
दीननाथ बराल,
पोखरा २७, चैत,
यस बर्षको चैत महिनको अन्तिम मंगलबार पोखरामा पनि ट्होटें पर्व धुमधामका साथ मनाइएको छ । तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको ट्होटें पर्वको अवसरमा मंगलबार पोखरामा उक्त पर्व धुमधामका साथ मनाइएको तमु धिँ नेपालका अध्यक्ष हुम तमुले बताउनु भयो ।

उहाँका अनुसार मंगलबार पोखरामा झाँकी सहितको वृहत् ¥याली प्रदर्शन गरिएको छ । तमु धिँ नेपालको कार्यालयबाट सुरु भएको ¥याली नयाँबजार, पृथ्बीचोक, सभागृहचोक हुदै पोखरा सभागृहमा पुगेर समारोहमा परिणत भएको थियो ।

चैत महिना र साउन महिनाको अन्तिम मङ्गलवार पोखरामा हरेक बर्ष धुमधामका साथ मनाइदै आएको उक्त पर्व यस बर्ष पनि पोखरामा धुमधामका साथ मनाइएकोे ट्होटें पर्व तमु समुदायले वर्षको दुई पटक चैत र साउनको अन्तिम मङ्गलवार मनाउँदै आएको अध्यक्ष गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।






