अर्थतन्त्र

प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा पाठक

पोखरा २३, पुष गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा बैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रदिप बगाले ९स्याङजा०, पार्वती विक ९नवलपुर०, अधिप पाण्डे ९तनहुँ०, मोहन गुरुङ ९कास्की०, तिलक बहादुर अधिकारी ९कास्की०, कृष्ण सिंह बस्नेत ९ गोरखा०… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा वार्षिक खेलकुद

पोखरा २३, पुष पोखरा नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।आधा दर्जन खेलहरुमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले सहभागिता जनाए । भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो । भलिबल छात्रतर्फ बीसीआईएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए । भलिबल खेल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो… पुरा पढौ

परिषद गण्डकीद्वारा प्रशिक्षक, रेफ्रि र खेलाडीको बिमा गर्ने

पोखरा २३, पुष प्रदेश खेलकुद परिषद गण्डकीले प्रशिक्षक, रेफ्रि र खेलाडीको बिमा गर्ने तयारी गरेको छ । परिषदको आह्वानमा सुचिकृत भएका ११ वटै जिल्लाका ५ सय ९४ जना प्रशिक्षक र रेफ्रिहरुको आकस्मिक विमा पहिलो चरणमा गर्ने तत्पश्चात खेलाडीहरुको बिमा प्रकृया अघि बढाउने भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । परिषदको सोमबार बसेको कार्यकारी समितिको बैठकले खेलाडीहरुको समेत आकस्मिक विमा र छात्रवृतिको व्यवस्था गर्ने प्रस्ताव अघि बढाउको उहाँले जनाउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितिले प्रशिक्षक, रेफ्रि… पुरा पढौ

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा मर्सानी र सहसंयोजकमा क्षेत्री

गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९ सदस्यि तदर्थ समिति निर्विरोध चयन गरेको हो । संयोजकमा चयन भएका मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । उनी राखेप अन्तर्गत तत्कालिन पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहेका थिए । सह–सयोजक क्षेत्री परिषदका सदस्य हुन् भने उनी विभिन्न खेलकुदमा योगदान दिएका जुझारु युवा हुन्… पुरा पढौ

पोखरा रंगशालाको फुटवल मैदानको दुवो मर्दै जादा कसैको चासो र चिन्त्ता छैन् !

दीननाथ बरालपोखरा २२, पुष पोखरा रंगशालाको फुटवल मैदानको दुवो मर्दै जादा कसैको चासो र चिन्क्ता भएको देखिदैन् । पोखरा रंगशाला भित्रको सबै भन्दा बढी लगानी र आम्दानी हुने श्रोतको रुपमा रहेको उक्त फुटवल मैदान संरक्षणमा भने सरोकारवाला निकायले विभिन्न वहाना बाजी गर्दै तर्कीनु भएको छ । अहिले हिउँदाको समय भएकोले नियमित कम्तिमा पनि हप्ता दिनमा पानी हाल्नु पर्नेमा यो वा त्यो वहानामा फुटवल मैदानको दुबो मर्दै जादा यस बिषयमा कसैले चासो र चिन्क्ता गरेको पाइएको छैन्। सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीहरु… पुरा पढौ

राष्ट्रिय आविष्कार केन्द्रलाई मुक्तिनाथ बैंकको सहयोग

काठमाण्डौं २२, पुष मुक्तिनाथ विकास बैंक लिमिटेडले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको हो । यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि रु पाँच लाखको आर्थिक… पुरा पढौ

जीबन बीमाको ६१ अर्ब ७५ करोड कारोवार

काठमाण्डौं २२, पुष जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ६१ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोवार गरेका छन् । १४ जीवन र तीन लघु जीवन बीमा कम्पनीले ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ । यो प्रिमियम रकम गत आवको पाँच महिनाको तुलनामा ३.७५ प्रतिशत बढी हो । गत आर्थिक वर्ष मंसिरसम्म जीवन बीमा कम्पनी (लघु बीमा कम्पनी बाहेक) ले ५९ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । जीवन बीमा… पुरा पढौ

पोखरामा भएको कृषि यान्त्रीकरण प्रदर्शनीमा करिब २८ हजार दर्शक, ५० लाख नगद कारोवार

पोखरा २२, पुस पोखरामा आइतबार सम्पन्न भएको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीमा ५० लाखको नगद कारोवार सहित ६ करोड मुल्य बराबरको बुकिङ भएको । पोखरा प्रदर्शनी केन्द्रमा तीन दीन चलेको उक्त प्रदर्शनीमा करिब २८ हजार दर्शक भित्रिदा ५० लाखको नगद कारोवार सहित ६ करोड मुल्य बराबरको कृषि सामाग्रिहरुको बुकिङ भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । २०७० सालमा चितवनको नारायणगढबाट सुरु भएको उक्त प्रदर्शनी यस बर्ष गण्डकी प्रदेशको राजधानि पोखरामा आफुहरुले अपेक्षा गरे भन्दा पनि… पुरा पढौ

पिएम कप क्रिकेट छनौटमा नवलपुर माथि तनहुँको जित

तनहुँका सन्दिप पराजुलीको रेकर्ड ब्रेक पोखरा २२, पुष पोखरा रंगशालामा जारी गण्डकी प्रदेश स्तरिय पिएम कप क्रिकेट छनौट अन्र्तगत आइतबार भएको खेलमा तनहुँले जित हासिल गरेको छ । आइतबारको खेलमा तनहुँले नवलपुरलाई १० रनको झिनो अन्तरले पराजित गरेको हो । पहिला टस जितेर व्याटिङमा उत्र्रिएको तनहुँले निर्धारित ५० ओभरको खेलमा २४.१ ओमरमै अलआउट हुदै १ सय १० रनको योगफल तयार पार्यो । १ सय ११ झिनो रनको लक्ष्य पाएको नवलपुरले उत्कृष्ट खेल प्रर्दशन गर्न नसक्दा १० रनको झिनो अन्तरले हार… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट

पोखरा २२, पुष गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारीएको सदस्य सचिव… पुरा पढौ