प्रविधिको देश जापानका पूर्व मन्त्री एवं सांसद आसा ताइरा र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बिच भेटवार्ता भएको छ । नेपाल भ्रमणका क्रममा विहिबार पोखरा आउनु भएको पूर्व मन्त्री एवं सांसद ताइरा र मुख्यमन्त्री पाण्डे बिच मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भेटघाट भएको हो ।
उक्त भेटवार्ताको क्रममा मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक विकास र समृद्धि प्रदेश बनाउन पर्यटन र स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको हो । जापानको जाइका परियोजनाले पोखरामा सुद्ध पिउने पारीको परियोजना गरेकामा जापान सरकारलाई धन्यदान दिदै उहाँले प्रदेशको आर्थिक विकासको मुल आधार पर्यटन भएकोले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । गोर्खा जिल्लामा भुकम्प पछिको पुन निर्माणको अभियानमा जापानबाट देखिने गरी काम भएकोमा प्रशंसा गर्दै मुख्यमन्त्री पाण्डेले भौगोलीक बिकटताले प्रदेशको विकास समान ढंग केही कठिनायी भएको उल्लेख गर्दै गण्डकी प्रदेशमा हिमाल, पहाड र तराई तीन भूभाग पर्ने प्रदेश भएको जनाउनु भयो ।
रोजगारको लागि नेपालीहरु हाल जापानमा १ लाख ५० हजार काम गर्नेगरेको बताउदै मुख्यमन्त्री पाण्डेले जापानको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा सहयोग पुगेको विश्वास व्यक्त गर्नु भयो । नेपाल संघिय मोडलमा गएको करिब ६ बर्ष भएकोले हाल कानून निर्माणको चरणमा भएको उल्लेख गर्दै उहाँले प्रदेशमा पर्यटनको अथाह सम्भावना, स्वास्थ्यमा प्रदेश धेरै लगाी गर्नुपर्ने अबस्था रहेको जनाउनु भयो ।
आफु केही समय अघि जापान गएको स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले त्यहाँको लाईफ स्ट्यान्डर भएको दाबी गर्नु भयो । भारतमा कार्वनको समस्या भएको बताउदै उहाँले नेपालले कार्वन उत्सर्जन नगर्दा पनि त्यसको समस्या भोग्नु परेको गुनासो गर्नु भयो । संयुक्त राष्ट महासंघका महासचिव गुडरेस नेपाल सहित गण्डकी प्रदेशमा अवलोकन भ्रमणका क्रममा पनि नेपालले विना कारण कार्वन उत्सजनको समस्या भोग्नु परेको बताउनु भएको कुरा मुख्यमन्त्री पाण्डेले जापानित टोलीलाई जानकारी गराउनु भएको हो ।
जापानका पूर्व राज्य मन्त्री एवं सांसद ताइराले गण्डकी प्रदेश र नेपालको समग्र विकासको लागि जापान सरकारले कुन क्षेत्रमा लगानी गर्दा उचित हुन्छ त्यसको प्रारभिक अध्ययनको क्रममा रहको उल्लेख गर्नु भयो । नेपाल र जापानको बृहत्त बिकास संगै साझेदारीमा कुनैपनि योजनाहरु अघि बढाउन आफुले पुलको रूपमा काम गर्न चाहेको उहाँको भनाई थियो । आफु राज्य मन्त्री हुम्दा जापानमा धेरै राम्रा कामको सुरुवात गरेको दाबी गर्दै हाल जापानमा जनसंख्या निकै कम हुदै आएको बताउनु भयो ।
हाल बार्षिक ४ लाख जनशक्क्ति जापानमा आवश्यक भएको बताउदै उहाँले त्यसमा नेपालीहरुलाई समेत अवसर दिन सकिने जनाउनु भयो । नेपालमा आफुहरुले जलविद्युतमा लगानी गर्न खोजेको पूर्व मन्त्री एवं सांसद ताइराले बताउनु भयो । उक्त टोलीमा गोजो कम्युनिकेशनका अध्यक्ष तथा जापानका अग्रज व्यवसायी शिनिजी गोजो, गैर आवासिय नेपाली संघ(एनआरएनए) का पूर्व अध्यक्ष भवन भट्टको सहभागिता रहेको थियो । उक्त टोलीले पोखरा क्षेत्रको समेत अवलोकन गरेकोछ । उक्त टोलीलाई यस पोखराक्लिक परिवारले समेत पोखरामा स्वागत गरेको थियो ।