जगदम्बा ट्राभल्सलद्धारा पोखरा काठमाण्डौ रुटमा सोफासिटको लक्जरियस बस सेवा सुरु(भिडियो सहित)

-


     पोखरा क्लिक     
     चैत्र २१ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २१, चैत

पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौं रुटमा लक्जरियस बस सेवा पुनः संचालन गर्ने भएको छ । विगत केही बर्ष देखि अत्याधुनिक बस सेवा संचालन गर्दै आएको जगदम्बा ट्राभल्सले यसपाली हालसम्मकै बढी सेवा सुविधा सहितको बस सेवा संचालनमा विहिबार देखि ल्याउने भएको जगदम्बा ट्राभल्सका अध्यक्ष युवा व्यवसायी केशव प्रसाद अधिकारीले बताउनु भयो ।


उक्त बस सेवा संचालन हुनु पूर्व अवसरमा बुधबार पोखराको प्रस्याङ देखि हेमजा हुदै फेदीसम्मको यात्रा गरिएको उहाँले जनाउनु भयो । यात्राको क्रममा सहभागि यात्रुलाई हजाई जहाजमा भन्दा बढी सेवा सुविधाहरु उपलब्ध गराएको कम्पनीले दाबी गरेको छ ।

चौथो स्ांस्करणको अत्याधुनिक सुबिधा सम्पन्न दिवा तथा रात्री बस सेवा पुनः थप गरेको अध्यक्ष अधिकारीले पोखराक्लिकलाई बताउनु भयो । विगत एक दशक देखि पोखरा काठमाण्डौंमा स्तरिय बस सेवा संचालन गर्दै आएको जगदम्बा ट्राभल्सले यात्रुहरुको सेवालाई मध्यनजर गरी अत्याधुनिक सेवा लक्जरियस सेवा सुविधा भएको बस सेवा पुनः चैत २२ गते बुधबार देखि संचालन हुने भएको आफुहरुले चौथो संस्करणको उच्चस्तरिय बस सेवा विस्तार गरेको बताउदै अध्यक्ष अधिकारीले हाल उक्त बस भित्रै क्रु (बस एयर होष्टेज) सहित बस भित्रै चिसो, तातो पानी, चिया, कफि र खाजाको व्यबस्था गरिएको उल्लेख गर्नु भयो । हजाई जहाज भन्दा उच्च स्तरिय बसमा सोफाको सिटहरु रहेको बताउदै उहाँले ४० सिटे बसलाई लक्जरियस सेवा सुविधा सम्पन्न बनाउनको लागि २९ सिटमा झारिएको उल्लेख गरे ।

बसमा यात्रा गर्दा यात्रुलाई बस भित्रै सौचालयको ब्यबसथा गरिएकोले बिरामीहरुको लागि पनि उक्त बस सेवा निकै उपयुत्त हुने अध्यक्ष अधिकारीको भनाई छ । पोखरा देखि काठमाण्डौंको लागि हरेक दिन बिहान ७ः३० बजे पोखरा प्रस्याङबाट लेकसाइड हुदै काठमाण्डौं जाने भएको छ भने काठमाण्डौको मल्ल होटल लैनचौरबाट बिहान ७ः३० बजे पोखराको लागि बस छुट्ने भएको छ । उक्त बसमा यात्रुलाई पानी देखि मिठाई, खाजा , खाना सहितको सुविधा हुने भएको छ भने यात्रुको भाडा मुल्य २ हजार ५ सय रहेको छ । उक्त बसको रात्रि बस सेवा समेत संचालन हुदै छ । रात्रि बसको भने खाना बाहेक गर्दा भाडा शुल्क २ हजार रहको कम्पनीले जनाएको छ ।

बसमा चालक, सहचालक तथा २ जना क्रु रहने भएका छन् । गण्डकी प्रदेशका सांसद प्रकाश बराल सहितको विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधि सहभागि हुनु भएको थियो । पोखरा क्षेत्रमा पोखरा काठमाण्डौं सहित अन्य देशका पर्यटकीय गन्तव्यहरुसम्म यस्तै स्तरिय बस सेवा संचालन गर्न सांसद बरालले आग्रह गर्नु भयो ।


उक्त बसहरु पृथ्बीराज मार्ग बस संचालक कम्पनी मार्फत संचालन हुने भएको कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो । पोखरालाई पर्यटनको राजधानि घोषणा भएको सन्दर्भमा यस्ता बस सेवाले पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।



This will close in 20 seconds