
डि.एन.बी.
पोखरा २१, चैत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले आज राजीनामा दिनु भएको छ । मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आज बिहान राजीनामा बुझाउनु भएको मुख्यमन्त्री तथा मत्रिपरिषदको सचिवालयले जनाएको छ ।
गत फागुन २३ गते माओबादी केन्द्रले समर्थन फिर्ता लिएसंगै प्रदेश सरकार अल्पमतमा परेकोले भोलि( (चैत २२ गते) भित्र विश्वासको मत लिनु पर्ने भएकोले विश्वासको मत पाउने आधार नभए पछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिनु भएको श्रोतले पाृखराक्लिकलाई जनाएको छ ।
सदनमा निर्णायक शक्तिको रुपमा रहेको राप्रपाले कागेंसलार्ई समर्थन नगर्दासम्म कागेंस नेतृत्व सरकारले विश्वासको मत पाउने आधार नभएकोले राजीनामा दिनु भएको हो । अघिल्लो बैशाख १४ गते माओबादी समेतको समर्थनमा पाण्डे नेतृत्वको सरकार बनेको भएपनि गत फागुन २३ गते माओबादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुअघि सरकारले प्रदेशसभा अधिवेशनको लागि आह्वान गनुपर्ने हुन्छ जसमा प्रदेश सभा सचिवालयलाई विश्वासको मत लिनु दुई दिनअघि नै जानकारी दिनुपर्ने कानूनि प्रावधान रहेको छ । प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री पाण्डेले कुनै जानकारी गराउनु भएको थिएन्।
राप्रपाले चैत २७ गतेअघि कुनै पनि राजनीतिक गठबन्धनमा सामेल नहुने अडान राख्दै आएको छ । राप्रपाका सांसद तथा पूर्व मन्त्री पञ्चराम गुरुङले अहिलेको अबस्थामा आफुहरु आन्दोलनमा रहेकोले प्रदेश सरकार गठन प्रकृयामा तटष्त नै बस्ने बताउनु भयो । प्रदेशमा ११ जिल्लाका कागेंसका बाट २७, एमालेका २२, माओबादीको सभामुख सहित ८ , राप्रपाको २ र स्वतन्त्रबाट एक जना सा.सद सदनमा रहनु भएको छ । बहुमतको सरकार गठनमा ३१ मत आवश्यक पर्छ । केन्द्रको सक्रा गठनबन्धनका अनुसार एमाले, माओबादी केन्द्र मिलेर पनि सरकार गठन हुन सक्दैन भने यसमा राप्रपा निर्णायक शक्तिको रुपमा रहेको छ । स्वतन्त्र राजीव गुरुङ (दीपक मनाङे)को मात्र मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारलाई समर्थन रहेको छ ।