको अर्थतन्त्रमा कुनै पनि ठाँउको बस्तु तथा सेवा बिक्रि वितरण गर्न पाइन्छ तर एक ठाँउको बस्तु तथा सेवा अर्को ठाँउमा उत्पादन भएको भनी ढाट छल गर्नु अबैधानिक व्यपार हो । कुनै कम्पनी वा ठाँउमा उत्पादन हुने बस्तु वा सेवाले आम जनमानसमा ठुलो प्रभाव वा ब्राण्ड नै बनेको हुन्छ यस्तो अबस्थामा केही व्यपारी तथा बिचौलियाहरुले त्यसको फाइदा लिन खोजि राखेका हुन्छन । दुध सायद अमृत समान जन्मेदेखि मृत्यु नहुदासम्म आम ज्येष्ठ नागरिकहरुले समेत प्रयोग गर्ने बस्तु हो तर पनि यसमा… पुरा पढौ

नियम भित्र रहेर नदि तथा खानिजन्य पदार्थको उत्खनन गर्न आग्रह

पोखरा , पुस २४ जिल्ला समन्वय समिति कास्कीले पहिलो पटक नदिजन्य तथा खानीजन्य पदार्थ सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। कार्यक्रममा नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन सम्बन्धी जिल्ला अनुगमन समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले राज्यका निति नियम भित्र रहेर नदि तथा खानिजन्य पदार्थको उत्खनन गर्न आग्रह गर्नुभयो । कतिपय स्थानमा लापरबाहीपूर्बक गरिएका उत्खननले बिकास निर्माण ध्वस्त पारेको , खतरा उन्मुख रहेको पाइएको हुँदा सो प्रती सचेत हुन स्थानिय सरोकारवाला सहित व्यबसायिहरूलाइ आग्रह गर्नुभयो… पुरा पढौ

एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

पोखरा, २४ पुस नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । उनीहरुलाई यहि पुस २७ गते एन प्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरीने एन प्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले जानकारी दिए ।त्यसैगरी स्थापना… पुरा पढौ