अर्थतन्त्र

नेपालमै पहिलो पटक पोखरामा साबर बन्जी सुरु (भिडियो सहित)

दीननाथ बराल,पोखरा २८, चैत, पोखरामा सहासिक पर्यटकहरुले अब साबर (पानीको फोहोरा माथि) बन्जी गर्न पाउनु हुने भएको छ । १२ बर्ष अघि पोखरामा सहासिक खेल सहासिक खेल गतिविधि अघि बढाएको हाईग्राउण्ड एडभेन्चर नेपाल प्रा.लि.ले पोखरामा पछिल्लो प्रोडक्टको रुपमा साबर (पानीको फोहोरा माथि) बन्जी को प्रोडक्ट ल्याएको हो । पोखरामा पर्यटकहरुको लागि नयाँ प्रोडक्टको रुपमा उक्त साबर बन्जी संचालन गरिएको कम्पनीका निर्देशक तथा प्रमुख संचालक अधिकृत दिनेश मर्हजनले पोखराक्लिकलाई बताउनु भयो । जिपलाईन, बञ्जी, स्वीङ र एटिभि लगायतका प्रोडक्ट मार्फत पाहुनालाई… पुरा पढौ

पोखराका समाजसेवी बिल गुरुङको निधन, आज अन्त्यष्टी गरिदै, सहारा क्लवका सल्लाहकार सुनिल गुरुङलाई पितृ शोक

दीननाथ बराल,पोखरा २८, चैत, पोखरा क्षेत्रका एक समाजसेवी एवं विभिन्न संघ संस्थामा आबद्ध हुनु भएको बिल बहादुर गुरुङको उपचारकै क्रममा निधन भएको छ । पोखरा बुद्धचोक निबासि ९१ बर्षीय गुरुङको काठमाण्डांैंमा उपचारकै क्रममा मंगलबार(हिजो) बेलुका ९ः०० बजे निधन भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ । पेट्रेलियम डिलर्स एशोसियसन गण्डकीका संस्थापक अध्यक्ष, बौद्ध अघौं सदनका संस्थापक सचिव एवं पूर्व अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व… पुरा पढौ

पोखरामा सुरु भएको कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा ३२ राष्ट्रका प्रतिनिधि सहभागि (फिचर फोटो)

दीननाथ बराल, पोखरा, २७ चैत, कृषि जैविक विविधतामा धनि मुलुक नेपालले यसबाट फाइदा लिन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ । मंगलबार देखि पोखरामा सुरु भएको कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागीहरुले विश्वकै दुर्लभ कृषि जैविक विविधतामा नेपाल त्यसको अथाह सम्भावना भएको नेपालले यसबाट खासै फाइदा लिन नसकेको बताउनु भएको हो । अझै पनि नेपाल यस क्षेत्रबाट व्यवसायिक हुन नसकेको बताउँदै सहभागीहरुले यसको उचित संरक्षण, संर्बद्धन र उत्पादन गरी त्यसबाट उचित ढंगले फाइदा लिन सक्नुपर्नेमा बताउनु भयो ।… पुरा पढौ

आलु महोत्सवमा बढ्दो सहभागिता

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ«े गाउँपालिका साथै… पुरा पढौ

फोर्टी फाइभ प्लस भेट्रान्स फु्टवल प्रतियोगितामा ढोलाहिटी, हेटौडा र चितवन सेमी फाइनल प्रवेश

पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स प्रतियोगितामा ढोलाहिटी, हेटौडा र चितवन भेट्रान्स सेमी फाइनलको यात्रा तय गरेका छन । मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेकसाइड भेट्रान्सलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १÷१ गोल गरेका थिएभने लेकसाइड भेट्रान्सका शिव बहादुर भट्टराइले शान्तवना गोल गरेका थिए । दोश्रो खेलमा हेटौडा भेट्रान्सले संगम भेट्रान्सलाई ३—० गोल अन्तरले पराजित गर्न… पुरा पढौ

नयाँ वर्षमा लेखनाथ हाफ म्याराथन, विजेतालाई ६० हजार रूपैयाँ पुरस्कार

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी १ वैशाखमा लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो । पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ ।… पुरा पढौ

६ पालिका उपप्रमुख एवं न्यायिक समिति संयोजकहरु एकै थलोमा

स्थानीय तहमा गठन भएका न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको “एकदिवसीय न्यायिक समिति कानुुनी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा” कास्कीका पाँच, फेदिखोला नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक तथा सदस्यहरुले न्यायिक समितिलाई प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले न्यायिक समिति संवैधानिक ब्यवस्था भएकाले यसलाई सफल बनाउन उपप्रमुखहरुको प्राथमिकता न्यायिक समिति हुुनुपर्ने बताउनुुभयो । “न्यायिक समिति नेपालको… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव सुरु, घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०÷११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य… पुरा पढौ

पोखरामा धुमधामका साथ ट्होटें पर्व मनाइयो ( फोटो एवं भिडियो सहित)

दीननाथ बराल,पोखरा २७, चैत, यस बर्षको चैत महिनको अन्तिम मंगलबार पोखरामा पनि ट्होटें पर्व धुमधामका साथ मनाइएको छ । तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको ट्होटें पर्वको अवसरमा मंगलबार पोखरामा उक्त पर्व धुमधामका साथ मनाइएको तमु धिँ नेपालका अध्यक्ष हुम तमुले बताउनु भयो । उहाँका अनुसार मंगलबार पोखरामा झाँकी सहितको वृहत् ¥याली प्रदर्शन गरिएको छ । तमु धिँ नेपालको कार्यालयबाट सुरु भएको ¥याली नयाँबजार, पृथ्बीचोक, सभागृहचोक हुदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो । चैत महिना र साउन… पुरा पढौ

हरिचोक स्थित लान्द्रुक पेट्रोल पम्प एक साता भित्र हटाउन निर्देशन

पोखरा महानगरपालिका वडा नं।१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं।१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२।५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नं।१ का वडा अध्यक्ष… पुरा पढौ